सम्वृद्धिसंगै बढ्दो सन्त्रासमा अमेरिका

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : मङ्लबार, भदौ २८, २०७३

mahendra-lamsal-ppउहिले उहिले बारीमा ठूलो र उन्नत जातको फल दिने बालीलाई “विकासे” वा “अम्रिकाने” भन्ने चलन थियो हाम्रो गाउँ घरतिर । अलि राम्रो र  ठूलो फल दिने जातका बालिनाली लगायत अन्य चिजहरुलाई  “अम्रिकाने” भन्ने विशेषण दिइन्थ्यो । मतलब जानेर या नजानेर अमेरिका भन्ने बित्तिकै मानिसहरुमा  ठूलो र विकसित भन्ने महशूस हुन्थ्यो । आज त्यहि विकसित देश अमेरिकाको पूर्वदेखि पश्चिमतटसम्म  पाइला राख्दै गर्दा साँच्चै नै यो एउटा बिशाल,  विविध र  हरेक क्षेत्रमा नेतृत्वदायी बर्चस्व राख्न सक्ने शक्ति सम्पन्न राष्ट्रको रुपमा पंक्तिकारले प्रत्यक्ष महशूस गर्न पायो ।

पृथ्वी मात्रै  होइन सारा ब्रमाण्डमै अमेरिकाको  नेतृत्व र प्रभाव देखिन्छ । भलै केहि मुलुकहरु अमेरिकी रबैयाप्रति असहमति राख्छन् तर  यदि यसको अहिलेको शक्ति र प्रभाव कमजोर बन्न पुग्यो भने संसारको “अर्डर” खल्बलिन सक्ने बास्तबिकता भने धेरैले स्वीकार्छन् ।

भौगोलिक रुपमा अमेरिकाको सिमा पूर्वमा आन्ध्र महासागरदेखि पश्चिममा प्रशान्त महासागर अनि उत्तरको क्यानाडादेखि दक्षिणको मेक्सिकोसम्म फैलिएको छ । तर यसको राजनीतिक र रणनीतिक प्रभावकाे बिस्तार असीमित छ । पृथ्वी मात्रै  होइन सारा ब्रमाण्डमै अमेरिकाको  नेतृत्व र प्रभाव देखिन्छ । भलै केहि मुलुकहरु अमेरिकी रबैयाप्रति असहमति राख्छन् तर  यदि यसको अहिलेको शक्ति र प्रभाव कमजोर बन्न पुग्यो भने संसारको “अर्डर” खल्बलिन सक्ने बास्तबिकता भने धेरैले स्वीकार्छन् । बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा अमेरिका भन्नाले संयुक्त राज्य अमेरिका भन्न खोजिएको छ । हरेक दृष्टिकोणले बिशाल अमेरिकाको विश्लेषण एउटा सानो आर्टिकलमा अट्ने कुरै भएन तर पनि सतह मै रही सरसर्ती यहाँको यथार्थलाई यो सानो आलेखमा समेट्ने कोशिष गरिएको छ ।  जसमा  अमेरिकन  “सुप्रिमेसी” हिजो, आज र भोलि अनि यसका पछाडिका रहस्य र विश्वमा अमेरिकन बिस्तार, प्रभाव र बर्चस्वलाई केन्द्रबिन्दु मानिएको छ । photo

