अमेरिकामा नेपालीको आफ्नै बैंक स्थापना सेप्टेम्बरबाट कारोबार शुरु
अमेरिकामा बस्ने अगुवा नेपालीहरू मिलेर सामुदायिक अवधारणामा एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू) स्थापना गरेका छन् । अमेरिकाको न्यूयोर्कमा बैंकको स्थापना भएको औपचारिक जानकारी दिइयो । स्थापनाकालमा समुदाय केन्द्रित आर्थिक कारोबार गर्ने उद्देश्यले खोलिएको यस सामुदायिक बैंकले सेप्टेम्बरको पहिलो हप्तादेखि न्यूयोर्कबाट कारोबार गर्ने र नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको स्टेटहरूमा शाखा खोलिने संस्थाका अध्यक्ष डिल्लीराज भट्टले बताए । एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू) लाई अमेरिकी केन्द्रिय सरकार अन्तर्गत नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले बैंकिङ कारोवार गर्ने अनुमति दिएको छ ।
सन् २०१५ को डिसेम्बरमा १५ जना नेपालीहरू मिलेर बैक स्थापनाको छलफल अहिले आएर साकार भएको यूनियनका अध्यक्ष भट्टले बताए । युनियनले अमेरिकन एक्सप्रेस, डिस्कभरी, भिसा कार्ड, मास्टर कार्ड जस्तै नेपालीले पनि अब आफ्नै क्रेडिट कार्ड प्रयोग गर्न पाउने कार्यकारी समितिका संयोजक मोहन ज्ञवालीले बताए । सामुदायिक अवधारणामा कारोबार गर्ने अनुमति पाएको एभरेष्ट फेडरले अमेरिकामा रहेका अन्य बैंकको तुलनामा सहुलियत दरमा निक्षेप संकलन, कर्जा प्रवाह, बचत, ब्याज, ऋण उपलब्ध गराउन र क्रेडिट कार्ड पनि दिन सक्ने अध्यक्ष भट्टले बताए ।
बैंकमा खाता खोल्ने प्रत्येक नेपाली नाफाका साझेदार हुने भएकाले पनि अब अमेरिकामा नेपालीले कामदार होइन मालिकको रुपमा आत्मसम्मानको महसुस गर्ने सरोकारवालाको भनाई छ । अमेरिकी सरकारले सामुदायिक बैंकलाई कर छुट दिने भएकाले पनि धेरै नेपाली यसबाट लाभ लिनसक्ने छ । यस बैकको महत्वपूर्ण पक्ष खाता खोल्नका लागि नेपालीभाषी नै हुनु पर्ने वा आफन्त हुनुपर्ने छ । गैरआवासिय नेपाली बाहेक अरुले यसमा खाता खोल्न पाउने छैनन ।
बैंकले थोरै ब्याजमा ऋण प्रवाह गरी बचत गर्नेलाई बढी मुनाफा दिने लक्ष्य लिएकाले अमेरिकामा कम आय भएका नेपालीलाई व्यापार व्यवसायमा पनि प्रोत्साहन मिल्ने अध्यक्ष भट्टको भनाई छ ।
अमेरिकामा करिब ६ हजार जति क्रेडिट यूनियनमा पछिल्लो समय आइरिस, पोलिस, इटालियन, चाइनीज र फ्रान्सेलीहरूले सामुदायिक बैंकिङ प्रणाली अन्र्तगत क्रेडिट यूनियन खोलेका छन् ।
एभरेष्ट फेडरल क्रेडिट यूनियनमा १९१ चार्टर सदस्य रहेको जनाउँदै ज्ञवालीले यसलाई न्युयोर्कबाट शुरु गरी नेपालीको बाक्लो बस्ती रहेको क्यालिफोर्निया, डीसी, फ्लोरिडा, टेक्सास लगायतका स्थानमा विस्तार गर्ने योजना रहेको बताए ।
एभरेष्ट फेडरलल क्रेडिट यूनियनको अध्यक्षमा डिल्ली भट्ट, महासचिवमा अञ्जन श्रेष्ठ, कोषाध्यक्षमा बिराज रिजाल छन् । त्यसैगरी, सदस्यमा आरसी पोखरेल, विजय पौडेल, राजन कर्माचार्य, जीवन बम छन् ।
