इतिहास कै अप्ठ्यारो समय

मानव इतिहास कै अफ्ठ्यारो परिस्थितिको साक्षी बनेका हामी र हाम्रो पुस्ताका बितेका आठ महिना निकै अन्यौलपूर्ण भएर बिते । बिश्वले नयाँ वर्षलाई स्वागत गर्न तम्तयार हुँदै गर्दा चीनको एउटा शहर बुहानमा एक किसिमको भाइरस देखिएको कुरा त्यहाँका अधिकारीहरू ले बिश्व स्वास्थ्य संघलाई जानकारी दिए । देखिएको उक्त भाइरस कोरनाको रुपमा चिनियो । यहि कोरनाले सिर्जित रोग, कोभिड-१९ नपुगेको देश अब कतै रहेन । आज सम्मको आँकडा हेर्दा आठ लाख बहत्तर हजार मानिसहरू कोभिडका कारण ज्यान गुमाईसकेका छन् । यो त मर्नेको संख्या भयो, यसले बाँच्नेहरू लाई दिएको पीडा र त्यसबाट सिर्जित आर्थिक र सामाजिक असरको चित्र एकदमै कहाली लाग्दो छ ।
एक खाले प्राकृतिक प्रकोप नै भन्दा फरक नपर्ने यो मानव इतिहास र चिकित्सा बिज्ञान कै चुनौतीको सामाना गर्ने एउटै उपाय भनेको होसियारी हुने नै देखिन्छ । बिश्वका शक्ति सम्पन्न राष्ट्रहरू नै कोभिड -१९को ठूलो मारमा परेको यो बखत ती देशहरू बाट नेपाल लगायतका अल्प बिकसित देशहरू ले सहयोग पाउने सम्बभाना निकै कम छ । त्यसैले पनि सिमित साधन र श्रोत भएका देशहरू ले अझ बढी होसियारी पूर्वक यो परिस्थितिको सामना गर्नु पर्ने देखिन्छ । अझ यो अप्ठ्यारो परिस्थितिमा नेपाल जस्तो परनिर्भरमूखी अर्थतन्त्र भएको देशले त झन् एकदम सुझ-बुझका साथ अगाडि नबढ्ने हो भने यसले निम्ताउने खाध्य अभाब अनि हुन सक्ने भोकमरीको समस्या र त्यसको अन्य सामाजिक असरका बारेमा पनि सजग हुनु पर्ने देखिन्छ ।
बिश्व शक्ति सम्पन्न राष्ट्रहरू रसिया, बेलायत, अमेरिका लगायत युरोपियन देशहरू ले कोरनाको उपचारको लागि ठूलो धन राशि खर्च गरेर ठूला ठूला रिसर्च सहित यसको उपचार खोजि रहेका छन् । कति देशहरू ले यसको उपचारको नजिक पुगेको बताए पनि त्यसको स्वतन्त्र पुष्टि नभई सकेको आहिलेको स्थिति हो । उपचार या भ्याक्सिन नै पत्ता लागे पनि त्यो सर्बसाधारणको पहुँचसम्म आइपुग्न अरु धेरै समय पक्कै लाग्नेछ ।
यो बीचमा धेरै जना जहाँ छन् त्यहि रोकिन परेको छ, बैदेशिक रोजगारमा गएकाहरू धेरै नेपालीहरू ले रोजगारी गुमाएका छन्, उनीहरू घर मात्र पुग्न पाए भन्ने स्थिति छ । पर्यटक भिषामा केहि समयको लागि आफ्नाहरू लाई भेट्न आएकाहरू त्यहिं रोकिनु परेको छ, उनीहरू लाई पनि जति सक्दो छिटो घर पुग्न मन छ । अर्को तिर विदेशबाट नेपाल फर्केकाहरू लाई समुदायले गर्ने व्यवहार राम्रो नभएको सुनिदै आएको छ । त्यति मात्र होइन कोरना रोगीको उपचारमा संलग्न स्वास्थकर्मीहरू आफ्नो कर्तव्य निभाउँदै गर्दा सक्रमित भएका छन् । उनीहरूको निष्ठा र सेवाभावलाई वाह-वाहि पाउनु पर्नेमा उल्टो उनीहरू लाई पनि समाजका केहि व्यक्ति र समुदायले फरक दृष्टिले हेर्ने गरेका कुराहरू बाहिर आएका छन् । कति स्वस्थकर्मी त यो बीचमा दुर्ब्यबाहर कै शिकार बनेको सम्म घटनाहरू आउँदैछन् ।
अन्त्यमा, समस्या सिर्जित हुन्छ र समाधान पनि निस्कन्छ भने जस्तै पक्कै पनि यति बेलाको कोभिड संगको लडाई भनेको होसियारी हुने, भिडभाडमा नजाने नै हो । यदि कुनै कारणबाट आफूलाई कोभिडको असर देखियो भने वा शंका लाग्यो भने जचाउँने, रिपोर्ट नआउदै देखि नै आइसोलेसनमा रहने । रिपोर्ट आए पछि पोजिटिभ आएमा बिज्ञको सल्लाहको पूरै पालना गर्ने गर्दा यो रोग निको हुन्छ । किनकि कोरना लाग्दैमा मरिदैन भन्ने कुरा सबैले बुझ्नु एकदम जरुरि छ । टेष्ट गर्ने, पोजिटिभ देखिएमा संक्रमितलाई अलग राख्ने उसका सम्पर्कमा रहेकाहरू को पहिचान गर्ने एवं सोहि प्रक्रिया अन्यको केशमा दोहोराउंदै जानु नै कोभिड-१९ को आहिलेको उपचार पद्दति हो ।
इतिहास कै अप्ठ्यारो परिस्थितिका हामी सबैले आफू जँहा छौं त्यहाँको प्रशासनले राखेका सबै नियमहरू शतप्रतिशत पालना गरौं । सरकार र प्रशासन संग समन्यवय गरौँ, एक सक्रंमितको आत्मबल बढाउन आफ्नो तर्फबाट सहयोग गरौँ । कोरना बिरुद्दको लडाई हामी सबैको साझा लडाई हो सामुहिक प्रयासले मात्र यो अप्ठ्यारोको परिस्थितिलाई पार लगाउन सकिन्छ । अर्को तिर सरकारले पनि देशको अर्थतन्त्रमा पूरै बेवास्ता गर्न मिल्दैन । यस्तो अवस्थाबाट जोगिएर कसरी अर्थतन्त्र चलायमान गराउन सकिन्छ त्यो विषयमा पनि बुद्धिजिवीहरूको सल्लाह सुझाव संगै अगाडि बढ्नु पर्ने हुन्छ । लकडाउन र निशेधाज्ञा मात्र गरेर रोगबाट त जोगिन सकिएला तर भोकबाट जोगिनको लागि अर्थतन्त्र पनि चलायमान राख्नु सरकारको कर्तव्य हो । तर कोभिड कै नाममा अन्य रोगका विरामीले समेत उपचार पाउन नसकेर मर्न परेका कुराहरू बाट पनि सरकार सचेत रहनु आवश्यक छ ।

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...

भक्तपुर– ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको...

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो । त्यो व्याण्ड...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...