पौरखीका लागि कर्मभूमि हो अमेरिका  
आजको शक्तिशाली अमेरिका भाग्यले  होइन, पौरखले बनेको हो । यहााका मानिसहरु बिशेष गरि अग्रज राजनीतिज्ञहरुको  दीर्घकालिन र फराकिलो सोचका कारण बनेको हो भन्ने कुरामा सायद कसैको बिमति देखिदैन । सुरुदेखिनै बिज्ञान, प्रबिधि, खोज तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिने नीति अबलम्बन गर्नाले पनि आज अमेरिकाले पृथ्वी मात्रै होइन, समस्त ब्रम्हाण्डमै आफ्नो अग्रता हाासिल गरेको छ । उदाहरणको लागि यसको अन्तरिक्ष, सूचना तथा संचार प्रबिधिलाई लिन सकिन्छ । बिशाल अमेरिकाका परिकल्पनाकारहरुले आज भन्दा सयौं वर्ष अगाडि आफ्नो व्यक्तिगत स्वार्थ,  घर परिवार, दल, राजनीति, आफ्नो क्षेत्र तथा आफ्नो कार्यकाल जस्ता सीमित र क्षणिक सोचभन्दा धेरै परसम्म सोचेर काम गरेकाले नै आजको समृद्ध अमेरिका हामीले देख्न सकेका छौं । सयुक्त राज्य अमेरिका बन्ने क्रमसंगै यसलाई नेतृत्व दिदै आएका अग्रजहरुले भबिष्यमा यो ब्रम्हाण्ड कै कमाण्ड सम्हाल्ने दीर्घकालिन सोच राखी काम गरेको देखिन्छ । अलास्कादेखि टेक्सास हुादै हवाईसम्म सोलो डोलो मिलाउने क्रममा थुप्रै उतार चढाव देखेको र भोगेको छ अमेरिकाले । स्वतन्त्रता संग्राम, जातीय तथा गृहयुद्ध, दुई विश्वयुद्ध, निरन्तर शीत युद्ध तथा ११ सेप्टेम्बेर २००१ को आतंककारी हमला र त्यस पश्चातका बिभिन्न युद्धहरु यसका केहि ज्वलन्त उदाहरण हुन् । यी सबै अफ्ठ्याराका बाबजूद पनि अमेरिकाले आफ्नो सुप्रिमेसी कायम राखेकै देखिन्छ, बिगतदेखि वर्तमानसम्म । एक साम्राज्यकालिन युग थियो जति बेला बेलायत आफ्नो राज्यमा चौबिसै घण्टा घाम नअस्ताउने दाबि गर्दथ्यो । सायद त्यो नै कालान्तरमा अमेरिकनहरुका लागि प्रेरणाको बिषय बनेको हुनुपर्छ । आज अमेरिकाले प्रयोग गरि आएका अधिकांश निर्माण तथा पूर्वाधारका सुबिधाहरु करिब १०० बर्ष अगाडि नै निर्माण भैसकेका थिए । र आज बन्दै गरेका बिकास निर्माण तथा अनुसन्धान र प्रयोगमा ल्याईएका प्रबिधिहरु १०० वर्ष पछाडिसम्मको लागि सोचेर बनाइएको देखिन्छ । यहाँ बनेका बाटो घाटो, विमानस्थल,  बिद्यालय, शैक्षिक संस्थाहरु, स्वास्थ्य सेवा, बैंकिङ्ग, सूचना तथा संचार,  पर्यटकीय स्थल, सरकारी तथा निजि भवनहरु संभवभएसम्म्का प्रविधि प्रयोगमा ल्याएर बनेका छन् । यावत कुराहरुमा आजको मात्र आबश्यकता हेरेर बनाएको छैन आउँदो पुस्तासम्मको लागि धान्ने गरि निर्माण गरिएको छ हरेक संरचनाहरु । प्रबिधिको उच्चतम प्रयोग र सुविधाका हिसावले यस्ता संरचनाहरु हरेक हिसाबले सुविधा सम्पन्न छन ।

औपचिरक शिक्षामा अब्बल देखिएका मानिसहरु त अमेरिका एउटा उत्तम कर्मभूमिका लागि अन्तिम गन्तब्य नै ठान्दछन् भने संसार भरिबाट अन्य कुनै पनि बिषयमा बिशेष गुण, क्षमता र दख्खलता भएका मानिसहरुलाई “एक्स्ट्रा अर्डिनरि” मा वर्गीकरण गरि अमेरिकामा बसोबास गर्नको लागि अनुमति दिने व्यवस्था छ । यसबाट विश्वका हरेकजसो देशबाट अमेरिकाले बर्षेनी ५० हजार त्यस्ता मानिस आफ्नो देशमा भित्र्याउँछ ।