इएफसियूको सुपरभाइजर कमिटीमा डा. केशव पौडेल र डा. सुक गुरुङ छन् । त्यसैगरी, क्रेडिट कमिटीमा भने मोहन गिरी र नवराज केसी छन् । एभरेष्ट फेडरल क्रेडिट युनियनको एक्जीक्यूटीभ कमिटी को–अर्डिनेटरमा मोहन ज्ञवाली छन् । बैंकको समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधिहरू, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न स्टेटबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको बाक्लो उपस्थिति रहेको थियो ।
समुदायको आर्थिक हित प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवं कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।
अमेरिकी सरकारले यस्ता सामुदायिक बैङ्कहरूलाई कर छुट दिने भएकाले अन्य बैङ्कका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउने छ । साथै, बचतमा बैङ्कको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । क्रेडिट युनियनका सदस्यहरू नै यसका मालिक हुने भएकाले यसमा खाता खोल्ने सबै यसका मालिक हुनेछन् ।
अमेरिकाभर बसोवास गर्ने नेपाली समुदायभित्रका सबै व्यक्तिहरूलाई संस्थामा सदस्य र डिपोजिटर बनाएर सुविधा प्रदान गर्ने लक्ष्य एभरेष्ट फेडरल क्रेडिट युनियनले लिएको छ । त्यही अनुसार सबै राज्यहरूमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार डिपोजिटर संख्या पुर्याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको छ ।
संस्थाले नेशनल क्रेडिट युनियन एण्ड मिनिष्ट्रेशनको पूर्ण ब्याकग्राउण्ड चेकपश्चात् ७ बोर्ड अफ डाइरेक्टर, ३ सुपरभाइजर कमिटी, ३ क्रेडिट कमिटी सदस्यहरूलाई प्रारम्भिक चरणको बोर्डमा नियुक्त गरेको छ । रिक्त रहेका ७० प्रतिशत बोर्डलगायत अरु कमिटीमा उपयुक्त व्यक्तिहरूलाई नियुक्ती गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी नियुक्त भएका पदाधिकारीको पदावधि नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनले तीन वर्षका लागि बोर्डमा नियुक्त गर्ने छ ।
अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदाय लक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवं आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ ।
नेसनल क्रेडिट युनियन एण्ड मिनिष्ट्रेशनका अनुसार १० करोडभन्दा बढी अमेरिकीहरू क्रेडिट युनियनहरूका सदस्य छन् । अमेरिकामा विभिन्न पेशागत रुपमा क्रेडिट यूनियन खोल्न पाईने छ । यो अमेरिकामा आर्थिक रुपले सक्रिय जनसंख्याको झण्डै आधा हिस्सा हो । अमेरिकामा क्रेडिट युनियनलाई सामुदायिक बैङ्कका रुपमा हेर्ने गरिन्छ जो नेपालको को–अपरेटिभ भन्दा धेरै फरक छ । किनकी अमेरिकामा क्रेडिट युनियनले बैङ्कसरह डिपोजिट र ऋण प्रवाह गर्न पाउँदछन् र जो–जो यसका डिपोजिटर छन् उनीहरू नै यसका मालिक हुन् र उनीहरू नै मुनाफामा हकदार हुन्छन् । त्यसैगरी प्रत्येक डिपोजिटरको २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआईसी)ले जस्तै एनसीयूएले हरेक खाताको बीमा गरेको हुन्छ ।
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
Le bref variante: utiliser bons soins de vous fréquemment...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...