छिमेकी रोज्न मिल्दैन
प्रसिद्ध चिनियाँ युक्ति छ ‘तिमि साथी रोज्न सक्छौ तर छिमेकि रोज्न सक्दैनौ’ त्यसको मतलब साथीसँग मन मुटाब भए अर्को साथी बनाऊँला तर छिमिकीको हकमा त्यो लागु हुदैन । यसको एउटै सन्देश हो आपसी मतमतान्तर न्यून गर्दै छिमेकीसँग मिलेर बस्नुको बिकल्प छैन । त्यसैले पनि घर शान्त हुन् आफ्नो घरको बाताबरण बाहेक छिमेकीको रबैया र बाताबरण पनि सहज हुन जरुरी छ । यहि कुरा देशको सन्दर्भमा पनि लागु हुन्छ । देश बिकास, शान्ति र दिगो पूर्वाधारहरुका लागि असल छिमेकीको ठूलो भूमिका हुन्छ ।
अझ भूपरिबेष्ठित हाम्रो जस्तो देशका लागि छिमेकी देशको भूमिका झन् महत्वपूर्ण हुन्छ । नेपाल भौगोलिक रुपमा दुवै बिशाल र शक्तिशाली महाराष्टझको बीचमा छ । जुन कसैले रोजेको होइन, उत्तरतिरको भौगोलिक विषमता र भारत वर्षका अनेकौ धर्म युद्द र साम्राज्य विस्तारका युद्दहरुबाट खारिएर सदियौंदेखि स्वतन्त्र राष्टझको पहिचान बनाएर बसेको देश हो नेपाल । इतिहासकारले, धूर्त राजनीतिज्ञहरु र सामाजिक अभियान्ताहरुले समय सुहाउदो यसलाई विविध परिभाषा दिए कसैले दुइ ढुंगा बीचको तरुल भने, कसैले दुइ देश बीचको सम्भाव्यताको सूचक माने । जसले जे भने पनि प्रष्ट छ नेपालका छिमेकी यी दुवै राष्ट्रहरु एसियामा मात्रै होइन पुरै ग्लोबमा प्रबिधि र बिकाशका दृष्टिकोणले शसक्त र जबरजस्त पहिचान भएका महाराष्ट्रहरु हुन् । त्यसैले जसरी हाम्रो लागि यो सम्बन्ध बिशेष छ त्यसै गरि शान्ति, सुरक्षा र सम्मुन्नत कुटटनीतिकको लागि दुवै देशलाई हामी संगको सम्बन्ध उतिकै महत्वपूर्ण छ ।
नेपालका प्रधानमन्त्री के पी ओलीको ४० दिनको अन्तरमा गरेका छिमेकीको भ्रमण यति बेला फेरि चर्चाको बिषय छ । संबिधान घोषणा पछाडि भारतले गरेको अघोषित नाकाबन्दी, नेपालले भूपरिबेष्ठित हुनको कारणले चुकाउन परेको ठूलो मुल्य र लगतै भएको प्रधानमन्त्रीको भ्रमणले गर्दा हाम्रा राजनीतिक दल, मिडिया र नागरिक समाज छिमेकी तौलने र कहिले यता कहिले उता फर्कदै ञदेखिस तु भन्ने पारामा गएको देखियो । जुन हाम्रोलागि दुखद बिडम्बना हो, पहिलो बिडम्बना हाम्रो राजनीतक संस्कार हो जुन सुध्रिनु एकदम जरुरी छ किनकी जब हाम्रा विदेश नीतिहरु नेपाली मनले एकरुपताका साथ आफै प्रतीरक्ष्यात्मक हुदैन तबसम्म हामीमा प्राहर भइ रहन्छन, आफ्नो अनुकुल थपडी बजाउन भन्ने दुवैको चाहना भइरहनेछ ।
