पूर्व अर्थमन्त्री लन्डनमा सम्मानित
लन्डन— वेलायतबाट प्रकाशित हुने फाइनान्सियल टाइम्सको सहप्रकाशन द बैङकर पत्रिकाले पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतलाई सम्मानित गरेको छ । टेम्स नदी किनारमा रहेको फाइनान्सियल टाइम्सको कार्यालयमा आयोजित एक समारोहमा द बैङ्कर पत्रिकाका सम्पादक ब्रायन क्याप्लेनले महतलाई सम्मानपत्रका साथै नब्बे वर्ष पहिले स्थापित उक्त पत्रिकाका संस्थापक सम्पादक ब्रेण्डन ब्रयाकनको मूर्ति पनि प्रदान गरेका छन् ।
सम्मान समारोहमा बोल्दै पत्रिकाका सम्पादक क्याप्लेनले अर्थमन्त्रीको नेपालमा गत वर्षको भूकम्पपछि मानवीय तथा वैदेशिक सहायता जुटाउन तत्कालीन अर्थमन्त्रीको रुपमा महतले खेलेको भूमिकाको सम्मान गर्दै उक्त पुरस्कार दिइएको स्पष्ट पारे । उनले प्राय: अर्थमन्त्रीहरु अलोकप्रिय हुनेगरे तापनि राम्रा अर्थमन्त्रीहरुले देशको दीर्घकालीन हितलाई ध्यान दिँदै कडा निर्णयहरु लिने गर्दछन् ।
उक्त अवसरमा बोल्दै पूर्व मन्त्री डा.महतले भूकम्पपछिको अस्तव्यस्त स्थितिमा पनि दुई महिनाभित्रै नेपालले सफलतापूर्वक अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गरेको स्मरण गरेका छन् । महतले टोक्यो, पेरिस र दिल्लीमा त्यस्तो सम्मेलन आयोजना गर्न प्रस्ताव आएको भए तापनि नेपाल पर्यटकहरुका लागि सुरक्षित छ भन्ने सन्देश दिन र लगानीकर्ताहरुलाई आश्वस्त पार्न पनि काठमाडौंमै सम्मेलन आयोजना गरिएको बताएका छन् ।
भूकम्पले पुर्याएको क्षति तथा पुनर्निर्माणमा लाग्ने खर्चको विवरण (पोस्ट डिजास्टर नीड्स एसेसमेन्ट) तयार गर्न नेपाली तथा विदेशी विशेषज्ञहरु गरी झण्डै तीनसय जनाले हप्तौंसम्म रात–दिन काम गरेको महतले सम्झिए । सफलतापूर्वक दातृ सम्मेलन आयोजना गर्न सघाउने अर्थ मन्त्रालयका कर्मचारी, राष्ट्रिय योजना आयोग र अन्य मन्त्रालयका सहकर्मीहरुलाई पनि महतले धन्यवाद दिए ।
बेलायतको एउटा प्रतिष्ठित पत्रिकाले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई एसिया प्रशान्त क्षेत्र तथा विश्वभरिकै अर्थमन्त्रीहरुमध्येबाट सन् २०१६ का लागि ‘वर्ष अर्थमन्त्री’ को रुपमा छनोट गरेको हो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...