सगरमाथा क्रिकेट क्लबको चौथो वर्ष पूरा भएको उपलक्ष्यमा ‘अवार्ड नाइट’

दुई सय भन्दा बढीको उपस्थितिले कार्यक्रम एकदमै भव्य र रमाइलो भएको थियो । कार्यक्रममा आयुषा तिवारीको एकल नृत्य तथा सुर्मिला बस्नेत, मनिषा श्रेष्ठ, अनुजा महर्जन, सीमा दाहाल तथा सुप्रिनाको सामूहिक नृत्यले सांगीतिक साथै सांस्कृतिक माहोल छाएको थियो ।
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४

मेलवर्नको नेपाली समुदायमा क्रिक्रेटलाई सशक्त खेल बनाउन निरन्तर लागिपरिरहेको ‘सगरमाथा क्रिकेट क्लब’ ले यही २७ तारिख आइतवार आफ्नो चौथो वर्ष पूरा भएको उपलक्ष्यमा ‘अवार्ड नाइट’ सम्पन्न गरेको छ । चारवर्ष अगाडि स्थापना गरिएको भए पनि क्लबले पहिलो पटक अवार्ड नाइटको आयोजना गरेको थियो । कार्यक्रममा क्लबले विगतमा गरेका आफ्नो कार्य तथा आगामी योजनाहरुबारे पनि चर्चा गरिएको थियो ।

कार्यक्रमको मूख्य विषयको रुपमा अष्ट्रेलियामा रहेको नेपाली समुदायका महिला तथा बालबालिकाहरुलाई खेलमा प्रोत्साहन गर्नु रहेको थियो। जसको लागी क्लबले आधारभूत कार्यको थालनी गरिसकिएको बताइयो । कार्यक्रममा क्लबको लागि अबको हेडकोच तथा क्याप्टेनको पनि घोषणा गरिएको थियो । उक्त घोषणा अनुसार क्लबको अबको हेडकोच असिम सुवेदी र क्याप्टेन सुसन गुरुङ रहनेछ ।

नेपाली क्रिकेट टीमका क्याप्टेन पारस खड्का तथा खेलाडीहरु सन्दीप लामिछाने, सुवास खकुरेल तथा आइसीसी प्यानलका अम्पायर बुद्धि प्रधानले क्लबलाई बधाई तथा शुभकामना संदेश पठाएका थिए ।

पानसमा बत्ती बालेर र नेपाली तथा अष्ट्रेलियन राष्ट्रियगानबाट सुरु भएको कार्यक्रममा नेपालका बाढीपिडीतहरुको लागि प्रत्येक टिकट बाट ५ डलर तथा दानपेटिकाबाट सहयोग रकम संकलन गरिएको थियो । उक्त रकम एनआरएनए अष्ट्रेलियालाई हस्तान्तरण गरिएको छ । साथै कार्यक्रममा बाढीपहिरोमा ज्यान गुमाउनेहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन कार्यक्रमको प्रमुख अतिथि रहेका थिए भने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने, न्याभका अध्यक्ष डा. अनुपम पोखरेल, क्यानका उपाध्यक्ष नरेश श्रेष्ठ, मेलबर्नका नेपाली समुदायका अगुवा जोग लिम्बु, भिक्टोरिया क्रिकेटका बहुसांस्कृतिक सहभागीता संयोजक हुसेन हनिफ, एएनएमसीका अध्यक्ष रंजन बैद्य, एएनएमसीका दूत सुदीप न्यौपाने र प्रकृति श्रेष्ठ लगायत मिडियाकर्मीहरु अतिथिको रुपमा उपस्थित भएका थिए । दुई सय भन्दा बढीको उपस्थितिले कार्यक्रम एकदमै भव्य र रमाइलो भएको थियो । कार्यक्रममा आयुषा तिवारीको एकल नृत्य तथा सुर्मिला बस्नेत, मनिषा श्रेष्ठ, अनुजा महर्जन, सीमा दाहाल तथा सुप्रिनाको सामूहिक नृत्यले सांगीतिक साथै सांस्कृतिक माहोल छाएको थियो ।

