क्रुजमा दशैँ-तिहार मनाउँदै मेल्वर्नबासीहरु

-- The NTA / प्रकाशित मिति : शुक्रबार, अशोज ७, २०७३

chitwan-samaj-newsयही अक्टुबर ९ तारिख आइतवार चितवन समाज भिक्टोरीयाले दशैँ तिहार को उपलक्ष्यमा क्रुज पार्टी गर्ने भएको छ । करिब ४ घण्टाको समुद्र यात्रा हुने यस कार्यक्रममा लाइभ म्यूजिक, म्यूजिक डान्स, डिजेमिक्स, नेपाली खाना प्रमुख आकर्षणका रुपमा रहनेछन् । यस पार्टीलाई अझ अविस्मरणीय र आकर्षण बनाउन चितवन समाजले निशुल्क प्रोफेसनल फोटोग्राफर अरुण चित्रकारबाट फोटो सेसनको समेत व्यवस्था गरिएको छ ।

पार्टीमा सहभागी हुनका लागि ६० डलरको टिकटको व्यवस्था गरिएको छ भने अहिले लगभग क्रुज फूल भइसकेको जानकारी आयोजकको तर्फबाट दिपक आचार्यले बताएका छन् ।
यो ग्राण्ड पार्टीलाई अष्ट्रेलियाको शैक्षिक तथा माइग्रेशन कानून सम्बन्धी सेवा प्रदान गर्दै आएको टि.डब्लू.जी.जीले ले प्रायोजन गरेको छ । यस्तै प्यालटिनियम स्पोन्सर बायर्स च्वाइस र गोल्ड स्पोन्सर बुद्ध ट्राभल्स्ले गरेका छन् । त्यसैगरी आर.जी.आइ.टी अष्टेलिया, महालक्ष्मी ज्वयलर्स, निरङ्कर रेष्टुराँ, चित्रकार ग्यालरी र ग्रेस इन्टरनेसनलले कार्यक्रमलाई सहयोग गरेका छन् । कार्यक्रमको मिडिया पार्टनरसीपमा नेपाली टाइम्स् मेल्वर्न, हिमालयन कङ्गारु डट कम र एम.एन.टी.भी रहेकोे छ ।