जलविद्युत परियोजना र रिसोर्टमा लगानीका विषयमा छलफल

युनाईटेड नेप्लिज आर्टस एण्ड ईन्टरटेन्मेन्टको युएनएईको आयोजनामा मेलबर्नको सेन्ट्रल अष्ट्रेलियन कलेजस्थित यही अप्रिल २ मा जलविद्युत परियोजना र रिसोर्टमा लगानीका विषयमा छलफल कार्यक्रम भएको छ । विदेशमा रहेर नेपालका कुनै विकास परियोजनाहरुमा लगानी गर्न चाहनेहरुका लागि लगानीपरियोजनाको विषयमा यो सेमिनार आयोजना गरिएको थियो । उक्त सेमिनारमा एनआरएनका पब्लिक अफिसर समिम अनवर र लगानीका लागि खुलेका परियोजनाहरुको विषयमा मिंगमार तामांगले जानकारी गराएका थिए । उक्त क्रममा मेलबर्नका व्यवसायीहरु र लगानीको लागि ईच्छुक व्यक्तित्वहरु सहभागी बनेका थिए । प्रस्तावित परियोजना अन्तर्गत दोर्दी जलविद्युत आयोजनामा एनआरएनहरुले कसरी लगानी गर्न सक्छन् भन्ने विषयमा जानकारी गराइएको थियो । १२ मेगावाटको यो परियोजना लमजुंगमा बन्न लागेको छ । झण्डै साँढेदुई किलोमिटरको टनेर निर्माण गरी दोर्दी खोलामा बनाउन लागिएको परियोजनाका सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
यसैगरी काठमाडौंको कलंकीभन्दा माथि नागढुंगा जाने बाटोमा निर्माण गर्न लागिएको ५२ रोपनी क्षेत्रफलको अन्तर्राष्ट्रियस्तरको रिसोर्टसँगै ४० वटा बंगलाहरु पनि रहने र यो विदेशमा रहेका नेपालीहरुकै लागि बनाइएको तामांगले बताएका थिए । एक करोड ५० लाखदेखि २ करोड ७५ लाखसम्म पर्ने यी बंगलामा पाँचतारे होटलको सुविधा हुनेछ । यिनमा लगानी गर्नेहरुले आफु नेपाल आएको बेलामा त्यहीँ बस्न पाउनेछन् । यस्तै पर्यटकीय अन्य क्रियाकलाप पनि रिसोर्टमा थप गरेर विदेशीहरुलाई आकर्षित गर्ने योजना छ । ६० प्रतिशत अकुपेन्सी भएकै अवस्थामा पनि ५ देखि ६ प्रतिशतसम्म प्रतिफल दिनेगरी योजना बनाइएको उनले बताएका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...