माधब नेपाल अस्ट्रेलिया आउदै 

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ११, २०७४
नेपालका पुर्ब प्रधानमन्त्री एबम नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल प्रबासी नेपाली मन्च अष्ट्रेलियाको कार्यक्रममा सहभागी हुनका लागि अष्ट्रेलिया आउन लागेको प्रबासी नेपाली मन्च अष्ट्रेलियाले जनाएको छ । मन्चको आयोजनामा हुने नेपालको बर्तमान समसामयिक राजनीति सम्बन्धी अन्तर्कृया कार्यक्रममा नेता नेपालले सम्बोधन गर्नु हुनेछ ।
४ अगष्टमा साँझ ५:३० बजे देखि 10  McFarlane St, Merrylands, NSW 2160 मा स्थित Bardali Function Centre सिड्नीमा हुने उक्त रात्रीभोज सहितको कार्यक्रमको प्रवेश शुल्क २५ डलर रहेको छ । कार्यक्रममा उपस्थित भइ नेपालको समसामयिक राजनीतिक बिषयमा नेता नेपालको विचार सुन्ने र अन्तरक्रिया गर्ने अबसर नछुटाउन सबैलाई आयोजकले हार्दिक अनुरोध गरेको छ । संस्थाले जनाए अनुसार सिड्नीको कार्यक्रम पश्ताच नेता नेपाल न्युजिल्याण्ड जाने कार्यक्रम रहेको छ ।