आइफोन स्लो भएपछि

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४

पुरानो भर्सनको आइफोन प्रोसेसर स्लो बनाएको भन्दै आलोचना खेपिरहेको एप्पल कम्पनिले अन्तत: माफी नै मागेको छ । लिथियम आयनबाट बनेको ब्याट्रीवाला आइफोनमा केही समस्या भएका कारण यसो गरिएको एप्पलले स्पष्ट पारेको छ । उक्त व्याट्री फेर्न एप्पल तयार रहेको र २०१८ मा ब्याट्री लाइफ हेर्न सक्ने सफ्टवेयर बनाउन लागेको समेत बताएको छ । आइफोन प्रयोगकर्ताहरुले कम्पनीले नयाँ फोनको बिक्री बढाउन पुरानो फोनलाई स्लो गरेको आरोप लगाएका छन् । उक्त घटनापछि एप्पलको आलोचना भएको छ । कम्पनीले वारेन्टी नाघेका ब्याट्री फेर्नको लागि ७९ डलरबाट घटाएर २९ डलर बनाएको छ । यो छुट आईफोन–६ र त्यसपछि आएका फोनमा लागु हुने जनाइएको छ । पुरानो व्याट्रीले १ सय प्रतिशत पावर सप्लाई गर्न नसकेको एप्पलले बताएको छ ।