कोरना महामारीको एक वर्ष : मानव सभ्यता माथि कै चुनौतीमा चिकित्साशास्त्रको जित

-- सुजित सिग्देल, आवरण मार्च / अप्रिल अंक २०२१, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र ५, २०७७

आधुनिक मानव सभ्यतालार्ई चुनौती भनौं या बिज्ञान, प्रबिधि वा चिकित्साशास्त्रलार्ई, बितेका एक वर्ष कोरना भाइरसको महामारीले बिश्वमै एक खाले भयाबह स्थितिको सृजना गर्यो । अर्थ, राजनीति, शिक्षा, बिकास, प्रबिधि, पर्यटन लगायतका कुनै क्षेत्र यसबाट अछुतो रहेन । बिश्व नयाँ वर्ष २०२० को खुसियाली मनाउने तरखर गर्दै गर्दा डिसेम्बर २०१९ का अन्तिम दिन तिर बिश्व स्वास्थ्य संघले नयाँ भाइरस देखिएको पुष्टि गर्यो । केहि हप्ता मै यसको प्रकोपलार्ई कोभिड–१९ नामकरण गरियो । यो भाइरसको पहिलो केस अष्ट्रेलियामा भने २५ जनवरी २०२०का दिन चीनको बुहानबाट मेलबर्न आएका यात्रुमा देखियो ।
त्यस यता बिश्व परिवेशमा कोभिडले फैलाएको एक खाले आतंकबीच अष्ट्रेलिया पनि अछुतो रहेन तापनि अष्ट्रेलियाले निक्कै संयमता साथ कोभिडको यो अप्ठ्यारो एक वर्ष एकदमै प्रयोगात्मक र बैज्ञानिक तरिकाले देशको अर्थतन्त्रदेखि स्वास्थ्य क्षेत्रसम्मलार्ई व्यवस्थापन गर्न सफल देखियो । धनजनको क्षति र आर्थिक मन्दीको सम्भावित खतरालार्ई न्यूनीकारण गर्दै, निकै सुझबुझका साथ सम्हाल्दै÷सम्हालिदै गत महिना (फेव्रुअरी) को अन्तिम हप्ताबाट अष्ट्रेलिया कोभिड भ्याक्सिनको चरणमा प्रवेश गरेको छ ।
यो बीचमा अष्ट्रेलियन सरकारले आफ्ना नागरिकहरू लार्ई दिएको अभिभाबकत्व साच्चै नै बिश्व मै अनुकरणीय देखियो । दक्षिण गोलाद्र्धको पुच्छारको यो देशले यो महामारीको प्रकोपको पूर्व आंकलन गर्दै आफ्नो बोर्डर बन्द गर्यो, देश फिर्तेका आफ्ना नागरिकहरू लार्ई कडा २ हप्ताको क्वारेइनटाईनमा राख्यो । कतै केहि छुस्स कोरनाको लक्षण देखिना साथ तुरुन्तै त्यो क्षेत्रलार्ई निगरानी गर्दै त्यहाँ आएका र सम्पर्कमा रहेकाहरू सबैलार्ई परिक्षण गर्ने, उक्त क्षेत्र वा ठाउँ बन्द गर्ने जस्ता नीति लियो जसले गर्दा देखिएका भाइरसलाई पनि फैलनबाट रोक्यो । चनाखो यहि रणनीतिका कारण नै भन्नु पर्छ टिभिका पर्दाहरू मा देखिएका युरोप अमेरिका र बेलायत लगायतका बिकसित देशको अत्यासलाग्दो दृश्य यता देख्नु परेन । पछिल्लो समयको अंक हेर्दा बिश्वभरबाट २.५६ मिलियन मानिसको कोरनाका कारण मृत्यु हुँदै गर्दा अष्ट्रेलियामा भने जम्मा ९०९ जनाको मृत्यु भएको देखिन्छ ।

