लगन र मेहनत जुन व्यवसायमा पनि चाहिन्छ : नाबिता काफ्ले
नेपालको चितवन जिल्ला नारायणघाटकी नाबिता काफ्लेले नेपाल मै मास्टर अफ बिजिनेस स्टडिजसम्मको अध्ययन पूरा गरिसकेकि थिइन् । अध्ययन पूरा गरे पछि नेपाल मै एजुकेसन कन्सल्ट्यान्टको रुपमा केही समय जागिरको अनुभब पनि लिईन् । तर उनको मन त्यहीं यतिकै अडिएन, उच्च शिक्षाको सपना बोकेर २००७ मा उनि अष्ट्रेलिया आइपुगिन । अष्ट्रेलियाबाट उनले मास्टर्स अफ प्रोफेसनल एकाउण्टिङ्ग पूरा गर्दै आफ्नो एकेडेमिक करियरमा अर्को मास्टरडिग्रीको योग्यता थपिन् । अब भने उनको अगाडि आफ्नो करियर कसरि अगाडि बढाउने भन्ने थिइन् सुरुका दिनमा कहिले एसिस्टेन्ट नर्स त कहिले एकाउण्टेण्टको जागिरको धेर थोर अनुभब लिंदै गर्दा उनको मन भने कतै थियो । अष्ट्रेलियाको वित्तीय बजार, रियल स्टेट सम्बन्धि धेर थोर स्व–अध्ययनबाट पाएको ज्ञान यस्तै यस्तै कुराले उनलाई अष्ट्रेलियाको घर जग्गा सम्बन्धि लोन अर्थात मोर्टगेज व्यवसायको अबसरले उनलाई अकर्षण गरिसकेको थियो । यस क्षेत्रको थप अध्ययन, अनि आफूलाई अझ सिक्ने अबसर दिदै केहि समयको अनुभबबाट खारिएर आफ्नै ब्यानरमा केहि गर्ने उच्च चाहना अन्ततः उनले २०१६ मा मनिजेनी (Moneyenie) फाइनान्सको रुपमा पूरा गरिन् । अष्ट्रेलियाको सिड्नीलाई केन्द्र बनाएर मोर्टगेज व्यवसाय गर्दै आइरहेको मनिजेनी (Moneyenie ) फाइनान्सकी मोर्टगेज कन्सलट्यान्ट, अध्ययनशिल, मिजासिली स्वभाबकी उनै नबिता काफ्ले संग द नेपाली टाईम्स अष्ट्रेलियाको बिज टल्क मार्च २०२१ अंकका लागि छोटो कुराकानी अवसर मिल्यो । प्रस्तुत छ कुराकानीको संक्षेपः
१. तपाइँको व्यसायको बारेमा केहि बताई दिनुस न ?
Moneygenie Finance २०१६ मा स्थापना भएको एउटा मोर्टगेज ब्रोकिंग फर्म हो जँहा होमलोन कमर्सियल लोन बिजनेस लोन तथा अन्य प्रकारका लोनहरु सुलभ र सजिलो तरिकाले मिलाई दिने प्रयास गरिन्छ । यस सस्थाले थुप्रै बैंकहरु को मध्यस्तकर्ता भएर काम गर्छ, जसले गर्दा ग्राहकहरुका लागि ऋणको विकल्पहरु धेरै हुन्छन् । हरेक ऋण ग्राहकको हितलाई मध्यनजर राखेर मात्र छान्ने र सुझाव दिने गरिन्छ । Moneygenie Finance मा ग्राहकहरु लाई सुरुको प्रि–एप्रोभलदेखि लिएर लोनको सेटलमेन्टसम्म डोर्याएर लैजाने मात्र नभएर हरेक बर्ष ब्याजदरमा बैंक संग नेगोसिएट गरिदिने प्राबधान पनि गरिएको छ ।
२. किन यो व्यवसाय रोज्नु भो ?
यो व्यवसाय एकदमै flexible, rewarding र चाख लाग्दो लाग्यो । फाइनान्स क्षेत्रमा म पहिलेदेखि नै इच्छुक थिएँ, पढाई पनि त्यसै संग सम्बन्धित थियो । छोराहरु हुर्किदै गर्दा घरैबाट यो काम गर्न मिल्ने पनि भयो ।
३. यो व्यवसायमा रहँदै गर्दा कस्ता किसिमका अबसर र चुनौती देख्दै हुनुहुन्छ / सामना गर्दै हुनुहुन्छ ?
