अमेरिकामा नेपलिज् अमेरिकन कन्भेन्सन हुँदै

-- / प्रकाशित मिति : शुक्रबार, चैत्र १९, २०७२

न्यूयोर्क, आगामी २ देखि ४ जुलाईमा अमेरिकामा बसोवास गर्ने नेपाली समुदायको बृहत कार्यक्रम जमघट कार्यक्रम लसएन्जलसमा हुने भएको छ । यूनाईटेड नेपाली एसोसियसनको आयोजनामा लसएन्जलसमा हुने तीनदिने बृहत नेपलिज् अमेरिकन कन्भेन्सनमा १० हजार नेपालीको उपस्थिति हुने कार्यक्रम आयोजनाका मुख्य सहयोगी तथा गैरआवासिय नेपाली संघका अमेरिकाका क्षेत्रिय सहसंयोजक एसी शेर्पाले बताए । सहसंयोजक शेर्पाका अनुसार त्यस कार्यक्रमबाट अमेरिकामा रहेका नेपालीहरुले आफ्ना कला, भाषा, सस्कृतिको बारेमा जानकारी पाउनुका साथै व्यावसायिक एस्पो, पर्यटन प्रर्वद्धन हुने, विविध खेलकुदका कार्यक्रम र नेपाली बालबालिकालाई आफ्नो कला संस्कृतिको बारेमा जानकारी गराउनुको साथै नेपालीहरुबीचको एकतामा सहयोग पुग्ने बताए । कार्यक्रमको तयारीका लागि नेपाली समुदाय एकाकार भएर तीव्र तयारीमा जुटेका छन । कार्यक्रम आयोजनाका लागि मुख्य रुपमा गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका संयोजक सोनाम लामा, सहसंयोजक एसी शेर्पा, एनआरएन पर्यटन प्रर्वद्धन समितिका सहसंयोजक पासाड लामा, गौरी जोशी र समिर महर्जन रहेको पाँच जनाको टोली सक्रिय रहेको छ ।
अमेरिकामा पहिलोपल्ट यति ठुलो कार्यक्रम हुन लागेको बताउँदै शेर्पाले भने यसको तयारी तयारी तिव्र गतिमा भैरहेको छ । तीन दिनसम्म चल्ने सो कार्यक्रम क्यालिफोनियाको लंगबीचमा हुनेछ । विभिन्न विधामा खेलहरु, साँस्कृतिक कार्यक्रमहरु, फेसन सो, बच्चाहरुका लागि प्रतियोगितात्मक कार्यक्रम, व्यापारिक एस्पो, डिजे नाईटलगायत हुनेछ । विभिन्न खेलमा सहभागी हुनका लागि नाम दर्ता अप्रिल १ तारिकदेखि फर्म खुल्ला गरिएको छ । खेलहरुमा भलिबल, क्रिकेट, सकर, बास्केटबल, टेनिस, गल्फ आदि रहेका छन । जसमा जित्ने खेलाडीहरुले १५ सयदेखि ५ हजार डलरसम्मको आकर्षक पुरस्कारहरु राखिएको सहसंयोजक शेर्पाले बताए छन ।
नेपालीहरुको बृहत उपस्थिति हुने अनुमान गरिएको उक्त सम्मेलनलाई कसरी भव्यताका साथ सफल बनाउन सकिन्छ भन्ने परामर्स तथा धारणा विभिन्न संघ संस्था र व्यक्तिहरुबाट सुझाव संकलन जारी रहेको कार्यक्रमका संयोजक विश्व सुवेदीले बताएका छन ।
बिशेष गरि खेलकुद कार्यक्रम अन्र्तगत न्यूयोर्क, डिसी, टेक्सास, सियाटल, सन् फ्रान्सिस्कोको टिमले भाग लिन निश्चित भैसकेको छ भने बाँकी समुह आउने क्रम जारी रहेको नेप्लिज अमेरिकन कन्भेन्सन अमेरिका सम्मेलनका मुख्य कार्यक्रम संयोजक सुवेदीले बताए ।
बर्षको एक पटक गरिने यस्ताखाले रचनात्मक खेलकुद, साँस्कृतिक क्रियाकलापले नेपाली समुदायमा एक आपसमा घुलमिल, सहकार्यको भावना, सामाजिक सम्बन्ध कÞायम हुने भएकोले कार्यक्रम गर्न लागिएको बताईएको छ । प्रवासमा बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई यो कार्यक्रमको उद्धेश्य पुरा गर्न र प्रभावकारिताको लागि हातेमालो गर्न आग्रह गरिएको छ ।