भौगोलिक रुपमा र संस्कृतिक हिसाबले नेपालको सम्बन्ध भारतसँग सधै बिशेष रह्यो । यो सम्बन्ध फेरि पनि हजारौ बर्ष देखि स्थापित हुदै यहाँ सम्म आएको हो त्यसैले यो त्यति सहज धरमराउन सक्दैन । त्यसो भनेर हाम्रा सम्भाव्यतालाई नजर अन्दाज गरेर हामी यहि सम्बन्धका कारण सधै ‘यस म्यान’ हुन सक्दैनौ । हामीसँग भएका अथाह प्राकृतिक श्रोत यो वा त्यो विषम सन्धि र सम्झौताले संधै बाँधिनु पर्ने अनि सस्तोमा धान बेचेर महंगोमा चामल कुन्नु पर्ने बिडम्बना हामीले गत महिनाहरुमा भएका नाकाबन्दी ताका भोग्यौं । अर्को तर्फ त्यसो भन्दैमा नेपालीले आफ्नो राष्टझवाद वा देशभक्तिको आधार भारतको विरोधलाई बनाउनु पर्छ भन्ने सोच नितान्त गलत हो ।
भारत भ्रमण पश्चात संयुक्त बक्तब्य समेत आउन नसकेको स्थितिमा हाल प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग विभिन्न १० बुंदामा सम्झौता तथा समझदारी भएको बताइएको छ । चीनले अबका केही वर्षभित्र आफ्नो अत्याधुनिक रेल्वे सेवालाई हाम्रो उत्तरी सीमासम्म ल्याइपुर्याऊँदैछ । पछिल्लो पटकको नाकाबन्दीपछि नेपालले रेल र तेलका निम्ति चीनसँग पनि जोडिनु उचित हुने देखियो । चीनिया रेलसँग काठमाडौ, पोखरा र लुम्बिनी जोडिने खाका सहमतिहरुले कोरेका छन् । तिनलाई कार्यान्वयन गर्ने हो भने नेपाल पक्कै पनि आधुनिक यातायातले संसारसँग जोडिनेछ ।
तर सहमति बुंदामा मात्र होइन केकस्ता पूर्वाधार नेपालले तयार गर्नु पर्ने हो त्यसबारे हेक्का नराख्ने हो भने त्यस्ता सम्झौता कागजमै सीमित हुनेछन् । चीन सरकारसँग सहमति गर्नेबित्तिकै हामी यसको प्रतिफल लिन सक्छौं भन्ने होइन । चीनसँग काठमाडौको चक्रपथ विस्तारका निम्ति भएका यसअघिका सम्झौता समेत कार्यान्वयन हुन नसकेको स्थितिमा अहिलेका महत्वाकांक्षी आयोजना सोत पुरा हुनेमा आशंका हुनु स्वाभाविक हो । त्यसैले सर्वप्रथम छिमेकी मुलुकसँग गरिएका अघिल्ला सम्झौताहरुको कार्यान्वयन अवस्था कस्तो छ भनी समीक्षा गरेरमात्रै अघि बढ्नु जरुरी छ ।
हाम्रो विकल्प भारत वा चीन एउटा देशसँग टाँसीनु हुदै होइन, हामीले त दुवै देशसँग राजनीतिक र आर्थिक सहकार्यका भिन्नाभिन्नै मापदण्ड तयार पार्न सक्नु पर्दछ । चीनसँग आर्थिक सहकार्यका जुन चरणहरु सिर्जना हुदैछन्, हाम्रो उन्नतिको लागि सुखद संकेत पनि हुन् । हाम्रा निम्ति दुवै मुलुक उत्तिकै महत्वपूर्ण छन् र हामी दुवै सँग मित्रताको हात बराबरी बढाउछौ भन्ने भावनाको सञ्चार गर्न सक्नुपर्दछ । आशा गरौ छिमेकी सहयात्री हुन् भन्ने बिश्वास हाम्रो छिमेकीले पनि लिइदियोस्, संगै यात्रा गर्दा गन्तब्यमा पुगिन्छ र बाटाका समस्या सहज हुन्छन भन्ने बुझोस् । छिमेकी आसल छन् भनेर दैलो खुल्लै छोडेर हिड्दा हामीलाई पनि संकोच नहोस् । अन्त्यमा, आफ्नो संबिधान आफै लेखेर, भूकम्पको पीडाबाट जेन तेन तंग्रिएर पुनर्निर्माणमा जुटन सबैको सदासयता चाहिने नेपाललाई कसैले गिद्दे दृष्टि नलगाउन, नब बर्ष २०७३ हामी सबैका लागि शुभ बनोस्, शुभकामना ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...