च्याम्पियन्स ट्रफीको भिडन्त

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ २५, २०७४

विष्श्व कप क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो तथा निकै महत्वपूर्ण मानिने प्रतियोगिता च्याम्पियन्स ट्रफीको आठौं संस्करण जुन १ देखि बेलायतको लण्डनमा प्रारम्भ भएको छ । प्रतियोगिताको पहिलो खेल आयोजक इङ्ल्याण्ड तथा बंगलादेशबीच खेलिएको छ । द ओभलमा भएको उक्त उद्घाटन खेलका दिन आयोजकहरूले दर्शकलाई निर्धारित समयमै मैदानमा उपस्थित हुन आग्रह नै गरेका थिए । समय मै आइनपुगे दर्शकहरूले उद्घाटन शत्रका रमाइला दृष्यहरू गुमाउने भनिएको थियो । यसपटक च्याम्पियन्स ट्रफीमा एकदिवसीय क्रिकेटको शीर्ष ८ स्थानमा रहेका देशहरूबीच प्रतियोगिता हुँदैछ । त्यसैले पनि यसलाई मिनी विश्व कप पनि भनिन्छ ।
यसपटकको प्रतियोगितामा समूह ‘ए’ मा इङ्ल्यान्डलगायत अष्ट्रेलिया, न्युजिल्यान्ड र बंगलादेश समावेश छन् । बंगलादेश २००६ पछि पुन: च्याम्पियन्स ट्रफीमा समावेश भएको हो । २०१५ को सेप्टेम्बर अन्त्यमा वेष्ट इन्डिज एकदिवसीय वरियतामा आठौं स्थानभन्दा माथि पुगेपछि बंगलादेशले यो मौका पाएको हो । सन् २००४ को विजेता वेष्ट इन्डिज पहिलो पल्ट च्याम्पियन्स ट्रफीबाट बाहिर छ ।
यसपालि सबैभन्दा गाह्रो समूह भारत, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका समावेश समूह ‘बी’ लाई मानिएको छ । यो समूहमा ३ वटा विजेता टिम समावेश छन् । पाकिस्तानबाहेक भारत, दक्षिण अफ्रिका र श्रीलंकाले च्याम्पियन्स ट्रफीको उपाधि जितिसकेका छन् ।
भारतले २००२ र २०१३ गरी २ पल्ट प्रतियोगिताको उपाधि जितिसकेको छ । भारत च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पनि हो । २०१३ पछि यो प्रतियोगिता आयोजना हुन लागेको हो ।
यसपटक पनि उपाधिको दावेदार भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया र इङ्ल्यान्डलाई मानिएको छ । अस्ट्रेलियाले पनि २००६ र २००९ मा गरी लगातार २ पटक उपाधि जितेको छ । दक्षिण अफ्रिकाले १९९८ मा बंगलादेशबाट प्रारम्भ भएको यो प्रतियोगिताको पहिलो संस्करण नै जितेको थियो । त्यसयता अफ्रिका फाइनलमा पनि पुग्न सकेको छ्रैन् ।
विश्व क्रिकेटमा अभागी टोलीको उपमा पाएपनि यसपालि एबी डीभिलियर्स, क्वान्टन डी कोक, फाप डुप्लेसिस र हासिम अमलाजस्ता खारिएका ब्याट्सम्यान र केसिगो रबादा र इमरान ताहिरजस्ता क्षमतावान बलरका कारण अफ्रिकाको सम्भावनालाई लिएर अड्कल कााटिएको छ ।
इङल्यान्डले विश्व कप मात्र होइन, च्याम्पियन्स ट्रफीको उपाधि पनि जितेको छैन्, तर आफ्नो देशमा आयोजना हुन लागेको प्रतियोगिताका कारण घरेलु टोली निकै उत्साहित छ । इङ्ल्यान्ड २००४ र २०१३ मा आफ्नै घरेलु मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएको थियो । तेस्रो पटक
आफ्नो घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताबाट घरेलु टोलीले ठूलो आशा राखेको छ ।
च्याम्पियन्स ट्रफीभन्दा अगाडि दक्षिण अफ्रिकाविरुद्ध ३ एकदिवसीयको शृंखला २–१ ले जितेको इङ्लिस टोली इयोन मोर्गनको कप्तानीमा उत्साही देखिन्छ । भर्खरै भारतमा समाप्त भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा अलराउन्डर बेन स्टोक्सको उत्साहजनक प्रदर्शनबाट पनि इङ्लिस टोली निकै आशावादी छ ।
अष्ट्रेलिया जहिले पनि प्रतियोगिताको दावेदार हो । स्टिभन स्मिथको कप्तानीमा रहेको कंगारु टोलीमा डेभिड वार्नर र आरोन फिन्चजस्ता उत्कृष्ट ब्याटिङ जोडी र मिचेल स्टार्कजस्ता घातक बलर छन् ।
भारतीय टोली कप्तान विराट कोहलीको ब्याटिङमा निकै विश्वस्त देखिन्छ । टोलीमा रोहित शर्मा र शिखर धवनजस्ता अनुभवी प्रारम्भिक जोडी, अजिङ्का रहाणेजस्ता ब्याट्सम्यान र हार्दिक पाण्डेय तथा रवीन्द्र जडेजाजस्ता प्रभावशाली अलराउन्डर समावेश छन् ।
अघिल्लो साता म्यानचेस्टरमा भएको आत्मघाती बिस्फोटनका कारण बेलायती सरकारले सुरक्षा व्यवस्थालाई निकै कडा बनाएको छ ।

