पदिय भागबण्डा मै नअलमलियोस एनआरएनए
विश्व भर छरिएर रहेका प्रबासी नेपालीहरु लाई एउटा आत्मीय डोरीले बुन्दै साझा चौतारीको अबधारणा सहित गठन भएको गैर आबासीय नेपाली संघ ( एनआरएनए ) ले आफ्नो स्थापनाको १४ बर्ष पार गरेको छ । विश्वका ७३ देशहरु मा राष्ट्रिय समन्वय समितिहरु गठन भइ सकेको यस संस्थाको जालो सबै महादेशमा पुगिसकेको छ, अझ यसो भनौ जहाँ जहाँ नेपालीहरु पुगेका छन् लगभग ति सबै ठाउँमा पुगिसकको छ एनआरएनए । प्रत्येक २/२ बर्षमा नेपालमा हुने संस्थाको अन्तराष्ट्रिय सम्मेलनको यो पटकको आठौ बिश्व सम्मेलन अक्टोबरको १४ देखि १७ सम्म काठमाण्डौमा हुँदैछ । संस्थाले गरेका कार्यहरु को फेहरिस्ता यो सानो सम्पादकीयमा अटाउन सकिदैन । नेपाल बाहिरका नेपालीहरु माझ मात्र होइन नेपाल भित्र समेत बिगतमा हामी माथि परेको विविध प्राकृतिक विपदहरु बीच त झन एनआरएनए धेरैको लागि आशाको केन्द्र जस्तै बन्न पुग्यो । सरकारी नीतिका कारण भूकम्प पछिको पुनःनिर्माणमा एनअरएनएको कार्य समेत प्रभावित भए पनि राहत वितरणदेखि लाप्राक नमुना बस्तिसम्म जे जति एनआरएनएले गर्यो त्यसको जति प्रसंसा गरे पनि कमै हुन्छ । त्यसरी नै हालै तराई मधेसमा गएको बाढीबाट परेको धनजनको क्षतिमा एनआरएनएले गरेको उदाहरणीय कार्यमा समग्र प्रबासी नेपालीहरु को नेपाल प्रतिको माया ममता प्रष्ट झल्कन्छ ।
हुन त एनआरएनए प्रबासीहरु को छाता संस्था होइन भन्ने आवाज पनि संग संगै सुनिएको आवाज हो यसले सबैलाई कहाँ समेटेको छ र भन्ने आवाज पनि नसुनिएको होइन । शब्द प्रयोग गर्दा छाता संस्था भने पनि, साझा चौतारी भने पनि वा अरु कुनै नाम दिए पनि डायस्पोराका नेपालीहरु लाई एउटै नामको परिचयले चिनाएको संस्था र प्रवासी नेपालीहरु बीच मात्र होइन अरु कुनै देशका प्रबासीहरु बीच पनि सायदै होला । नेपालमा हुने यो अन्तरष्ट्रिय सम्मेलन प्रबासी नेपालीहरु को लागि मात्र होइन सारा नेपालीहरु र नेपाल सरकारको लागि समेत चासो र सरोकारको बिषय बन्ने गर्दछ । जसको पछिल्लो उदाहरण नेपाल सरकारको मन्त्रि परिषदको हालैको निर्णयलाई लिन सकिन्छ, जसमा स्वयं नेपाल सरकारले यो सम्मेलन सफल पार्न एक उच्च स्तरीय समितिको निर्माण गर्दैछ ।
एनआरएनएले देशलाई दिन सक्ने र यो सम्मेलन संग जोडिएका सयौ मुद्दाहरु छन्, जुन सम्मेलनको ति दुइ/तीन दिनमा बिषय प्रवेश समेत गर्न समेत गार्हो देखिन्छ । अझ भनौ सम्मेलनको नीति निर्माण र योजना जस्ता धेरै कुराहरु मा सम्मेलनमा घनिभुत छलफल हुनु पर्नेमा कयौ बेला त यस्ता कुराहरु बिषय प्रवेश समेत हुन पाउदैनन् । यसको एउटै कारण सम्मेलन बैचारिक मन्थन भन्दा हिजो पनि पदको हान थाप मै थियो र फेरि यसले निरन्तरता पाउने देखिन्छ । त्यसैले पनि एनआरएनएको यो सम्मेलन फेरि पनि उही पुरानो पद कै हानथाप र पद कै भागबन्डा मै नअल्मलियोस भन्ने शुभेच्छा धेरै भन्दा धेरै प्रबासी नेपाली हरुको हो ।
परोपकारी कार्यहरु का अलवा प्रबासी नेपालीहरु ले देशलाई दिन सक्ने धेरै कुरा छन् । प्रबासमा सिकेको धेरै थरि ज्ञान र शीपदेखि व्यास्थापनका बिषयहरु, धेरै भन्दा धेरै प्राबिधिक र बिकासका कुराहरु मा नीतिगत रुपमै नेपाल सरकारलाई सल्लाह सुझाब दिनको लागि सक्षम छन् धेरै भन्दा एनआरएनहरु । यस्तो परिस्थितिमा पदको हानथाप र कुनै न कुनै लेबल सहित पदीय भागबन्डा भन्दा अबको एनआरएनएको सम्मेलन फरक धार र दृष्टिकोणमा उभिन सक्नु पर्दछ । एनआरएनएले लिएको भिजन २०२० लगाएत दोश्रो पुस्तालाई मातृभूमि संग जोड्ने सेतुको रुपमा एनआरएनए अबको सम्मेलनबाट निखारिएर आओस शुभाकामना !!
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...