साना गल्तिहरू, सिक्दा सिक्दै केहि ढिला
कोभिड–१९ को यो एक वर्षलार्ई पछाडि फर्केर हेर्दा अष्ट्रेलियन सरकारले गरेका केहि साना गल्तिहरू अष्ट्रेलियाको लागि निक्कै महँगो परेको देखिन्छ । यस मध्ये पहिलो रुबी प्रिन्सेस क्रुज (पानी जहाज) मा बिदा मनाएर आएकाहरू लार्ई राम्रो संग रेकर्ड राख्ने र समय मै परिक्षण नगर्नुलार्ई न्युसाउथ वेल्स हेल्थको ठूलो गल्ति मानिन्छ । २७०० प्यासेन्जर बोकेर सिड्नीबाट न्युजल्याण्ड हुँदै फेरि सिड्नी आएकाहरू मध्ये करिब १०० जनाहरू बिरामी भएको पाउँदा पाउँदै पनि बिना रोकतोक र उचित परिक्षण बिना जान दिनु ठूलो गल्ति थियो । पछि यहि रुबी प्रिन्सेसका मात्रै ९०० जनामा कोभिड पोजिटिभ देखियो त्यस मध्ये २८ जनाको त मृत्यु नै भयो । उनीहरू बाहिर निस्कनासाथ बिभिन्न पब्लिक ट्रान्सपोर्ट, आन्तरिक उडान र बाह्य उडान समेत गरि पुरै छरिए, छरिदै गर्दा कोभिड पनि छरियो । यो पक्कै नै दुःखद घटना थियो किनकि त्यस पछि जसरि ती यात्रुहरू लार्ई पछि सरकारले सोध्ने खोज्ने र अनाबश्यक निगरानी राखेको देखियो त्यसबाट कयौं यात्रुहरू लार्ई आवश्यक भन्दा बढी तनाव भयो कति त डिप्रेसनसम्मको शिकार बन्न पुगे ।
रुबी प्रिन्सेस बाहेक मेलबर्नका नर्सिङ्ग होमबाट फैलिएको कोभिडलार्ई नियन्त्रण गर्न नसक्नु, क्वारेइनटाईनको तौर तरिका सुरुमा फितलो हुनु र क्वारेइनटाईन गरिएको क्षेत्रमा सेवा पुराएकाहरू लार्ई उचित देखभार नपुराउनु पनि केहि गल्तिहरू हुन् । यो भन्दै गर्दा बिल्कुलै नयाँ रोगको प्रकोप र यस्तो बेलामा के गर्ने भन्ने समय मै स्पष्ट नीति नहुनु नै यी घटना घट्नुको मुख्य कारण भन्न सकिन्छ ।

दैनिक जनजीवनमा देखिएको असर
अष्ट्रेलिया आफैमा भिन्न अर्थतन्त्रको जगमा उभिएको देश हो । यहाँको अर्थतन्त्र एकै किसिमको ठूलो अर्थतन्त्रको श्रोत नभई भिन्न भिन्न सानादेखि मझौलासम्मका व्यापार व्यवसायले एक आपसमा जोडिदै मजबुत भएको देखिन्छ । आयत निर्यात, पर्यटन हँुदै शैक्षिक संस्थासम्मका सबै व्यापारिक संघ संस्था अहिले कोभिडका कारण आहत देखिए । चीनसंगको व्यापर सम्बन्धमा देखिएको चिसोपनले कोभिड पछाडिका अरु केहि समय पनि अष्ट्रेलियालार्ई निर्यात व्यापारमा धक्का पुग्ने देखिन्छ । यसै गरि आन्तरिक एवं बाहय पर्यटनमा चलेका धेरै व्यवसाय यसबीचमा चौपट परेका छन्, साथ साथै अष्ट्रेलिया अध्ययन गर्न आउने ठूलो संख्यामा अन्तराष्ट्रिय विद्यार्थीहरू उतै रोकिए जसले गर्दा यहाँ शैक्षिक क्षेत्र र त्यसबाट हुने आय आर्जनमा असर गर्यो । र यी सबै क्षेत्रमा आएको गिरावटले ठुलो संख्यामा रोजगारीमा असर गर्यो, राष्ट्रिय आम्दानीमा असर गर्यो, केन्द्र र प्रान्तीय सरकारको कोषमा आउने राजस्व एबंं करमा भारि गिरावट आयो । समग्र मै अर्थतन्त्र धर्मराएको यो स्थितिमा यहाँको दैनिक जन जीवनमै यसले ठूलो असर पुर्यायो ।
त्यो बाहेक यो एक वर्ष गजबको प्राक्टिस भयो त्यो हो बिभिन्न कुराहरूमा भर्चुवल्ली ( प्रबिधि प्रयोगले ) उपस्थिति जनाउने, धेरै कामकाजिहरू घरबाटै गर्ने, स्कुल कलेजहरू अनलाईन मै पढाइ हुने जसले सामाजिक उपस्थितिहरू बनावटी जस्तो लाग्ने देखियो । उच्च शिक्षा लिनेहरू वा उमेरले अलिकति जान्ने बुझ्नेहरू लार्ई त ठिकै थियो तर स्कुलको सानोदेखि सानो कक्षासम्म र यहाँको माध्यमिक स्कुलको अन्तिम परीक्षा एचएससीको परीक्षा दिनेसम्मलार्ई प्रत्यक्ष कक्षाहरू नहुदाँ भिन्न किसिमको असर पर्यो । अष्ट्रेलियाको विद्यार्थी जीवन कै महत्वपूर्ण मानिने एचएससीको परीक्षा तयारीका क्रममा कति कक्षाहरू प्रत्यक्ष नभै अनलार्ईन या जुम मार्फत हुँदा त्यति धेरै सहज नबनेको बताउँछन् भर्खरै परीक्षामा सामेल भएकाहरू । यसै गरि कोभिड कै कारण यी विद्यार्थीहरूले निक्कै महत्वका साथ लिने एचएससीको फर्मल पनि यस पटक सोचे जस्तो भएन । यसै गरि लकडाउन र विविध रेस्ट्रिक्सनका कारण पनि यो समयमा मानसिक रोगका बिरामीको संख्या एबं घरेलु हिंसाका घटनाहरू ह्वात्तै बढ्यो ।

