छङ्तुमा महावाणिज्य दूतावासस्थलको खोजी
बेइजिङस्थित नेपाली दूतावासले चीनको सिचुवानमा रहने नयाँ नेपाली महावाणिज्य दूतावासस्थलको खोजी थालेको छ । बेइजिङबाट राजदूत महेन्द्रबहादुर पाण्डे र काउन्सिलर कौशल किशोर रायसहितको टोलीले ३ दिनसम्म सिचुवान प्रान्तको छङ्तुमा रहने नेपाली महावाणिज्य दूतावासका लागि सम्भावित स्थलहरूको अवलोकन गरेको हो । नेपाल सरकारले छङ्तु महावाणिज्यदूतका लागि सहसचिव दिनेशकुमार घिमिरेको नाम प्रस्ताव गरिसकेको छ भने चीनबाट अग्रिमो स्वीकृत गर्न मात्रै बाँकी छ । ‘कुन स्थानमा रहँदा उपयुक्त होला भनेर प्रारम्भिक अध्ययन गरियो, तर नेपालबाट महावाणिज्यदूत आउनुअघि फेरि एकपटक छलफल गरेर टुंगो लगाउनु पर्नेछ,’ बेइजिङ फर्किएपछि राजदूत पाण्डेको भनाइ । पछिल्लो समय आर्थिक केन्द्रको रुपमा विकसित भइरहेको छङ्तुमा विभिन्न डेढ दर्जन मुलुकका कन्सुलेट कार्यालयहरू स्थापना भइसकेका छन् । युरोप, दक्षिण अमेरिका, अफ्रिका लगायत देशतर्फ जाने मालबाहक रेलका लागि लजिस्टिक सेन्टर पनि छङ्तुमा बनेकाले यो क्षेत्र तीव्र गतिले अगाडि बढिरहेको राजदूत पाण्डेले बताए । त्यहााबाट एयर चाइना, सिचुवान एयर र तिब्बत एयरले काठमाडौंमा उडान भर्दै आएका छन् । करिब ३५ वर्षमा अकल्पनीय परिवर्तन गरेको छङ्तुमा महावाणिज्य दूतावास बसेपछि नेपाललाई धेरै फाइदा पुग्ने पाण्डेले बताए । यसैबीच चीनको सिचुवान प्रान्तका कार्यवाहक गभर्नर ह्वाङ छियाङले नेपाल चीनका लागि उच्च रणनीतिक प्राथमिकतामा पर्दै गएको बताएका छन् ।
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...