बहुसांस्कृतिक र बिचित्र अमेरिका
एउटा सामान्य गल्लि हुादै राजमार्गदेखि अन्तरिक्षसम्म, विश्व राजनीतिदेखि कूटनीतिसम्म, शान्ति मिसनदेखि युद्ध कलासम्म, अल्पविकसित तथा बिकासोन्मुख देश सबैका लागि परोपकारदेखि आर्थिक सहयतासम्म अमेरिकनहरु आफ्नो अग्रगामी हैसियत राख्न सफल  देखिन्छन् । भौगोलिक विविधता उस्तै छ ।  उत्तरमा अलास्का हिमगिरिदेखि नायग्रा फल्स हुंदै दक्षिणको कोलोराडो मरूभूमिसम्म अकल्पनीय भौगोलिक विविधताहरु बिशाल अमेरिकामा भेटिन्छन् । करिब ३० करोड भन्दा बढी जनसंख्या रहेको अमेरिकामा संसारका सबै देशका मानिसहरु  कुनै न कुनै रुपमा पुगेका र बसेका छन् । संसार भरिका मानिसहरु अमेरिकामा बस्ने ढोका खोल्नु भनेको त्यहााको भाषा, संस्कृति तथा सभ्यतालाई अमेरिकामा स्वागत गर्नु र सम्मान गर्नु पनि हो । यसको श्रेय यहाँको उदार र खुला अध्यागमन नीतिलाई जान्छ । औपचिरक शिक्षामा अब्बल देखिएका मानिसहरु त अमेरिका एउटा उत्तम कर्मभूमिका लागि अन्तिम गन्तब्य नै ठान्दछन् भने संसार भरिबाट अन्य कुनै पनि बिषयमा बिशेष गुण, क्षमता र दख्खलता भएका मानिसहरुलाई “एक्स्ट्रा अर्डिनरि” मा वर्गीकरण गरि अमेरिकामा बसोबास गर्नको लागि अनुमति दिने व्यवस्था छ । यसबाट विश्वका हरेकजसो देशबाट अमेरिकाले बर्षेनी ५० हजार त्यस्ता मानिस आफ्नो देशमा भित्र्याउँछ । यस्तो व्यवस्थाले निरन्तर अमेरिकन सुप्रीमेसिका लागि एउटा महत्वाकांक्षी अध्यागमन नीति मानिन्छ ।

आतंक र अपराधको सन्त्रास
सम्वृद्धि मात्रै होइन, सन्त्रास पनि छ अमेरिकामा । अब्राहम लिंकनदेखि बाराक ओबामासम्मका अश्वेतहरु पनि शक्तिशाली अमेरिकाका राष्ट्र प्रमुख बन्न सफल भएका हुन् । तर समग्रमा एकातिर श्वेत र अश्वेतहरुबीच ठूलो आर्थिक, शैक्षिक र सामाजिक खाडल छ भने अर्कातिर विश्वमा बिशेष गरि अफ्रिका र मध्यपूर्वका मूलुकहरुप्रति  अमेरिकाले आतंककारी बिरोधी नीति तथा कार्यक्रमहरुले स्वयं अमेरिकाको टाउको दुखाइ बनेको छ । अमेरिकामाथि कुनै पनि बेला कुनै प्रकारको आतंककारी आक्रमण हुन सक्ने सन्त्रासमा संधै सचेत र त्यसको मुकाबिलाको लागि संधै तम्तयार रहनु परेको देखिन्छ । त्यसका अतिरिक्त चीन र उत्तर कोरिया पनि अमेरिकाको लागि अर्कै खालको निरन्तर टाउको दुखाइको बिषय बनेको देखिन्छ । यी त भए राष्ट्रले लिएको अन्तर्राष्ट्रिय नीतिका कारण सर्बसाधारण अमेरिकनहरुमा पर्न सक्ने शान्ति तथा सुरक्षामा प्रभाव ।

सर्बसाधारणलाई नै आतंकित बनाउने बन्दुक सम्बन्धी कानुन खारेज गर्न त परै जाओस संसोधनसम्म पनि  किन सरकारले गर्न सक्दैन त ? भन्ने सम्बन्धमा बुझ्दै जाँदा आखिर राजनीति नै यस्को प्रमुख कारण देखियो । यहाँको इआरए ( अमेरिकन राइफल्स एसोसियसन ) आर्थिक रुपमा निक्कै बलियो र राजनैतिक रुपमा पनि माथिल्लो र नीति निर्माणको तहसम्म आफ्नो प्रभाव राख्न सक्षम समूह रहेछ ।

