डर र त्रासका बीच हाम्रा चाडपर्ब

जब आकाश खुल्दै जान्छ, नयाँ पालुवा पालाउँदै प्रकृति आफै सिङ्गारिदै जान्छिन् अनि थाहा हुन्थ्यो लौ शरद ऋतुको आगमन भयो हाम्रा चाड पर्बहरू आउन थाले । यी त भए नेपाली परिवेशका कुरा प्रबासको कुरो भिन्दै हुन्थ्यो, क्यालेन्डर पल्ल्टाउँदै चाड पर्बका दिन संग जागिर व्यवसाय र पढाइको तारतम्य मिलाएर नेपाल जाने, जान नमिले यतै भए पनि ती मुख्य दिनमा बिदा मिलाएर हाँसी खुसी चाडपर्वहरू मनाउने । यसो भन्दै गर्दा प्रबासको बसाइमा श्रावण महिना बाटै मनाउन थालिएका चाड पर्बहरू एक पछि अर्को गर्दै करिब चार महिना चाडपर्बमय भएर बित्ने गर्थ्यो । कोभिड–१९ को महामारी र त्रास संगै यस पटकका चाड पर्ब देशदेखि प्रबाससम्म सुनसान छन् र औपचारिकता मै सिमित हुँदैछन् ।
अध्ययन, अध्यापन, रोजगार र व्यवसायको सिलसिलामा देशभरी र अहिले त संसारभरी नै छरिएका नेपालीहरू यही चाडपर्वको मेसो मिलाएर आफ्नाहरूसँग सामिप्य हुँदै सुख दुःख साट्न आफ्नै घर आगनीमा पुग्ने गर्थे । कम्तिमा वर्षको एक पटक आफ्ना ईष्टमित्र र नाता गोताहरूलाई भेटने ती सबैको धोको यति बेला विदेशबाट मात्रै होइन देश भित्रै पनि कोभिडको महामारीले सम्भब देखिदैन ।
मे को अन्तिम हप्ता मनाइएको मुस्लिम समुदायको इद उल फिटरे (पबित्र रामादान) पहिला जस्तो रहेन सुनसान मै सकियो, ३० जुलाईबाट ३ अगष्टसम्म रहेको बकर इद पनि सुनसान नै देखियो । त्यसपछि हिन्दू धर्मालम्विहरूले मनाएको कृष्णजन्माष्टमीदेखि तीजसम्मका चाड पर्बहरू पनि गत बर्षहरू का जस्ता रहेनन् । रातो पहिरनले रंगिने चेलीहरू घर मै खुम्चिए धेरै जमघटका ठाउँहरू र मठ मन्दिर समेत यो अबधिमा बन्द रहे । सोह्र श्राद्धमा पितृहरू सम्झिए लगतै शुरु हुने दसैं तिहार यो पटक मलमासले गर्दा पछि सरेको छ, जसले गर्दा तिहारको टिका लागाउने दिन मङ्सिर मै पुगे पनि त्यति बेलासम्म पनि स्थिति सामान्य होला जस्तो देखिदैन । अबका दुई महिनामा इसाईहरू को महान चाड क्रिसमस आउँदैछ, अष्ट्रेलियाको जनजीवन केहि सामान्य हुँदै गएको देखिए पनि क्रिसमससम्म पनि गत सालका जस्तै उल्लासमय तरिकाले यी चाडहरू पनि मनाउन पाइने अवस्था देखिदैन । पछिल्लो समय मेलबर्नमा देखिएको कोरोनाको दोश्रो वेभले कतिबेला कहाँ के हुने हो केहि थाहा नहुने स्थिति छ । गएको केहि हप्ताको आकंडा हेर्दा नेपालमा कोभिडको सक्रमण एकदमै आक्रामक तरिकाले अगाडि बढिरहेको छ, उच्च सतर्कता अपनाउनु पर्ने बेलामा नियमहरू खासै पालन भएका देखिदैनन् अझ गएको केहि हप्तादेखि नेपालमा अन्तरिक आवत जावत खुले संगै यो रोग कहाँबाट कहाँ पुग्ने हो अनुमान गर्न पनि गार्हो हुने स्थिति छ ।
यसैले पनि हामी जहाँ रहे पनि हामी कसैको मन रमाइलो छैन । भेटघाट र सम्पर्कबाट सबै भन्दा छिटो सर्ने कोराना भाइरसबाट जोगिने एउटै उपाय भनेको सामाजिक दुरी कायम गर्दै आफ्ना दैनिकीहरू अगाडि बढाउनु पर्ने आहिलेको अवस्था छ । स्वस्थ रहे चाडपर्बहरू अर्को साल फेरि मनाउला, जमघट र रमाइलो फेरि फेरि पनि गरौंला भन्ने यो समयमा
आफ्ना आस्था र बिश्वास अनुसारका डर र त्रासका बीच पनि चाडपबहरू परिवार भित्रै निक्कै सतर्कताका साथ मनाउनु नै सबै भन्दा बुद्दिमानी हुने देखिन्छ । त्यसैले भिन्न धर्म, संस्कृती, रितिरिवाज र चालचलनमा रमाउँदै एक अर्काको पुरक जस्तै बनेर धार्मिक सहिष्णुताको अनुपम नमुना बनेका हामी नेपालीहरू देश प्रदेश र भूगोलको जुन कुनामा रहेका भए पनि आऔं आ–आफ्नो आस्था र बिश्वास अनुसार यो अप्ठ्यारो समयको अन्त्यको लागि प्रार्थाना गरौं । आशा गरौँ मानब इतिहास कै यो गार्हो समयको छिट्टै अन्त्य होस् अनि छिट्टै हामी हाम्रा चाड पर्बहरू आफ्ना प्रियजनसंग मिलेर संगै मनाउने दिन छिट्टै आओस् ।

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...

भक्तपुर– ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको...

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा...

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट...

आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो । त्यो व्याण्ड...

काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा...

१९९८ स्थापना भएर सिड्नीको नेपाली समुदायमा सामाजिक र परोपकारी रुपमा सकृय एबं...