कांग्रेस अधिबेशन नीति कि नेता ?
नेपाल कै सबै भन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेस यति बेला अधिबेशनको रापले तातेको छ । कुनै एउटा लोकतान्त्रिक पार्टीको लागि अधिबेशन आफैमा निक्कै महत्वपूर्ण थुम्को हो । जहाँ पार्टीले बिगतको समीक्षा गर्दै आगामी पाँच बर्षका लागि लिनु पर्ने नीति र कार्य दिशा स्पष्ट गर्दछ । केहि अपबाद बाहेक नेपाली कांग्रेस पार्टीमा न त अधिबेशन न त अरु कुनै बेला नीति केन्द्रित छलफल । यी कमै हुने गर्दछ भन्ने आरोप नौलो होइन । जुन १३ औ अधिबेशनसम्म पनि उत्तिकै छ, के नीति लिने भन्दा को नेता बन्ने भन्ने रोगले गाँजेको यो पार्टी नेता कै जुंगे लडाईले बिभाजनको समेत शिकार हुन पुग्यो । पार्टी पुन: जुटे पनि भाबनात्मक रुपमा यो अझै जुटेन त्यसैको उपज हो संस्थापन पक्ष र विपक्षको नाममा अझैसम्म चल्ने भागबन्डा र ताना तान ।
कुनै बेला राणा शासन बिरुद्द सशस्त्र आन्दोलन गरेको नेपाली कांग्रेस पार्टी नेपालको इतिहासको सबै काल खण्डको सिपाही हो । नेपाली कांग्रेस बिनाको नेपालको कुनै पनि परिबर्तन कल्पनासम्म गर्न सकिदैन । त्यति हुदाँ हुदै पनि यो पार्टी परिवारबाद, भारतीय रअमेरिकी समिप्यताबाद कै वरपर घुमिरह्यो ।
राणा शासनबाट गणतन्त्रसम्म आउँदाको एउटा युगलाई युगाकर गर्ने इतिहास बोकेको पार्टीका कार्यकर्ता त के कयांै नेतासम्मलाई पनि थाहा छैन पार्टी कहिले गणतन्त्रात्मक बन्यो भन्ने । न त्यो कहिल्यै बहसको बिषय बन्यो न पार्टी नेतृत्वले आबश्यक ठान्यो । त्यसैले त गगन थापा र नरहरीहरू गणतन्त्रको उताको कुनामा पुग्दा समेत खुम बहादुर र कुल बहादुरहरू अझै त्यति बेला कै राजतन्त्रको न्यानोमा रम्न चाहन्छन् ।
लगभग स्थापना कालदेखि नै कोइराला परिवारको वरपर घुमेको यो पार्टी सम्भबत: पहिलो पटक कोइराला परिवार बाहिरको नेतृत्व सहितको कांग्रेस बन्ने सम्भाबनाको नजिक देखिन्छ । त्यही नै ठूलो उपलब्धि मान्ने कांग्रेसीहरू पनि छन् तर त्यो समाधान होइन किनकि अबको सबाल नीतिमा अडिनु पर्दछ नेतामा होइन । अबको क्रान्ति भनेको आर्थिक र प्राबिधिक रुपमा सम्पन्न नेपाल हो । त्यसैले इतिहासका विविध कालखण्डमा देशको लागि योगदान गरेका नेता र कार्यकर्ताको सम्मान गर्दै अबको नेतृत्व युवा बर्गमा जानु पहिलो आबश्यक्ता हो । युवा वर्गबीच उसले प्रतिनिधित्व गर्ने नीतिको आधारमा नेतृत्व चयन हुन सके मात्र नेपाली कांग्रेसको अलमलिएको साखमा पुन: निखारता आउन सक्ला ।
अहिलेको मिडियाका कांग्रेससँग सम्बन्धित खबरहरू पछ्याउने हो भने कुनै एउटा नेताको नाम या फलानो पक्षको बाट शुरु भएर कुनै नेता कै नामबाट अन्त्य हुन्छ । अर्को तिर केन्द्रदेखिको त्यो विभाजित मानसिकता देशका जिल्ला र गाउँ हुदै विदेशमा रहेका संघ संगठनसम्म देखिन्छन् । एउटा नेताको नाम जोडेर आफुलाई बिकाउने प्रवृतिको अन्त्य यहि महाधिबेशबाटै होस् । पद र भोलिको सत्ताको लागि आजैबाट बाँडफाँडका लागि मात्र महाधिबेशन कुर्नु के जरुरी त्यस्ता परिपाटीको अन्त्य यहि महाधिबेशनबाट होस् । बिगतमा कांग्रेस भित्रको यस्तै अलमलले देशले उग्र र हतियारको दबदबा सहितको एउटा कालखण्डको ठूलो मूल्य चुकाइ सकेको छ ।
त्यसैले, समय बदलिदो परिस्थित सुहाउदो नीति र कार्यक्रमको लागि अनि सागठनिक ढाँचाको लागि बहस गर्ने, उपयुक्त नीति कार्यक्रम र नेतृत्व चयन गर्ने अवसरको रुपमा अहिलेको महाधिबेशनलाई उपयोग गरिएन भने फेरि पनि कांग्रेसले मात्र होइन देशले नै ठूलो मूल्य चुकाउनु पर्ने कुरा निश्चित छ । अन्त्यमा देशमा ब्याप्त भ्रष्टचार, बेरोजगारी, मनपरीतन्त्र, भनसुन र कमिशन खोरीजस्ता अनेकौ कु–संस्कारलाई चिरेर कानुनी शासन बहाली गर्न सक्ने नीति अबको कांग्रेसको एजेन्डा होस् । बंशज र पालो कुरेर होइन यहि नीतिलाई सशक्त स्थापना गर्न सक्ने इमान्दार र जुझारु पुस्तामा अबको नेतृत्व जाओस् । कांग्रेस र कांग्रेसीजनलाई १३ औ महाधिबेसनको हार्दिक शुभकामना ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...