आइफोन ७ पड्किएको दावी

-- NTA REP. / प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७३

iphone-7एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइलको बिक्री वितरणका लागि सधैं प्रतिस्पर्धा गर्ने ब्राण्ड हुन् । हालै सावैजनिक भएको एक घटनाले एप्पल र स्यामसुङ आफ्ना नयाँ मोबाइल पड्किनेमा समेत प्रतिस्पर्धामा रहेको देखाएको छ । हालै अष्ट्रेलियाका एक प्रयोगकर्ताले आइफोन सेभेन पड्किएको बताएपछि एप्पलले यसबारे अनुसन्धान प्रारम्भ गरिएको बताएको छ । आइफोन सेभेनका केही प्रयोगकर्ताहरूले केहि दिन अघि आफ्नो आइफोन सेभेन पड्किएको बताएका थिए । अष्ट्रेलियाका प्रयोगकर्ता ग्याट जोन्सले आफूले आइफोन सेभेन कारमा छोडेको र उक्त आइफोन पड्किएर आफ्नो कारमा समेत क्षति भएको बताएका थिए । उनको क्षतिग्रस्त कार र पड्किएको आइफोन सभेनको तस्बिर अष्ट्रेलियाको एक टेलिभिजन च्यानलले प्रशासण गरेपछि आइफोनले यस बारे आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।