पोकेमनको कीर्तिमान
जीपीएसमा आधारित मोबाइल गेम पोकेमन गोले कीर्तिमान बनाएको छ । केही साताअघि मात्रै रिलिज भएको यो गेम अहिले सबैभन्दा चर्चित बनेको छ । स्टक बजारमा मोबाइल गेममध्येका थुप्रै रेकर्ड यसले तोडिसकेको छ । अमेरिकामा आईओएस डिभाइसमा खेलिने गेममध्ये पहिलो हुन यसलाई एक दिन मात्र लाग्यो । एन्ड्रोइडमा यो चार दिनमा एक नम्बरमा पुग्यो । सबैभन्दा बढी डाउनलोड हुने मोबाइल गेमको रेकर्ड पनि यसले तोड्ने अनुमान गरिएको छ । यो अहिले ३३ देशमा आधिकारिक रूपमा रिलिज भएको छ । यो गेम खेल्न पहिला आफ्नो पोकेमन अकाउन्टमा आफ्नो अवतार बनाउनु पर्छ । त्यसपछि मोबाइलको जीपीएस अन गरेपछि त्यहाँ वरिपरिका ठाउँको नक्सा देखिन्छन् । ती ठाउँमा अन्य पोकेमनहरू लुकेर बसेका हुन्छन् । यो गेममा गरिने मुख्य काम भनेकै नयाँ ठाउँ पुग्दै त्यहाँ लुकेका पोकेमन समात्नु हो । जीपीएस अन गरी पोकेमनको एप खोलेर खोज्दै हिँड्दा आफू नजिकै कुनै पोकेमन भए नोटिफिकेसनका लागि मोबाइल भाइब्रेट हुन्छ । त्यसपछि त्यो जता छ, त्यतै गएर समात्नुपर्छ । पोकेमन गो खेल्न बाटोमा हिँड्दा दुर्घटना पनि हुन सक्छ । त्यसका लागि आफैँ सचेत हुनुपर्छ । यस्ता घटना भएका थुप्रै समाचार पनि आइरहेका छन् । न्युजिल्यान्डमा एक युवकले यो खेल खेल्न आफ्नो जागिर नै छोडेका छन् । जागिर छोडेर पोकेमन समात्न हिँडेका उनले कुल १ सय ५१ मध्ये ९० पोकेमन समाति सकेका छन् ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...