पश्चिम मेलबर्नमा तीज कार्यक्रम सम्पन्न

अष्ट्रेलियाको पश्चिम मेलबर्नमा भव्यताका साथ तीज कार्यक्रम सम्पन्न भएको छ । नेप्लिज अर्गनाइजेसन अफ विनडम र मेलबर्न नेप्लिज कम्युनिटी वेस्टको संयुक्त आयोजनामा गत शनिबार कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कला संस्कृतीको जगेर्ना साथै अष्ट्रेलियामा रहेका पछिल्लो पुस्तालाई नेपाली मौलिकताको ज्ञान दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त तीज कार्यक्रममा संसदको लागि सो क्षेत्रको संघीय सदस्य श्रीमती जोंने रायन प्रमुख अतिथि तथा मेयर हेनरी बार्लो, काउन्सिलर इन्ताज काहना र मिया शओ अतिथि रहनुभएको थियो । त्यस्तै नेपाली अतिथिहरुमा महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष केशव कंडेल, न्याभ अध्यक्ष डा. अनुपम पोखरेल र समाजसेवी रामकुमार श्रेष्ठ हुनुहुन्थ्यो।
नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा नेपाली चेलीहरुको शृंगार र नाचगानबाट अतिथिहरु मन्त्रमुग्ध हुनुभएको थियो । प्रमुख अतिथि रायनले आफ्नो मन्तव्यमा नेपाली चाडपर्व र संस्कृति अत्यन्तै मन पर्ने भन्दै आफू सधै नेपाली समुदायको साथमा रहेको बताउनुभएको थियो भने मेयर हेनरी बार्लोले नेपाली समुदायलाई सहयोग गर्न आफू तत्पर रहेको र नेपालीहरुको समस्या सुन्न आफ्नो कार्यालयको ढोका सधै खुल्ला रहेको बताउनुभयो । त्यस्तै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कंडेलले पश्चिम मेलबर्नमा बस्ने नेपाली समुदायको एकता देखेर आफू निकै प्रभावित भएको बताउनुभएको थियो ।
कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका कमल प्याकुरेलले धन्यवाद मन्तव्यका साथमा पश्चिम मेलबर्नमा बस्ने सम्पूर्ण नेपालीहरुलाई आफ्नो मौलिक संस्कृति र पहिचानको जगेर्नाको लागि एकताबद्ध हुन अपिल गर्नुभयो ।
रोशनी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको उक्त रमाईलो तथा भव्य तीज कार्यक्रममा न्याभ बाल चौतारी पश्चिमका भाइबहिनीहरुले राष्ट्रिय गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रमको संचालन अनुष्का काफ्ले र एन्जेलिना प्याकुरेलले गरेका थिए भने कार्यक्रमको व्यवस्थापन तथा संयोजन डा. युगेन्द्र रेग्मीले गर्नुभएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