सामाजिक सुरक्षाको अर्को बिकराल चुनौती भनेको बिद्यमान बन्दुकसम्बन्धि कानून हो । अमेरिकामा निश्चित कानुनी दायरा पूरा गरेपछि जो कोहिले बन्दुक किन्न र बोकेर हिड्न पाउने कानूनी अधिकार छ । यसलाई राज्यले “आत्मसुरक्षा” को लागि भनेर लिएको छ । राज्यले नागरिकको सुरक्षाको लागि आफै बन्दुक बोक्न अनुमति दिन्छ भने सर्बसाधारणले के अनूभूति गर्ला ?  एउटा स्कुल पढने बच्चाले कपि कलमको साथमा बन्दुक पनि राख्न कानूनले अधिकार सरकारले दिएपछि बालबच्चाहरुलाई स्कूल पढ्न पठाउने अविभावकहरुले कस्तो महशुस गर्लान ? आफ्नो सुरक्षा आफै गर्नु पर्ने हो भने राज्यको नागरिकप्रतिको कर्तब्य के हो ? यो सामान्य अमेरिकन नागरिकहरुको मनमा सधै उब्जिने प्रश्न हो । “सुरक्षाको लागि भानिएको बन्दुकसम्बन्धि कानुन नै अमेरिकीहरुको असुरक्षाको मुख्य कारण बनेको छ ।”  भन्छन् रबि जो बिगत १८ वर्षसम्म पेट्रोल स्टेसनमा कार्यरत छन् । अमेरिकाको शिकागो सहरमा यो वर्ष मात्र करिब ५०० भन्दा बढीको ज्यान यस्तै बन्दुक दुरुपयोगबाट भएको रहेछ । “अमेरिका राम्रै छ, तुलनात्मक रुपमा स्तरीय जीवनस्तर छ तर बालबच्चा स्कुल पठाउँदै गर्दा, रातिमा बाहिर निस्कन पर्दा कता कता मनको कुनामा भय र सन्त्रास रही रहन्छ” भन्छिन् २ स्कुले बच्चा कि आमा किरण । दिन दशा बाजा बजाएर त आउँदैन, कहिले कसलाई के पर्ने हो थाहै हुदैन भन्दै हालसालै एक नेपालीको पनि ग्यास स्टेसनमा काम गर्दा गर्दै यस्तै बन्दुक आक्रमणबाट ज्यान गुमाउन परेको  कहाली लाग्दो घटना सुनाइन् । photo-1
सन् १९९८ मा तास्मेनिया पोर्ट आर्थरस्थित नरसंहारपश्चात तत्कालिन प्रधानमन्त्री जोन होवार्डले एउटा साहसिक निर्णय गर्दै यस्तै बन्दुक सम्बन्धी कानुनलाई संसोधन गरि सर्ब साधारणले बिना लाईसेन्स बन्दूक राख्न नपाउने व्यवस्था ल्याएका थिए । जो संग बन्दुक छ त्यो सबै सरकारले किनेर नष्ट गरिदिएका थिए । तर अमेरिकामा यो भन्दा ठूला घटनाहरु घटी सकेको छ र धेरै मानिसहरुले अकालमा ज्यान गुमाई सकेका छन् ।  यसरी सर्बसाधारणलाई नै आतंकित बनाउने बन्दुक सम्बन्धी कानुन खारेज गर्न त परै जाओस संसोधनसम्म पनि  किन सरकारले गर्न सक्दैन त ? भन्ने सम्बन्धमा बुझ्दै जाँदा आखिर राजनीति नै यस्को प्रमुख कारण देखियो । यहाँको इआरए ( अमेरिकन राइफल्स एसोसियसन ) आर्थिक रुपमा निक्कै बलियो र राजनैतिक रुपमा पनि माथिल्लो र नीति निर्माणको तहसम्म आफ्नो प्रभाव राख्न सक्षम समूह रहेछ । उनीहरु सकेसम्म यो नीतिलाई परिवर्तन गर्न चाहन्नन । रिपब्लिकन र डेमोक्रेट कसैले पनि खुलेर आइआरए विरुद्ध बोल्ने र नीति ल्याउने चाहेमा चुनावमा नतिजा उल्टा पल्टा हुन सक्ने भयले पनि यस्तो त्रासदी पूर्ण कानून परिवर्तन हुन नसकेको तथ्य सर्बसाधारण औल्याउाछन् ।