अरु व्यवसायमा जस्तै यस व्यवसायमा पनि धेरै अवसर र चुनौतीहरु छन् । अवसरको कुरा गर्दा आर्थिक सफलता र स्वतन्त्रता पहिलो नम्बरमा आउला । आफू नै आफ्नो हाकिम हुने भइयो । अनि अर्को कुरा, एक ठाउँमा बसेर अष्ट्रेलिया भरिका ग्राहकहरुलाई सेवा प्रदान गर्न सकिन्छ । घरबाट नै काम गर्न मिल्छ सबै भन्दा महत्वपूर्ण कुरा, कसैको अनुहारमा आफ्नो सपनाको घर किने पछिको खुसी हेर्न पाउनु, त्यो खुसीको एउटा सानो हिस्सा बन्न पाउनु पनि राम्रै अवसर जस्तो लाग्छ । प्रत्यक्ष रुपमा ग्राहकबर्ग संगको भालाकुसारीले पब्लिक रिलेसन पनि बढ्दै जान्छ । अवसरहरु त छन् नै त्यो भन्दा बढी चुनैतिहरु छन् हाम्रो नेपाली समुदायमा आहिले मोर्टगेज ब्रोकरहरु बीच एउटा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको मैले महसुस गरेको छु । त्यो माथि झन् महिला ब्रोकरलाई तुलनात्मक रुपमा अलि धेरै चुनौती हो कि जस्तो मलाई लागेको छ । यो पेशामा compliance पनि एउटा चुनौती नै हो, कठिन हुन्छ, ध्यान पूर्बक कागज पत्रहरु नगरेमा लाइसेन्स नै रद्द हुन सक्छ । कहिले काँही एकदमै स्ट्रेस्फूल सिचुएसन पनि आउन सक्छ । एउटा महिला व्यवसायीलाई टायम म्यानेजमेन्ट पनि ठुलै चुनैती हो ।
४. अबको पाँच वर्षमा तपाईको व्यवसाय कहाँ पुग्ला ? हामीले तपाइँ आबद्द व्यवसाय मनिजेनी (Moneyenie ) फाइनान्सलाई अबको पाँच वर्षमा कहाँ देखौंला ?
अबको पाँच बर्षमा मैले मेरो व्यवसाय अलि फरक क्षेत्रहरु बीच बिस्तार गर्ने सोचेको छु, ब्रोकिंगको साथ साथै (क्रस सेल ) होम लोन ग्राहकहरु लाई चाहिने अन्य सेवाहरु एउटै संस्था भित्र उपलब्ध गराउने गरेर एउटा ठूलो स्केलको कम्पनी खोल्ने योजना छ । त्यसको लागि अन्य व्यक्तिहरु संग सहकार्य गर्नु पर्ने हुन्छ, हेर्दै जाउँ मुलतः यो व्यवसायलाई सम्पूर्ण रुपमा एउटा डिजिटल प्ल्याटफर्ममा लैजाने पनि सोचेको छु । म यस व्यवसायको ब्याक अफिशका कार्यहरु नेपालमा लगेर त्यहाँ पनि अवसर सिर्जना गर्न चाहन्छु ।
५. नेपाली समुदायमा व्यवसाय गर्न चाहनेहरु लाई तपाई कस्ता सुझाब दिन चाहनुहुन्छ ?
सुरुमा कुन व्यवसाय गर्ने हो, त्यसको सम्भाव्यवता कस्तो छ ? आहिलेको बजार अवस्था कस्तो छ ? राम्ररी अध्ययन गर्नुहोस् । त्यो व्यवसायमा लागेका अनुभबी व्यक्तिहरु संग परामर्श गर्नुहोस् । लगन र मेहनत जुन व्यवसायमा पनि चाहिन्छ, सकारात्मक सोचले अघि बढ्नुहोस् सक्नुहुन्छ भने व्यवसाय गर्दा नेपाली समुदायलाई मात्र नभएर अष्ट्रेलियाका सबै समुदायलाई समेट्ने प्रयास गर्नु होस्, संसार तपाई कै हो ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
Kann dein Verbindung Dysfunktionell fantastisch? Plain ol ‘beeinträchtigt Verbindungen...
ein Kuss ist mehr als Drücken Mund. Deshalb behauptet Sheril...