हाइल्याण्ड तीज धमाका २०१७ हुदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ११, २०७४
सिड्नीमा जनघनत्व बढी देखिने नेपालीहरुको बसाई अब बिस्तारै सिड्नी वरपर पनि बाक्लिदै छ।  यहि क्रममा न्यु साउथ वेल्स राज्यको दक्षिण भेगमा पर्ने मित्तागंग, बोवरल र मोसभेल क्षेत्रमा बसोबास गर्ने नेपलीहरु बिच यस बर्षको तीज धुमधामका साथ मनाउने कार्यक्रम रहेको छ ।
यस क्षेत्रका नेपालीहरु बीचको साझा संस्था साउदर्न हाइल्याण्ड नेप्लिज कम्युनिटीको आयोजना हुन लागेको तिज बिशेष कार्यक्रम ‘हाइल्याण्ड तीज धमाका २०१७’ ले यता बसोबास गर्ने सबै दिदिबहिनिहरु लाई एक दिन भए पनि माइतीको याद मेटाईदिने बिश्वास आयोजकले लिएको छ ।
अगस्ट १२ का साँझ ५:३० देखि सुरु हुने उक्त कार्यक्रम हाईल्यान्ड्कै पहिलो तीज कार्यक्रम रहेको पनि आयोजक संस्थाका अध्यक्ष अरुण गौतमले बताए । कार्यक्रम 71 Boardman Road Bowral NSW २५७६ मा अबस्थित बोरल कम्युनिटी सेन्टरमा आयोजना हुदैछ । कार्यक्रममा तिजको दर झल्कने खानाहरु, परम्परागत एबं आधुनिक तीज गीतमा माहिला दिदि बहिनिहरु लाई नाच गान, फोटोग्राफी र पूर्ण मनोरन्जनको बाताबरण मिलाईनेछ । कार्यक्रममा संबन्धि थप जानकारी वा सहभागी हुनका लागि आयोजक संस्थाका सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।