बुद्धि सागर घिमिरे न्युजिल्यान्डका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३

4927_123798496222_6298620_nबर्षेनि हजारौ नेपाल भ्रमणमा जाने सर एडमण्ड हिलारीको देश न्युजिल्याण्डको  क्राइस्टचर्च शहरका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा बुद्धि सागर घिमिरे हालै नियुक्त भएका छन् । नेपाल टुरिजम बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीद्धारा हस्ताक्षर गरेर पठाइएको पत्रमा उनलाई बोर्डका अबैतानिक मानार्थ प्रतिनिधिमा नियुक्त गरिएको उल्लेख छ । यो नियुक्ति ११ जुलाई २०१६ बाट लागु हुने गरि आगामी २ बर्षको लागि हुनेछ ।

बोर्डले घिमिरेको नियुक्ति पश्चात न्युजिल्याण्ड बाट नेपाल घुम्न जाने पर्यटकहरुलाई बिबिध जानकारी प्रबाह गर्न सजिलो हुनुको साथै नेपालको पर्यटन प्रबर्धन र पर्यटकहरुको आगमन बृद्धि हुने बिश्वास राखेको छ । प्रतिनिधिमा नियुक्त संगै घिमिरेले नेपाल पर्यटन बोर्डको लोगो आफ्नो लेटरहेड र भिजिटिङ् कार्डमा राख्ने सक्ने छन् भने पर्यटन प्रबर्धन सम्बन्धि बिबिध सामग्रीहरु नेपाल सरकार र पर्यटन बोर्ड मार्फत घिमिरेलाई प्राप्त हुनेछ ।
13906672_10154255282491223_8209911348323543412_n
गैर आबासीय नेपाली संघ न्युजिल्यान्डको कार्यसमितिमा दुइ कार्यकाल काम गरिसकेका घिमिरेसंग नेपालको पर्यटन प्रबर्धनका लागि नेपाली नाइट लगाएत विभिन्न कलचरल ईभेंन्टहरु आयोजना गरेको अनुभव छ । संचारकर्मी समेत रहेका घिमिरेले न्युजिल्यान्डमा रहेका नेपालीहरुको गतिबिधिहरु बिश्वसामु पुर्याउने र बिदेशीहरुलाई नेपाल बारे जानकारी दिने उदेश्यका साथ www.nznepal.net संचालनमा ल्याएका छन् । घिमिरे हाल एनआरएनएको संचार र पब्लिकेसन सम्बन्धि टास्क फोर्समा रहेर पनि नेपालको पर्यटन प्रबद्र्धनका लागि काम गरिरहेका छन् ।
 द नेपाली टाईम्स सँगको कुराकानीमा आफुले पाएको यो जिम्मेबारीले आफु निक्कै खुशी भएको र नेपालको पर्यटन प्रबर्धनका लागि सबै सँग हातेमालो गर्दै अगाडी बढ्ने बताए ।