प्राज्ञ तुलसी दिवससँगको साहित्यीक जमघट
विपी चिन्तन प्रतिष्ठान अष्ट्रेलिया र साहित्यीक जमघटकाे सहकार्यमा आइतबार भएको साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ तुलसी दिवससँगको जमघट भएकाे थियाे

नेपाली साहित्य क्षेत्रका प्रख्यात साहित्यकार तुलसी दिवसले अष्ट्रेलियामा आफ्नो त्यो लोकप्रियता अझ उचाईमा पुर्याउनुभएको छ । विपी चिन्तन प्रतिष्ठान अष्ट्रेलिया र साहित्यीक जमघटकाे सहकार्यमा आइतबार भएको साहित्यकार तथा संस्कृतिविद् प्राज्ञ तुलसी दिवससँगको जमघटले अष्ट्रेलियामा उहाँका शुभचिन्तकहरुको संख्या अझ चुलिएको हो ।
हिँड्दा हिँड्दै मोडमा
हिँडेको बाटोनै मोडिए पछी
हिँड्नेको पनि केहि लाग्दो रहेनछ|
तेर्सिँदा तेर्सिँदै तेर्सोमा
तेर्सिएको बाटोनै उक्ले पछी
तेर्सिनेको पनि केहि लाग्दो रहेनछ |
उक्लँदा उक्लँदै उकालोमा
उक्लेको बाटोनै ओर्लिए पछी
उक्लनेको पनि केहि लाग्दो रहेनछ |
ओर्लँदा ओर्लँदै फेरि
ओर्लेको बाटो नै उक्ले पछी
ओर्लनेको पनि केहि लाग्दो रहेनछ |
हिँड्दा हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिए पछी
हिँड्नेको पनि केहि लाग्दो रहेनछ |
साहित्यकार तुलसी घिमिरेले आफ्ना यी यस्तै कविताहरु वाचन गरिरहँदा कार्यक्रमका सबै सहभागीहरु ती पङ्क्तिहरुमै डुबेका देखिन्थे । ११:४५ को फ्लाइट सामत्नुपर्ने उनलाई ८ बजेसम्म सहभागीहरुले कविता वाचनबाट उम्किन दिएनन् । तुलसी दिवस र उनका कविताहरुप्रती सहभागीहरुको मोह देख्दा यस्तो लाग्थ्यो की, उनीहरु साहित्यकार दिवसको फ्लाइट छुटोस् र उनलाई यसगरी सुनिरहूं भन्ने कामना गरिरहेका छन् । अन्नको खेती गर्ने किसान जस्तै आफूले अक्षरको खेती गरिरहेको बताउने साहित्यकार दिवसले नेपालीहरु विश्वकै जुनसुकै ठाउँ पुगेता पनि नेपालको माया लिएर हिंडेको बताउँदै अष्ट्रेलियामा पनि त्यो नेपालीपन भेट्दा निकै खुशी लागेको बताउनुभएको थियो । मोरल्याण्ड स्थित कोबर्ग क्याफे एण्ड रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा मनमती प्रज्ञा साहित्यीक जर्नलका सम्पादक साहित्यकार श्रीधर पाैडेलसँग १ सय ३ अाैं विपी जन्मजयन्तीका अवसरमा विपी र साहित्यिक यात्रा बारे मन्थन समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा पाल्नुभएका अर्का प्रख्यात साहित्यकार मोहन सिटौलासंग पनि साहित्यीक अन्तरक्रिया भएको थियो । साहित्यीक गफकै सन्दर्भमा अष्ट्रेलियाका लागि महावाणिज्यदुत चन्द्र योञ्जनले साहित्यकार कहिल्यै गरिब नहुने र उनीहरुसंग भरपूर ज्ञान र अक्षरहरुको भण्डार हुने भन्दै यस्तै कार्यक्रमहरु मार्फत अष्ट्रेलियामा नेपाली साहित्यलाई अझ मजबुद ढंगले अगाडी बढाउन सकिने बताउनुभएको थियो । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा उत्साहका साथ सहभागी भएका सम्पूर्ण सहभागीहरु , तथा सम्पूर्ण अतिथीहरुलाई आयोजकका तर्फबाट दुर्गा आचार्यले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...