छिटो फिर्ता दिने लगानी कि दीर्घकालीन लगानी

-- बिशाल श्रेष्ठ, मेम्बर ओफ फाइनान्सियल प्लान्निङ अष्ट्रेलिया (FPA) / प्रकाशित मिति : आइतवार, भदौ २०, २०७८

हामी सबैलाई आ-आफ्नो लगानी गरेको कुराकानी गर्न रुचाउछौ । तर, के हामीले त्यो लगानी गर्दा परेको स-साना दितेल (detail) हरुको बारेमा कुरा गर्छौ त ?  कुनै पनि लगानीको फल,  कुल रिटर्न (total return or Return on capital) मा मापन गरिन्छ, जुन पूँजी बृद्धी (capital growth) र बर्षमा भएको कमाई (income earned) बात मिलेर बनेको हुन्छ ।

एउटा लगानीको निर्णय गर्न हाम्रो साथीहरु, समाचार स्रोतहरु र अन्य मिडिया जस्तै धेरै स्रोतहरुमा निर्भर गर्छौ । हाम्रो आफ्नै लगानी विचारहरु पनि छन्। बजारमा भएको कुनै  घर्-जग्गा,  शेयर बजार या managed portfolio  लगानी यात्राको शुरुवात हो। शुरुवात गरे जस्तै बेच्ने निर्णय पनि समान रूपमा महत्वपूर्ण छ किनकि हामी सामान्यतया दिमागमा एक लक्ष्य छ – पैसा बनाउनु । यो लक्ष्य एक मिलियन डलर बनाउनु जस्तै एक संख्या, वा त्यो पैसा संग केहि चीजहरु गर्नको लागी एक लक्ष्य हुन सक्छ, जस्तै कि संसार यात्रा वा परिवार हेर्चाह गर्नु ।

मेरो पछिल्लो लेखमा, मैले लगानीको प्रकार र वित्तीय लक्ष्यको महत्व प्रस्तुत गरे । तपाइँको लक्ष्य अनुसार तपाईंको लगानीको तरिका मिल्न एकदुम जरुरी छ । आज, म चाँढाे फिर्ता लिने तरिका (quick trade) गर्ने कि दीर्घकालीन लगनी (long term investing) गर्ने बारे तपाईं माझ स्पष्ट पार्न लेखेको छु । जे गरे पनि यो तपाईंको choice हो ।

एउटा महत्त्वपूर्ण भनाइ छ “It is not about timing the market but all about time in the market.” यदी हामी ऐतिहासिक चार्टहरु हेर्यौ भने यो कुरा एकदम सही हो जस्तो लाग्ला । Vanguard 2021 Investment Chart, अनुसार १९९१ मा $१०,००० को लगानी गर्दा तपाईंले पाएको पूँजी बृद्धी (capital growth र आय (income) जोड्दा २०२१ म त्यो लगानी $१५०,००० भन्दा बढी भएको हुन आउँछ ।

त्यसोभए, $ १०,००० कसरी $ १५०,००० भयो त ? यो पैसाले तपाईं मंगल ग्रह जान Space X को टिकट किन्न सक्नु हुनेछ, वा यो तपाइँको बच्चाहरुको भविश्य वा तपाइँको आफ्नै सेवानिवृत्ति (retirement) को लागि बचत हुन सक्छ। यो बजारमा समय संगै आर्थिक बृद्धिको एक संयोजन हो। समय-सीमा  1991  देखि २०२१ सम्म ३० बर्ष रहेको छ। हामी मात्र कल्पना गर्न सक्छौं कि हामी त्यो प्रारम्भिक लगानीमा $ ५०० हरेक बर्ष थपेको भए त्यो लगानी अझ कती धेरै हुन जान्थ्यो होला ।

