माइक्रोसफ्टले किन्यो लिंक्डइन
व्यवसायिक सोसल नेटवर्किङ सायट लिंक्डइनलाई माइक्रोसफ्टले किन्ने भएको छ । ४ सय मिलियनभन्दा बढी प्रयोगकर्ता रहेको लिंक्डइन माइक्रोसफ्टले २६ दशमलव २ बिलियन डलरमा खरिद गर्न लागेको हो । माइक्रोसफ्टले अहिलेसम्म गरेका कारोबारमध्ये यो सबैभन्दा ठूलो हो । यो कारोबार प्रतिसेयर १ सय ९६ डलरमा भएको हो । माइक्रोसफ्टका नयाँ तथा उदार स्वभावका सीईओ सत्या नाडिला माइक्रोसफ्टलाई नयाँ स्वरूपमा ढाल्न प्रारम्भदेखि नै सक्रिय छन् । नाडिलाकै पहलमा स्काइप र नोकिया खरिदपछिको यो अर्को ठूलो कारोबार हो । माइक्रोसफ्टले यसअघि १.२ बिलियन डलरमा खरिद गरेको सामाजिक सञ्जाल याम्मरलाई सफल बनाउन धेरै प्रयास गरे पनि उसको प्रयास बिफल भएको थियो । अहिले त्यसको सट्टा लिंक्डइन किन्ने तयारी गरिएको हो । केही समयता कर्पोरेट च्याटका रूपमा ख्याति कमाएको स्ल्याकलाई माइक्रोसफ्टले ८ बिलियन डलरमा किन्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन । लिंक्डइनले सोसल नेटवर्किङ र व्यवसायिक क्षेत्रमा माइक्रोसफ्टलाई सघाउनेछ । यसमा व्यवसायिक क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूकोसंख्या ठूलो छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...