अभिभावकत्व लिदै सरकार
माथि भनिएका समस्याहरू धेरै मध्येका केहि मात्र हुन् । अप्रत्यासित फैलिएको कोरोनाभाइरस संक्रमण संगै प्रत्यक्ष देखिने या न देखिने यस्ता धेरै समस्याहरू को सामना गर्न अष्ट्रेलियाले जतिसक्दो श्रोत र साधन परिचालन गरेको छ । यो एक वर्षमा २९ हजार अष्ट्रेलियनहरू कोरोनाभाइरसबाट संक्रमित बने जस मध्ये ९०९ जनाको मृत्यु भयो भने अन्य सबैले स्वास्थ लाभ गरि सके । कोरोनभाइरस महामारीलार्ई व्यवस्थापन तथा नियन्त्रण गर्ने सवालमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशन र स्वास्थ मन्त्री ग्रेग हन्ट संगै प्रमुख मेडिकल अफिसर प्रोफेसर ब्रेण्डन मुरफीको खटाई, साथमा सरकारका अन्य मन्त्री र पदाधिकारीहरू, प्रान्तीय सरकार र फ्रन्टलार्ईनमा रहेर सेवा पुराउने सबैको यहाँ शब्दले लेखेर प्रसंसा गर्न कठिन छ । पुरानो नेपाली उखान जस्तो ः परेको बखत हिरा फोड्नु नत्र कौडी न छोड्नु भन्ने आह्वान मोरिसनले नेतृत्व गरेको लिबरल सरकारले यस पटक गरेर देखायो । संघीय संसददेखि पटक पटक मिडिया संगको अन्तरक्रिया गर्दै सबैलार्ई उच्च मनोबलका साथ यो समस्या संग लड्न गरेको प्रधानमन्त्रिको आहवानलार्ई सबैले साथ दिए र आज अष्ट्रेलिया यो स्थितिमा छ । प्रधानमन्त्रि मोरिसनले गत अप्रिलमा संघीय संसदलार्ई सम्बोधन गर्दै राष्ट्र र राष्ट्रिय स्वाधिनता र सार्बभौमसत्ता माथि नै चुनौती दिने खालको यो विपदमा जसरि हाम्रा पूर्खाले हाम्रालागि आफ्नो कर्तब्य निभाएका थिए त्यसरी नै हामीले पनि कुनै कसर बाँकी नराखी, आत्मासमर्पण नगरी सरकार, संसद र समग्र जनता मिलेर हामी यसको सामना गर्नेछौ र जित्ने छौ भनेका थिए । जुन आज १० महिना पछाडि एक बृद्दाको हात समात्दै कोभिडको भ्याक्सिनको सुरुवात गरे संगै धेरै मानेमा पूूरा गरेका छन् । यो सुरुवात संगै अष्ट्रेलिया पनि अब अर्को चरणमा प्रवेश गरेको छ । यस्तो चरण जसले फेरि एक वर्ष अगाडिको अष्ट्रेलिया बिस्तारै आफ्नो आकारमा आउन सकोस् ।