खेलकुदलाई कम बजेट
अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४ र ७५ का लागि प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रले प्राथमिकता पाउन नसक्दा यो क्षेत्र निराश बनेको छ । अर्थमन्त्री महराले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ रकम विनियोजन गरेका छन्, जुन गत आर्थिक वर्षको भन्दा १६ करोड कम हो । त्यसमध्ये आर्थिक वर्ष ०७४ र ७५ का लागि पुँजीगत खर्चमा निकै कटौती गरिएको छ । गत वर्ष १९ करोड ७९ लाख ६६ हजार रुपैयाँ रकम विनियोजन गरिएको थियो, तर यो वर्षका लागि २७ लाख २६ हजार रुपैयाँ रकम मात्र विनियोजन गरिएको छ ।
तर, चालू खर्चतर्फ भने यस वर्ष थप गरिएको छ । गत आ.व.मा २ अर्ब २० करोड २४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको थियो भने यस आ.व. मा २ अर्ब २३ करोड ९६ लाख १० हजार रुपैयाा रकम विनियोजन गरिएको छ । जुन ३ करोड ७१ लाख ४५ हजार रुपैयााले बढी हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशबकुमार विष्टले भने यो बजेट पुरानैको निरन्तरता भएकाले नयाँ योजना तथा कार्यक्रम नसमेटिएको प्रतिक्रिया दिए ।
‘यस बजेटबाट उत्साहित वा निराश हुनुपर्ने केही छैन । दलीय सहमतिअनुसार नयाा कार्यक्रम नथप्ने सहमति भएको थियो । त्यसैअनुरूप बजेट आएको छ,’ सदस्यसचिव विष्टले भने, ‘राखेपले अगाडि सारेका महत्वाकांक्षी योजनाहरू यो बजेटमा पर्न सकेको छैन । जुन दोस्रो चरणको चुनावपछि अर्को सरकारले ल्याउने पूरक बजेटमा समेटिने विश्वास गरेका छौं ।’
अर्थमन्त्री महराले काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्रार्िष्ट्रय क्रिकेट मैदान निर्माणकार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । उनले मूलपानीसहित देशका विभिन्न ८ स्थानमा निर्माण भइरहेको क्रिकेट मैदान निर्माण कार्यलाई पनि निरन्तरता दिने बताएका छन् ।
गत वर्ष प्रस्तुत बजेटमा मूलपानी, भैरहवा र धनगढीमा ३ वर्ष्भित्र क्रिकेट मैदान निर्माणको काम सम्पन्न गरिने बताइएको थियो । त्यस्तै डडेलधुरा, बैतडी, धनुषा, मोरङ, दाङ, सुर्खेत र पर्सामा नयाा क्रिकेट मैदान निर्माण कार्य प्रारम्भ गरिने जनाइएको थियो ।
गत वर्षको बजेटमा झापाको लखनपुर र काठमाडौंमा अन्तराष्र्टि्रयस्तरको रंगशाला निर्माण कार्य आगामी वर्ष प्रारम्भ गरिने बताइए पनि यस वर्षको बजेटमा केही उल्लेख गरिएको छैन । त्यस्तै गत वर्ष नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि आवश्यक भौतिक पूर्वाधार तयार गर्न बजेट व्यवस्था गर्ने बताइए पनि सोमबार अर्थमन्त्री महराले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिको छैन ।
अर्थमन्त्री महराले प्रस्तुत गरेको बजेटमा नेपालमा लोकप्रिय रहेको फुटबल र क्रिकेटलाई पहिलो चरणमा व्यावसायिक प्रतिष्ठानहरूबाट प्रायोजन गरी राष्ट्रिय प्रतियोगिताहरू र अन्तर्राष्ट्रिय सहभागितामा सहभागी हुन प्रेरित गरिने जनाइएको छ । त्यस्तै खेलाडीलाई स्थायी लेखा नम्बर प्रदान गरी करको दायरामा ल्याउने बताइएको छ ।