अनिल र रविनाको सेल्फी क्विनले जित्यो मन

काठमाडौं– भ्वाइस अफ नेपालको उपाधि विजेता सञ्चारकर्मी नरेश भट्टराईद्वारा रचना गरिएको एउटा रोमान्टिक यूगल गीत ‘सेल्फी क्विन’ को म्युजिक भिडियोले कम समयमै दर्शकको मन जित्न सफल भएको छ।
लोकप्रिय पप गायक अनिल सिंहको संगीतको उक्त गीतमा अनिल सिंह तथा गायिका रविना थापाको स्वर सुन्न सकिन्छ ।
बजारमा आउन लागेको गायक अनिल सिंह तथा गायिका रविना थापाको नयाँ एल्बम फलो मिमा समावेश गरिएको उत्तस् गीतको म्युजिक भिडियोलाई सञ्चारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा हास्य अभिनेता सन्दिप क्षेत्री, भिडियोजक्की सुशील नेपाल तथा राजेश थापाको अभिनय रहेको छ। गायक सिंह तथा गायिका थापालाई पनि भिडियोमा फिचर गरिएको छ ।
अर्जुन तिवारी तथा टिमद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । सुरेन बसेल यो भिडियोका कोरियोग्राफी गरेका हुन् ।
यस्तो छ सेल्फी क्विनको भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...