दोधारमा अमेरिकन मतदाता
कमान्डर इन चिफ, सर्वशक्तिमान अमेरिकाका ५८ औ राष्ट्रपतिको लागि बहुप्रतिक्षित निर्वाचन आगामी नोभेम्बर ८ का दिन हुँदै छ । सन् १९९२ देखि आफ्ना श्रीमान बिल क्लिन्टन राष्ट्रपति हुँदै व्हाइट हाउस लगायत अन्य विभिन्न मामिलाहरुमा संलग्न तथा वर्तमान ओबामाको कार्यकालमा परराष्ट्र सचिबको रुपमा ८ वर्षको अनुभव संगालेकी हिलारी क्लिन्टन र धनाढ्य व्यबसायी डोनाल्ड ट्रम्पको बीचमा कडा प्रतिस्पर्धा देखिन्छ । यिनीहरु क्रमशः डेमोक्र्याट र रिपब्लिकनका तर्फबाट भिड्दै छन् । यथार्थमा यी दुवै उम्मेदवार त्यति लोकप्रिय छैनन् । हिलारी क्लिन्टनले चुनाव जित्नु भनेको बिगत ८ वर्ष पुरानो सत्ताको निरन्तरता हो । अमेरिकन जनता परिवर्तन चाहन्छन्, तर डोनाल्ड ट्रम्प छनौटमा पर्दैनन् । किनकि उनले लिएको चुनावी नीति सामाजिक बिखन्डन मात्रै होइन अमेरिकनको सामान्य जनजीवनमा पनि असर पार्ने खालको छ । मुस्लिमहरुलाई अमेरिका पस्न नदिने, करिब ११ लाखको संख्यामा रहेका अबैध मेक्सिकनहरुलाई देश निकाला  गर्ने, अमेरिका – मेक्सिकन सीमामा पर्खाल लगाउने, बहुसंख्यक स्पेनिशहरुलाई बेखुस पर्ने खालको नीति जस्ता चुनावी प्रचार प्रसारले एकातिर मिलेर बसेको बहुसांस्कृतिक र बृहत अमेरिकी समाजमा नकारात्मक असर पर्न सक्छ भने अर्कातिर सााच्चि नै अबैध बसेका मेक्सिकनहरुलाई निकाला गरिहाल्ने हो भने साना अमिरिकी व्यवसायले कामदारको अभावको समाना गर्नु पर्नेमा अमेरिकीहरु चिन्तित देखिन्छन । यसै गरि कन्जरभेटिभ ट्रम्प राष्ट्रपति बनेमा मध्यपूर्व, अफ्रिका तथा मुस्लिम समुदायप्रतिको उनको कडा रबैयाका कारण अमेरिका थप आतंकको शिकार बन्न सक्ने आशंका पनि उत्तिकै छ । त्यसैले यतिखेर अमेरिकनहरु राम्रा उम्मेदवार होईन, कुन चाही कम खराब हो भन्नेमा छनौट चरणमा छन् ।

अमेरिकामा नेपालीहरु
अमेरिकामा करिब २ लाख पचास हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ । समग्रमा नेपालीहरु जहाँ रहे पनि इमान्दार र कर्तब्यनिष्ट समुदायको रुपमा चिनिन्छ । अमेरिकाको मूलधारमा पनि नेपालीहरुले त्यो पहिचान राखेका छन् । यहााको व्यवसाय, सरकारी सेवा तथा राजनीतिमा पनि केहि नेपालीहरु माथिल्लो स्तरसम्म पुग्न सफल देखिन्छन् ।  नेपाली समुदायभित्रै एनआरएनएलगाएत अरु  धेरै राजनीतिक तथा गैह्र राजनीतिक संस्थाहरुमा धेरै नेपालीहरु आबद्ध छन् । एउटै संस्थाको पनि धेरै राज्यहरुमा च्याप्टरहरु गठन गरि संस्थागत रुपमा आबद्ध छन् । राजनीतिक तथा व्यक्तिगत कारणले कहिलेकाहिँ संघ संस्था तथा समुदायका सदस्यभित्रै असहज र तीतो सम्बन्ध छताछुल्लै पोखिनु अमेरिकाका नेपालीहरुको लागि सामान्य बन्दै गएको देखिन्छ । तर समग्रमा अमेरिकन नेपालीहरु यहाँको सम्वृद्धिबाट भरपूर लाभान्वित र  सन्तुष्ट छन् ।