इयुफोनिक साँझ, झुमे दर्शकहरु विपुल र अल्बाट्रोस ब्याण्डसँगै
इयुफोनिकको अर्थ हुन्छ कर्णप्रिय । सँगीत सधैँ कर्णप्रिय भएर मनप्रिय बन्न जान्छ । हिजो इयुफोनिक साँझमा उपस्थित आठ सयभन्दा बढी दर्शकहरु यसरी नाँचिरहेका थिए कि, उनीहरुलाई हातमा भएको वियर र वाइनको होइन, बरु संगीतको मात लागिरहेको छ । वास्तवमा संगीत भनेकै यस्तो कुरा हो जसले कानलाई आनन्द दिदै, कानको द्वारबाट भित्री मनमा पस्छ, अनि सुरु हुन्छ मानिसलाई संगीतको नशा चढ्न थाल्छ । सोलाङ्चरको आयोजना र एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नको प्रायोजनमा भएको हिजोको इयुफोनिक २०१७ कार्यक्रममा विपुल र अल्बाट्रोस ब्याण्डको जोडजाड प्रस्तुति रहेको थियो । सोलाङ्चरले नै आयोजना गरेको एकवर्ष अगाडिको कार्यक्रममा पनि विपुलले सबैको मन जितेर गएका थिए भने, यस पटक पनि उनले उत्तिक्कै दर्शकहरुको मन जितेका छन् , आफ्नो बेजोड प्रस्तुती बाट । बिलबोर्ड द भेन्यूमा भएको यस कार्यक्रममा नेपालमा भर्खरै प्राकृतिक विपतमा परेका बाढीपिडितहरुको सहयोगार्थको लागि क्वाइन डोनेसन बक्स पनि राखिएको थियो ।
बिलबोर्ड द भेन्यूमा भएको यस कार्यक्रममा नेपालमा भर्खरै प्राकृतिक विपतमा परेका बाढीपिडितहरुको सहयोगार्थको लागि क्वाइन डोनेसन बक्स पनि राखिएको थियो । संकलित ४७५ मा कार्यक्रम आयोजक सोलाङ्चरले ४७५ थप गरि जम्मा कुल ९५० एनआरएनए मार्फत सहयोग गरिएको छ। दर्शकहरुको माया, सद्भाव, विश्वास र बाक्लो उपस्थितीले मात्रै कार्यक्रम सफल रहने र सोलाङ्चरको हरेक इभेन्टस्मा दर्शकहरुले एकदमै साथ दिइरहेकोले कार्यक्रमहरु सफल पनि रहेको र आउँदो दिनहरुमा यसरी नै साथ दिन आयोजकको तर्फबाट सोलाङ्चरको निर्देशक राजु शाक्यले अनुरोध गरेका छन् । त्यसैगरी नेपाली टाइम्स् मेल्वर्नसँग कुरा गर्दै कार्यक्रमको प्रायोजक एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नको निर्देशक सरोज शर्माले पनि कार्यक्रम एकदमै रमाइलो भएको, दर्शकहरुको उपस्थितीपनि एकदमै सन्तोषजनक रहेकोमा खुसी व्यक्त गर्दै नेपाली समुदायको इभेन्टस्मा एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज सदैव सहयोगको लागि तत्पर रहने बताएका छन् ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...