माछापुछ्रे क्लब यस बर्षको जीएनसी फुटबल लीग च्याम्पियन घोषित

-- सुमन बोहोरा / प्रकाशित मिति : बुधबार, जेष्ठ १७, २०७४
यस बर्षको जीएनसी फुटबल लीगमा माछापुछ्रे क्लब च्याम्पियन घोषित भएको छ ।  सधैका आइतबर जस्तै गत मे २८ का दिन भएको यस बर्षको जीएनसी फुटबल लीग चरणको अन्तिम खेलमा द राइजिंग गोर्खाको अग्रतालाई वेस्ट यूनाइटेडले बराबरीमा रोक्न सफल भए संगै अंककाको आधारमा माछापुछ्रे कल्ब च्याम्पियन घोषित भएको हो।  यसै संगै द राइजिंग गोर्खाले दोश्रो स्थान र राइस एंड डाइस सिम्रिक तेश्रो स्थानमा चित्त बुझाऊँन बाध्य भएको छ।
निकै नै प्रतिस्पर्धात्मक रुपमा चलेको र दुवै टिमलिई जितको खाँचो रहेको द राइजिंग गोर्खा र वेस्ट यूनाइटेड बिचको खेलको १५ मिनेटमा वेस्ट युनाइटेडका रूपक महतले पहिलो गोल गरेका थिए तर उक्त ३० औ मिनेटमा द राइजिंग गोर्खाका प्रबल रंजितकारले गरेको गोलले अग्रता धेरै बेर टिक्न सकेन र खेल बराबरिमा पुग्यो । त्यसै गरि सोहो दिनमा नै भएको दोश्रो खेलमा फेवा क्लबले तामांग रिक्रियसनल कल्बलाई ६-० को बिशाल अन्तरले जीत हात पार्न सफल भएको थियो भने तेस्रो वा अन्तिम खेलमा माछापुछ्रे क्लबले राइस एंड डाइस सिम्रिक क्लबलाई २-१ को जीत संगै यो सिजनको चाम्पीयनको रुम आफुलाई उभ्याउन सफल भयो।
ग्याल्क्सी एजुकेशनको मुख्य प्रयोजनमा चलेको यस बर्षको १८औ बार्षिक जीएनसी फुटबल प्रतियोगिता सधै जस्तै साताको हरेक आइतबार लिभरपुलको चिप्पिङ नर्टोन स्थित  स्थित चिप्पिङ नर्टोन पार्कमा संचालन भाइरहेको छ । दश कल्बहरु सहभागी  लीग चरणको प्रतिस्पर्धामा माछापुछ्रे  क्लब २२ अंक सहित प्रथम स्थान, द राइज़िंग गोरखा २२ नै अंक सहित दोस्रो, राइस एंड डाइस सिम्रिक १७ अंकका साथ तेस्रो र १५ अंक साथ ग्रयानभिल राइनो चौथों स्थानका साथ यस बर्षको लीग चरणको खेल सम्पन्न भएको छ ।
सेमीफ़ाइनलका खेल सोहि स्थानमा आउदो जून ४ का दिन माछापुछ्रे क्लब र ग्रयानभिल राइन अनी दोस्रो खेल द राइजिंग गोर्खा बिरुद्द राइस एण्ड डाइस सिम्रिक बिच हुने बताईएको छ ।  सेमीफाइनल बाट फाइनलमा पुगेका टिमहरु बीच फाइनल खेल भने जून ११ गते लाई तोकिएको आयोजकले जनाएको छ।  त्यसै गरि ३५+ को भेट्रानको सेमीफईनल पनि जुन ४ का दिन नै माछापुछ्रे क्लब र हिमालयन युथ  त्यसै गरि सेन्ट जोर्ज नेप्लिज र सेन्ट जोर्ज फ्रेन्ड्स बीच हुने पनि आयोजक ले जानकारी दिएको छ।