कोरना महामारीको यो एक वर्ष पछि बिश्व यति सहज हुन बिभिन्न देशका सरकार, फ्रन्टलार्ईन लगायतका कर्मचारी र जनताले ठूलो भूमिका खेलेका छन् । अष्ट्रेलीयाको हकमा पनि धनजनको क्षतिलार्ई न्यूनीकरण गर्दै अष्ट्रेलियालार्ई आजको स्थितिमा उभ्याउन अष्ट्रेलियाले पनि ठूलो मूल्य चुकायो । राष्ट्रिय ढुकुटी आफ्ना जनताको लागि निर्धक्क खोल्यो अन्ततः कहाँ पोखियो भागमा भने जस्तै सुखद परिणामले सबै खुसि हुने नै भए । यो दौरान एकातिर रोगको रोकथाम र उपचारमा थुप्रै श्रोत र साधन खर्चिनु पर्ने अर्को तिर महामारीको कारण बिग्रदो व्यापार व्यवसाय, अर्थतन्त्र र बेरोजगारी समस्याबाट प्रभावित जनताहरू लार्ई राहत प्याकेजको व्यवस्था गर्नु पर्ने दुवै चुनौतिपूर्ण संकटको सामना गर्न अष्ट्रेलिया सरकार प्रभाबकारी ढंगले अगाडि बढन सफल भयो ।

अर्थतन्त्रलाई बचाउनका लागि महामारीको चपेटामा परेका न्यून आय भएका मानिसहरू का लागि दुई चरणमा ७५० डलर र त्यस पछिका दुई पटक २५० डलरका दरले सामाजिक सुरक्षा “स्टिमुलस” प्याकेजले धेरैलार्ई ठूलो राहत भयो । यसै गरि कोभिडका कारण जोखिममा परेका थुप्रै व्यापार व्यवसायहरू मा कार्यरतहरू लार्ई तिनका रोजगारीमा असर नपरोस् भन्ने उद्देश्यले “जब सिकर” र “जब किपर” प्याकेज घोषणा गर्यो । जब कीपर प्याकेजले लगभग करोडको हाराहारीमा मानिसहरू लाभान्वित बनायो र यो क्रम अझै जारी नै छ । यो बाहेक आर्थिक समस्या भोगेका अष्ट्रेलियनहरू ले दुई पटक गरि कुल २०,००० डलरसम्म संचय कोषको पैसा झिक्न पाउने, ६ महिनासम्म घरभाडा तथा मोटर्गेज स्थगन गर्न पाउने कानुनी व्यवस्था लगायत थुप्रै आर्थिक राहत प्रदान गर्यो, एउटा नागरिकले सरकारबाट राख्ने आपेक्षा पूरा गर्न अष्ट्रेलियन सरकारले कुनै कसुर बाँकि राखेन ।

जब अष्ट्रेलिया भित्रै संक्रमण देखा पर्न थाल्यो संक्रमण हुन सक्ने मूल श्रोत बाहिरबाट आउने यात्रुहरू भएकोले उनीहरूलार्ई गत जुलार्ई १८ सम्म पूर्ण खर्चमा दुई हप्तासम्म होटलमा राख्ने व्यवस्था सरकारले गर्यो । यो बीचमा ३५ हजार अष्ट्रेलियन सिटिजन र पर्मानेन्ट रेसिडेन्टहरू अष्ट्रेलिया आए । त्यस पछि पनि क्वारेन्टाइनलार्ई व्यवस्थित र पूर्ण रुपमा लागु गर्न, गराउन सरकारले अष्ट्रेलियन आर्मी र बोर्डर फोर्सलाई परिचालन गरि रह्यो । फ्रन्टलाईन सेवामा कामगर्ने कर्मचारीहरू जस्तै डाक्टर, नर्स, प्यारामेडिकहरू को आपूर्ति सजह होस् भन्ने उद्देश्यले सरकारले चाइल्ड केयरलाई २०२० को अन्त्यसम्म निःशुल्क बनायो । मानिसहरूको आन्तरिक आवतजावतमा समेत सरकारले पूर्णत निगरानी राख्यो । सक्रमणको अवस्था हेरी कडा सोसियल डिस्टेन्सीङ् नियम, स्टेटहरूको भ्रमणमा रोक, अत्यावस्यक कारण बाहेक बाहिर निस्कनमा रोक, जन्ती तथा मलामी जान अधिकतम संख्या निर्धारण, कलेज, ब्यायमशाला, सामुहिक पार्टी, पूजा, प्रार्थना जस्ता थुप्रै सामाजिक जमघटहरूलार्ई निषेधाज्ञा जारी गर्यो । बाहिरबाट आमन्त्रित यो संक्रमण समुदायमा फैलनबाट रोक्न समयमै अपनाएका थुप्रै उपायहरूका कारण कोरोना भाइरस नियन्त्रणमा अष्ट्रेलियाले बिश्व मै उदाहरणीय सफलता हासिल गर्न सफल बन्यो ।

