स्थानीय राजनीतिमा हाम्रो उपस्थिति
राजनीतिबाट वाक्क र दिक्क हुने कुनै पुस्ताको उदाहरण लिनु या दिनु परेमा निर्धक्क हाम्रो पुस्ताको उदाहरण दिदा हुन्छ । नेपालको अस्थिर राजनीतिले आक्रान्त यो पुस्ताले सधै आन्दोलन, आन्दोलन र फेरि आन्दोलन भन्दा अरु केहि देख्न पाएन । त्यसमा पनि विदेशिने यहि पुस्ताले आफु बिदेशिनुमा घुमाइ फिराइ होस् या सिधै नेपालको अस्थिर राजनीतिलाई दोष दिदै आइ रहन्छ । राजनीति भन्नासाथ नाक खुम्चाउने हाम्रो पुस्ताको प्रतिनिधित्व गर्दै देशमा होस् या बिदेशमा राजनीतिमा छिरेको यो पुस्ताका प्रतिनिधिहरू प्रति हामी सबैले गर्ब गर्नै पर्दछ ।
त्यसो त राजनीति भन्ना साथ उही खुरापाती या अनेक तिकडम हाम्रो दिमागमा आइहाल्छ । तर बिकशित देशका राजनीति भनेको यहाँको सामाजिक र आर्थिक व्यवस्थामा आफुलाई अभ्यस्त गर्दै बहुसांस्कृतिक समुदायमा आफुलाई स्थापित गर्न सक्नु राजनीतिमा लाग्नेहरूका लागि अहिलेको प्रमुख चुनौती हो । त्यसैले पनि एक कदम आगाडि बढेर कर्मभूमिको राजनीतिमा पाइला राख्नेहरू र अर्को एक कदम अगाडि बढेर यहाँको चुनाबमा सहभागी हुनेहरूको जोश र सहासलाई हामीले सराहना गर्नै पर्छ । बिगतमा अमेरिका, बेलायत र युरोपियन देशहरूमा त्यहाँको राजनीतिमा लागेकाहरू चुनाबी प्रतिस्प्रर्धामा उत्रदै जीत नै हात परेका वा सम्मान जनक मत प्राप्त गरेका समाचारहरू लेख्दै गर्दा र पढ्दै गर्दा समेत हामीलाई गर्बअनुभूति हुने गर्दथ्यो । तर आहिले अष्ट्रेलिया कै राजनीतिक चुनाबमा सहभागी हाम्रा दाजु–भाइहरूको खबर र प्रगति हाम्रो लागि गर्बको बिषय त छदैछ, अर्को तिर यो हाम्रो लागि दक्षिणी गोलार्दमा हाम्रो सशक्त उपस्थितिको गहकिलो नजीर पनि बन्नेछ ।
यस पटकको निर्बाचनमा भिक्टोरिया राज्यमा काउन्सिलरको पदमा छुट्टा–छुट्टै काउन्सिलबाट प्रतिस्पर्धा गर्दै गरेका डा. महेश भण्डारी र राजु शाक्य दुवैले अष्ट्रेलियन भूमिमा नेपाली प्रवेशको अधिकारिक इतिहास कोरेका छन् । यसको लागि डा. भण्डारी र शाक्य बधाईका पात्र छन् । त्यस्तै भिक्टोरिया राज्यकै फरक काउन्सिलमा मेयर पदमा उम्मेदवारी दिएका नेपाली भाषी परशुराम लुइँटेल हाम्रो पुस्ताको लागि अर्को उदाहरण र मार्ग दर्शक रहने छन् ।
त्यसो त राजनीति अन्तत जोड घटाउ र नम्बरको खेल हो त्यसैले त्यो दौडमा अगाडि पर्न सक्नु उम्मेदार बनेकाहरूको लागि अहम सबल हो नै । अर्को तिर यहाँको चुनाबी छनोट प्रकृया केहि नियमहरू र पहिलो प्रतिस्पर्धीमा पर्न नसक्नु हाम्रो केहि हतारोपन या आफु आबद्द राजनीतिक पार्टी भित्रैको अल्प तयारीको रुपमा लिदा यसले भविष्यमा झन् तयारी साथ आगाडि बढ्न मद्दत पुग्नेछ ।
फेरि पनि राजनीतिमा असम्भब भन्ने केहि छैन र राजनीति पथमा लागिसकेको जो सुकैको लागि पनि सम्भावनाहरू प्रचुर छन् या एक पछि अर्को आइ रहन्छन । त्यसैले यस पटकको निर्बाचनमा भिक्टोरिया राज्यमा काउन्सिलरको पदमा छुट्टा–छुट्टै काउन्सिलबाट प्रतिस्पर्धा गर्दै गरेका डा. महेश भण्डारी र राजु शाक्य दुवैले अष्ट्रेलियन भूमिमा नेपाली प्रवेशको अधिकारिक इतिहास कोरेका छन् । यसको लागि डा. भण्डारी र शाक्य बधाईका पात्र छन् । त्यस्तै भिक्टोरिया राज्यकै फरक काउन्सिलमा मेयर पदमा उम्मेदवारी दिएका नेपाली भाषी परशुराम लुइँटेल हाम्रो पुस्ताको लागि अर्को उदाहरण र मार्ग दर्शक रहने छन् । भुटानदेखि अष्ट्रेलियासम्मको यात्रा तय गरि त्यति माथिल्लो पदमा उम्मेदवारी दिएका लुइटेल र छोटो समयको अन्तरमा भिक्टोरियामा स्थापित डा. भण्डारी र शाक्य सबैको बिजयी या सम्मानजनक मतको लागि हार्दिक शुभकामना ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...