छिटो फिर्ता दिने लगानीको लागि गहिरो अनुसन्धान गर्नु पर्ने हुन्छ । तपाईं सँग उच्च विश्वास (high conviction) छ भने यस बाट फाइदा लिन सक्नु हुनेछ । तर कती पय , चीजहरु गलत  पनि हुन सक्छ। यसलाई जोखिम (risk) भनिन्छ। यो तरिका, जोखिम कम र लगानीको फाइदा धेरै धेरै हुँदा मात्रै अप्नाउनु उपयुक्त होला । तेसैले, कुनै पनि लगानी गर्दा त्यस बाट चाढाे निस्किने तरिका पनि एक्दम जरुरी छ । यसलाई (liquidity) तरलताको दरले नापिन्छ । तरलता भनेको तपाइँको लगानीलाई नगदमा रूपान्तरण गर्न सक्षम हुनु हो।

कुनै पनि लगानी जोखिम संग आउँछ ।  त्यो नकारात्मक जोखिमको प्रबंधन गर्न धेरै महत्वपूर्ण छ। हाम्रो जीवनमा  व्यक्तिगत जोखिमहरु जस्तै दुर्घटनाहरु र रोग हुन सक्दछ  र  लगानीको जोखिम कुनै बर्षमा नकारात्मक प्रतिफल (negative return) पनि हुन सक्दछ । उद्देश्य अनुसार लगानी गर्दा जोखिम कम हुन जान्छ किनभने तपाईंको उद्देश्ह्यको एउटा समय-सीमा हुन्छ । यो दीर्घकालीन लगानीकर्ताहरु को लागि प्रमाणित तरीका हो। ऐतिहासिक रूपमा  हामीले देखेका छौं कि दीर्घकालीन लगातार रिटर्न (long term returns) पूँजी बृद्धिको लागी धेरै महत्वपूर्ण छ।

दुबै तरिकाहरु को आफ्नै उद्देश्य छ। छिटो फिर्ता गर्न कार्यक्रममा तपाईंले छनौट देखि लिएर बजारमा भएको अवसर अनुसन्धान गर्न अधिक समय खर्छ गर्नु हुनेछ । आशा छ कि यस्ले फाइदा गर्ला, किनकि यो समय तपाइँ अन्यथा तपाइँको साथी वा परिवार संग बिताउनुहुन्छ वा खेल जस्तै अन्य गतिविधिहरुमा समय दिन सक्नुहुन्छ। यो भित्र र बाहिर बजार-व्यापार (known as trading) को रूपमा जानिन्छ जुन तपाइँको व्यक्तिगत आवश्यकतालाई पूरा नहुन सक्छ र तपाइँ बजारले दिएको guaranteed रिटर्न बनाउन सक्नुहुन्न, जुन कुरा ले तपाइ धेरै असन्तुष्ट हुन सक्नु हुन्छ । कतिपय हामीलाई यस्ता कुराहरु कहाँबाट थाहा होला र ?

जे होस्, एक समय-सीमा संगै एक उद्देश्य संग लगानीको मतलब, तपाइँ यो हासिल गर्नको लागी अधिक मार्गदर्शन पाउनु हुनेछ। एउटा स्ट्राटेजी (strategy) हुँदा यसले बोझ घटाउँछ । तपाईंको दैनिक काम पिछ लगानीको अवसरको खोजीमा समय बिताउनुको सत्ता त्यो उपलब्ध समय तपाईं आफ्नो परिवार र चाहेको खेल्कुद या अरु चिजमा समय उपयोग गर्न सक्नु हुनेछ ।

हरेक लगानी  तपाइँको पैसा बढ्नको लागी हो र त्यो पैसा तपाईंको जीवनमा हुने अनिस्चित समय मा प्रयोग गर्न मिल्ने खाल्को हुनु पर्दछ । प्रत्येक लगानी सँग  कर निहितार्थ छ, र हाम्रो लक्ष्य कर घटाउन र तपाइँलाई चाहिने को लागी धन अधिकतम गर्नको लागि हुनु पर्दछ।