सिड्निमा भब्य तीज मेला सम्पन्न

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन १२, २०७४
नेपालि नारिहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अष्ट्रेलियाको सिड्निमा नेपलिज स्क्वाड इन्टरटेन्टमेव्टले आयोजना गरेको इ प्लानेट तीज मेला २०१७ भब्यताका साथ सम्पन्न भएको छ । गत जुलाइ १६ तारिखका दिन रकडेलको वाइलेन्टेनियल पार्कमा बिहान ११ बजेबाट सांझ ६ बजेसम्म कार्यक्रम चलेको थियो ।
पाँच हजार भन्दा बढि दर्शकको उपस्थित रहेको कार्यक्रमको मुख्य आकर्षण निशुल्क प्रवेश रहेको थियो । गायक पशुपति शर्मा , खुमन अधिकारि र देबि घर्तिको गित अनि नायिका बर्षा राउतको नृत्यमा सिड्निबासि नेपालिहरु झुमेका थिए । अझ अन्त्यमा भएको लाइभ दोहोरि सांच्चै हेर्न लायकको थियो ।
यो कार्यक्रमको मुख्य उद्देश्य सिड्निबासि नेपालिहरु लाई आफ्नो कला र संस्कृति सिकाउंदै भब्य मनोरन्जन दिलाउने रहेको आयोजक मध्यका एक सागर अधिकारिले नेपालि टाईम्ससंगको कुराकानिमा बताए  ।फोटो : अमित फोटो ग्राफी