अब सेल्फ ड्राइभिङ कार

-- NTA REP. / प्रकाशित मिति : शनिबार, अशोज १, २०७३

sefl-driving-carअटोमोबाइलको क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिरहेका छन् । पछिल्लो समयमा सेल्फ ड्राइभिङ प्रविधियुक्त कार निर्माण गर्ने लहर नै चलेको छ । सेन्सर र अटोमोबाइल प्रविधिको सम्मिश्रणबाट यस्ता सेल्फ ड्राइभिङ कार गुड्छन् । भविष्यमा सडकमा गुड्ने कारमा अहिलेको जस्तो ड्राइभरको आवश्यकता पर्नेछैन । आफैं स्वचालित रूपमा गुड्ने ती कारका कारण यात्रा पनि सुरक्षित हुनेछ । ती कारमा ड्राइभर र स्टेयरिङ दुवै हुनेछैनन् । सुरक्षा र वातावरण दुवै दृष्टिकोणले यी कार निकै अब्बल हुने अनुमान छ । गुगलले सेल्फ ड्राइभिङ कार प्रोजेक्टको एक चरण पूरा गरिसकेको छ । गुगल अब आफ्नो यो नयाँ आविष्कारलाई व्यवसायीकरण गर्ने कार्यमा लागेको छ । गुगलको सेल्फ ड्राइभिङ कारले अहिलेसम्म २४ लाख किलोमिटर दूरी पार गरिसकेको छ । यद्यपि विभिन्न समयमा दुर्घटनामा पर्ने तथा अन्य सानातिना समस्या आइलाग्ने क्रम भने जारी छ । गुगलले ती समस्या पनि समाधान गरिरहेको छ । गुगलले गत मे महिनामा अमेरिकाको डेट्रोयटमा टेक्नोलोजी सेन्टर बनाएर यो क्षेत्रमा थप कामसमेत प्रारम्भ गरेको छ ।