मल्टी डाइनामिक रियल स्टेटको औपचारिक उदाघटन 

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४
घर जाग्गा खरिद एबं बिक्रि संबन्धि सेवा पुराउने उदेश्यले नेपालीको पूर्ण स्वामित्वमा खुलेको मल्टी डाइनामिक रियल स्टेटको ८ जुलाईका दिन औपचारिक उदाघटन भएको छ ।  एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले इन्डियन कम्युनिटी एनएसडब्लुका अध्यक्ष  डा. यादु सिंहको बिशेष उपस्थितिमा रियल स्टेटको औपचारिक उदाघटन गर्नु भएको थियो । सिड्नीको दक्षिणी भेगमा रहेको इंगलबर्नमा खुलेको यस रियल स्टेटले सिड्नीमा नयाँ तथा पुराना घर, जग्गा र अफ द प्लान का घर जग्गा बिक्रि गर्ने, भाडामा लगाउने काम गर्दछ । यस कम्पनीले हाल सिड्नीबाट आफ्नो सेवाको सुभारम्भ गरे पनि छिट्टै नै मेलबोर्नमा पनि सेवा पुरयाउने कुरा कम्पनीका प्रमुख मेघराज पौडेलले जनाए ।
नेपालीले संचालनमा ल्याएको कम्पनि भए पनि यसले सबै समुदायको लागि सेवा प्रदान गर्ने कुरा कम्पनीका प्रोपर्टी म्यानेजर  बिष्णु प्रभातले जनाए । अहिले जुनसुकै समुदायका मानिसले  पनि नेपालीलाई लक्षित बनाएकोमा आफु नेपाली नै भएर सेवा दिन पाउँदा खुशी लागेको संचालकहरु बताए। यस कम्पनिले तिन महिना अगाडी एडमनसन् पार्कबाट आफ्नो सेवा सुरुवात गरे यता ६० वटा घर जग्गाको कारोबार गरि सकेको छ र  यो वर्षको अन्त्य सम्म ३०० वटा घर जग्गा बिक्रि गर्ने र १०० वटा भाडामा लगाउने लक्ष्य लिइएको कम्पनिका सेल्स डाइरेक्टर विजय पोलले बताए। यस कम्पनीले समुदायमा रहेर ब्यापार ब्यबसाय गर्दै गर्दा कम्पनिले आर्जन गरेको मुनाफाबाट समुदायलाई पनि केहि दिने उदेश्यले  बार्षिक ६० हजार डलर समुदायको हितको लागि छुट्टाएको संचालकहरु जनाए।
उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका ख्याती प्राप्त निर्माण कम्पनिहरु मेट्रिकोन र डेभलपर मोनार्कको बिशेष उपस्थिति रहेको थियो भने नेपाली समुदायका अगुवाहरु र ब्यापारी संघ संस्थाहरुको  पनि उपस्थिति रहेको थियो ।