अवार्ड वितरण गर्ने क्रममा बेस्ट बर्लरको रुपमा वर्ष १३/१४ बाट विवेक श्रेष्ठ, १४/१५ बाट सन्जय क्यान्डी, १५/१६ बाट सजेन्द्र श्रेष्ठ र १६/१७ बाट सुरज थापा रहेका थिए । त्यस्तै बेस्ट फिल्डर्समा वर्ष १३/१४ बाट नविन श्रेष्ठ, १४/१५ बाट नविनजंग थापा, १५/१६ र १६/१७ बाट सुरज थापाले अवार्ड पाएका थिए भने वेस्ट विकेट किपरमा वर्ष १३/१४ बाट सुमित दाहाल, १४/१५ बाट सुदिप न्यौपाने, १५/१६ बाट सजेन्द्र श्रेष्ठ र १६/१७ बाट सुसन गुरुङ्ग रहेका थिए । त्यस्तै बेस्ट व्यास्ट्सम्यानमा वर्ष १३/१४ बाट सन्देश थापा, १४/१५ बाट आतुषोश काफ्ले , १५/१६ बाट भुषण श्रेष्ठ र १६/१७ बाट असिम सुवेदी रहेका थिए भने मोस्ट भ्यालुएवल प्लेयर्सको रुपमा वर्ष १३/१४ बाट विवेक श्रेष्ठ, १४/१५ बाट आतुषोश काफ्ले, १५/१६ बाट भुषण श्रेष्ठ र १६/१७ बाट सुसन गुरुङ्ग रहेका थिए । प्रमिर्सिङ्ग प्लेर्य अफ दि इयरमा सागर श्रेष्ठ , पपुलर प्लेर्य अफ दि इयरमा सजेन्द्र श्रेष्ठ , माननिय अवार्डमा माइकल जे न्यूम्यान, याशवन्त सुवेदी, नरेश श्रेष्ठ र सोलाङ्चरबाट राजु शाक्य रहेका थिए भने स्पीर्ट अफ क्लबमा नितेश श्रेष्ठ, बाबु पाण्डे , राज लामा, कुशल तुलाधरले अवार्ड पाएका थिए । त्यसैगरी, क्याप्टेन च्वाइस्मा भरत तिवारी, रोहित धानुक, कुशल तुलाधर र राज कुमार गुरुङ्ग र एसीसी अल स्टार्समा ह्युमाजा अलि, अलि नवाज, बयुरेल डिमेलो र क्लपेश पटेल रहेका थिए ।पाँच सदस्य, सन्जय क्यान्डी, भुषण श्रेष्ठ, साहस श्रेष्ठ, नबिन श्रेष्ठ र सुमित दाहालबाट सुरु भएको सगरमाथा क्रिकेट क्लबमा हाल ५० खेलाडी र हजारौं समर्थकहरु छन् । “हामी क्लब मात्र होइनौं, एक परिवार पनि होऔँ”ं भन्ने नै आफूहरुको मूलमन्त्र रहेको क्लबका सदस्यहरु बताउँछन् । खेलमा मात्र नभएर क्लबले अष्ट्रेलियामा नेपाली समुदायका विद्यार्थी तथा सहयोगको खाँचो भएका व्यक्तिलाई र नेपालमा समेत सहयोग आवश्यक भएकाहरुलाई सक्दो सहयोग गर्दै आइरहेको कुरा उनीहरुले नेपाली टाइम्स् मेल्वर्नलाई बताएका थिए।

कार्यक्रमको मूख्य विषयको रुपमा अष्ट्रेलियामा रहेको नेपाली समुदायका महिला तथा बालबालिकाहरुलाई खेलमा प्रोत्साहन गर्नु रहेको थियो। जसको लागी क्लबले आधारभूत कार्यको थालनी गरिसकेको बताइएको छ । प्रस्तुत योजना अनुसार, सगरमाथा क्रिकेट क्लबमा छिट्टै नै महिला र बालबालिकाको क्रिकेट टीम घोषणा हुनेछ । नेपाली समुदायका बालबालिकाहरुलाई अष्ट्रेलियाको खेल क्षेत्रमा सशक्त रुपमा अगाडी ल्याउन क्लबले आफ्नो योजनाहरु बनाइसकेको छ । यसको साथै क्लबले अष्ट्रेलिया र नेपालमा सक्षम खेलाडीहरु उत्पादन गर्ने कार्यलाई निरन्तरता दिनेछ ।

क्लबका अध्यक्ष विवेक श्रेष्ठले कार्यक्रम प्रायोजक एक लिगल माइग्रेसन सर्भिस, भीडिए फाइनान्स, बुद्ध ट्राभल एण्ड टुर्स लगायत विगतका कार्यक्रम प्रायोजन गरेका सम्पूर्ण प्रायोजकहरु, कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरु, क्लबका सम्पूर्ण समर्थक साथै सम्पूर्ण शुभचिन्तकप्रति कृतज्ञता प्रकट गरेका थिए ।