आवाजले चल्ने प्रविधी

-- NTA REP. / प्रकाशित मिति : बिहिबार, पुस १४, २०७३

नेपालका सात जना विद्याथीले मुखको आवाजको कमाण्डले बत्ति, टिभी, फ्यान अफ र अन हुने प्रविधि निर्माण गरेका छन् । उनीहरूले बोलीको कमाण्डबाट चल्ने रोबोटसमेत बनाएका छन् । उनीहरूले आफूले बनाएका प्रविधि पत्रकार सामु प्रस्तुत गरेका हुन् । घर अगाडि चोर आएमा मोवाइलमा फोन र म्यासेज आउने, मान्छेको उपस्थिति भएमात्र पंखा चल्ने र मान्छे बाहिर निस्कने बित्तीकै बन्द हुने स्मार्ट फ्यान समेत उनीहरूले बनाएर प्रस्तुत गरेका छन् ।  आफ्नै प्रयासमा अनुसन्धान गरेर ती प्रविधि बनाएको उनीहरूले बताएका छन् ।कञ्चनपुर बेदकोट नगरपालिका–१३ का २१ वर्षीय निरज शाह, झलारी नगरपालिका– ११ का उत्तरराज जोशी, बैलौरी नगरपालिका–१९ सुदीप श्रेष्ट, कृष्णपुर नगरपालिका–६ सुदीप श्रेष्ट, कृष्णपुर नगरपालिका–६ का रोसन देउवा, अछाम घुघुरकोट– ६ का २३ वर्षीय  निरज शाह, तथा धनगढीका का अर्जुन पुरी मिलेर विभिन्न प्रविधिको निर्माण गरेका हुन् ।