कस्तो छ तपाईंको पासवर्ड ?

भरखरै सार्वजनिक भएको एउटा अनुसन्धानका अनुसार विश्वका अधिकांश मानिसहरूले आफ्ना इमेलसहितका एकाउन्टमा एकैप्रकारका पासवर्ड राख्ने गरेका छन् । सन् २०१६ मा सबैभन्दा बढी पासवर्ड छ वटा अंक रहेको उक्त अनुसन्धानमा उल्लेख छ । रिपोर्टका अनुसार अधिकांश मानिसले १२३४५६ नै पासवर्डको रुपमा राख्ने गरेका छन् । जुन ६ क्यारेक्टरभन्दा नि कम हुन्छ । जसलाई इन्टरनेटमा कमजोर पासवर्डको रुपमा लिइन्छ । यस्ता पासवर्डहरू ह्याक गर्न सजिलो हुने गरेको रिपोर्टमा उल्लेख छ । शोधकर्ताहरूले एक करोडभन्दा बढी सेक्युरिटी कोडहरू समीक्षा गर्दा यस्तो तथ्य फेला परेको हो । १२३४५६७८९ अथवा QWERTY किहरू सजिलै टाइप हुने भएकाले मानिसहरू यस्ता पासवर्ड राख्छन् । सजिलै टाइप हुने यस्ता किहरू सुरक्षाको दृष्टिकोणमा सबैभन्दा कमजोर पासवर्ड हुने गरेको रिपोर्टमा उल्लेख छ । समीक्षामा भेटिएका अधिकांश पासवर्ड अंकमा रहेको रिपोर्टमा उल्लेख छ । जुन 12345678, 111111, 1234567890, 1234567, password, 123123, 987654321 जस्ता थिए । अमेरिकाको पासवर्ड म्यानजमेन्ट कम्पनीका अनुसार १७ प्रतिशत मानिसले १२३४५६ पासवर्ड राख्ने गर्छन् । त्यसैले अपरेटर्सले आफ्ना प्रयोगकर्ताका लागि शक्तिशाली पासवर्ड राख्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...