कोभिडलार्ई जित्दै चिकित्सा बिज्ञान
यो एक वर्ष बिज्ञान प्रबिधिको लागि निक्कै अत्यास लाग्दो समय रह्यो । चन्द्रमा र मंगल ग्रह नापी सकेको अहिलेको प्रबिधिलार्ई एउटा भाइरस र त्यसको प्रकोपले तिरिमिरी बनायो । यसको उपचार खोज्दा खोज्दै लाखौंका संख्यामा मनिसहरू को मृत्यु भएका खबरहरू आए, अस्पातलका बेडहरू भरि भराउ भए, शब व्यवस्थापन मै समस्या पर्यो, दन्त्य कथा झैँ लाग्ने यी उतार चढावका बीच अन्ततः बिभिन्न चरणका सफल परिक्षण पछि कोभिड खोपले मान्यता प्राप्त गर्यो । अहिले बिकसितदेखि अल्प बिकसित देशसम्ममा खोपको पहिलो चरणको डोज दिइदैछ, सुरुमा खोप लिनेहरू ले दोश्रो चरणको खोप लिन समय आउँदै गर्दा कतैबाट केहि पनि यो खोपको नकरात्मक प्रभावका बारेमा केहि खबर आएको छैन जुन आफैमा सफलताको एउटा ठूलो खुड्किलो हो ।

अष्ट्रेलियामा विश्व स्वास्थ्य संगठनले अनुमति दिएको २ प्रकारको खोप मध्ये अष्ट्रेलियन सरकारको औषधि नियमन तथा अनुगमन गर्ने संस्था टिजीए (त्जभचबउभगतष्अ न्ययमक ब्मmष्लष्कतचबतष्यल) ले फाइजर बायोन्टेक खोपलार्ई अष्ट्रेलियामा प्रयोग गर्नकोको अनुमति दिएको थियो । अनुमति दिनु अगाडि “टिजीए”ले यसको गुणस्तर र प्रभावकारिताका बारेमा गहन अध्यन गरेको थियो । गत २५ जनवरी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र स्वास्थ मन्त्री ग्रेग हन्ट यस बारे जानकारी दिएका थिए र फेब्रुअरीको पहिलो हप्ता पहलो लटको खोप अष्ट्रेलिया आइपुगेको जानकारी दिएका थिए । स्वास्थमन्त्री ग्रेग हन्टले पहिलो लटमा एक लाख ५२ हजार डोज आइपुगेको र सबै सुरक्षा मापदण्ड पुराएर सुरक्षित तबरले खोप अष्ट्रेलिया आइपुगेको र फेब्रुअरी २२ बाट खोपको सुरुवात गरिने बताएका थिए जस अनुसार खोप लगाउने कार्य सुरु भइ सकेको छ ।

