भुवन र अनमोलको अस्ट्रलियामा ‘ड्रिम्स’

-- The NTA / प्रकाशित मिति : शुक्रबार, बैशाख १७, २०७३

dreams

नेपाली चलचित्रमा एउटा फरक उचाई स्थापित गरेका  नायक भुवन केसीले निर्माण र निर्देशन गरेको अनि अहिलेको युवा पुस्ता माझ लोकप्रिय नायक अनमोल केसी द्वारा अभिनित चलचित्र ‘ड्रिम्स’ लिएर भुबन र अनमोल यति बेला सीड्नीमा छन् । सिड्नीको केन्द्र  टाउनहल स्थीत इभेन्ट सीनेमामा पर्दर्शन गर्न लागिएको यस चलचित्र दर्शक संगै बसेर हेर्न उनीहरु यहाँ आएको चलचित्र पर्दर्शानीका आयोजक भुपाल सीटौलाले बताएका छन् ।  सिटौलाका अनुसार उक्त चलचित्र २९ अप्रिल शुक्रबारको दिन टाउनहल स्थीत इभेन्ट सीनेमामा, ३० अप्रिल शनिबारका दिन बरउडमा र १ मे आइतबारका दिन हर्स्ट्भिलमा गरि हाललाई ३ वोटा शोहरु हुनेछन् । नेपालमा अत्यधिक सफल यस चलचित्र अस्ट्रेलियाका दर्शकहरु माझ पनि लोकप्रिय बन्ने र माग अनुसार थप शोहरु पनि गर्न सकिने अर्का आयोजक राजमान थकालीले बताए । टिकटको लागि www.ticketplus.com.au | www.sydneynepal.com.au  वा 0415 285 135, 0433 222 269, 0423 379 999  मा सम्पर्क गर्न अनुरोध गरिएको छ।