अष्ट्रेलिया सरकारले भ्याक्सिन उत्पादन गर्ने विभिन्न कम्पनीहरूसंग सम्झौता गरि यथेष्ट भ्याक्सिन सुरक्षित गरिसकेको छ । फाइजरद्वारा प्राप्त हुने कुल २० मिलियन भ्याक्सिन अब बिभिन्न चरणमा अष्ट्रेलिया आइपुग्ने छ । यसैगरी सरकारले प्राथमिकताका आधारमा विभिन्न चरणमा खोप लगाउने निर्णय गरेको छ । पहिलो चरणको करीब १४ लाख खोप क्वारेन्टाइन तथा बोर्डर सेवामा काम गरिरहेका कर्मचारीहरू, स्वास्थ्य, बृद्ध बृद्धा तथा अपांगहरूको हेरविचार गर्ने कर्मचारीलार्ई लगाइने छ । त्यसै गरि दोश्रो चरणको करिब १५ लाख डोज खोप ७० वर्ष भन्दा माथिका बृद्द–बृद्दाहरू, स्वास्थ्य क्षेत्रमा काम गरिरहेका अन्य कर्मचारीहरू, ५५ वर्ष माथीका यहाँका आदिवासीहरू तथा आइलेण्डरहरू, स्वास्थ्य स्थिति कम्जोर भएका तथा अपांग युवा÷युवतीहरू, सेना, प्रहरी, आगलागी, आपतकालीन सेवा तथा मासु प्रोसेस गर्ने जस्ता सम्बेदनशिल तथा अति जोखिम युक्त क्षेत्रमा काम गर्ने कर्मचारीहरू लार्ई प्रदान गर्ने निर्णय सरकारले गरेको छ । तेश्रो चरणमा ५० वर्षदेखि ६९ वर्षका मानिसहरू, १८ वर्ष देखि ५४ वर्षसम्मका यहाँका आदिवासी र आइलेण्डरहरू र अन्य बाँकि उच्च जोखिम युक्त क्षेत्रमा काम गर्नेहरू का लागि खोप दिईने बताइएको छ । बाँकि जनसंख्यालार्ई चौथो चरणमा भ्याक्सिन दिइनेछ भने पाँचौ चरणमा १६ वर्ष भन्दा मुनिकालार्ई आबश्यक परेमा वा सिफारिश गरिएमा मात्र कोभिड–१९ खोप दिइने बताइएको छ । अबको एक वर्षमा सबैले यो भ्याक्सिन लगाई सकिने पनि अधिकारिहरूले जनाएका छन् ।

अन्त्यमा, सम्हालिदै गरेको यो महामारी सम्पूर्ण मनाव जातिको लागि एउटा चुनौती पक्कै हो । यहि चुनौतीले पक्कै पनि विविध अवसरहरू को अंकुरण गराएको छ । सबै भन्दा ठूलो अबसर भनेको फेरि पनि यस्तै खाले महामारी कुनै बेला पनि आउन सक्छ र त्यसलार्ई व्यवस्थापन गर्न चिकित्सा क्षेत्रले आफ्ना सबै खोज र अनुसन्धानहरू लार्ई खुल्ला गर्नु पर्छ । अर्को महत्वपूर्ण कुरा भनेको आपसी एकता र संयुत्त प्रयास पनि हो । कुनै एक निकाय वा एक पक्षको प्रयासले यस्ता खाले महामारीबाट लड्न सकिदैन त्यसको लागि सबैले आफ्नो तर्फबाट त्याग र बलिदान गर्दै राष्ट्रिय प्रयासहरू लार्ई युद्दको सिपाही जस्तै सिरोपर गर्नु पर्दछ । आशा गरौं पहिलो र दोश्रो खोप संगै अष्ट्रेलियालार्ई आफ्नो कर्मभूमि अर्थात दोश्रो घरको रुपमा लिने हजारौ मानिसहरू को आवत जावत सुचारु हुनेछ । जुन संगै यहाँको रियल स्टेटदेखि रेंटल हुँदै हस्पिटालिटी, एजुकेसन, कृषि उत्पादन सबैतिर आन्तरिक र बाह्य व्यवसायहरू जुर्मुराउनेछन् । यो एक वर्ष प्राबिधिक रुपमा आर्थिक मन्दीको वर्षको रुपमा रहे पनि अष्ट्रेलियामा थुप्रै अवसरहरू पर्ख र हेरको अवस्थामा छन् जुन जनजीवन सहज भए संगै अगाडि बढ्ने छ । फेरि पनि आहिलेलार्ई यो अप्ठ्यारो स्थिति छिट्टै अब सहज बनोस्, बिश्व हामी सबैको साझा घरको रुपमा यहाँ रहेका हामी सबै खुल्ला पन्छी जस्तै बेफिक्री फेरि बिज्ञान प्रबिधि र प्रकृति संग समाहित हुन सकौं ।