विकिपीडिया कति विश्वासिलो ?

-- NTA REP. / प्रकाशित मिति : सोमवार, पुस १८, २०७३

अनलाइनमा कुनै जानकारी चाहिएमा हामी विकिपीडियाको सहयोग लिन्छौं । विकिपीडियामा हामी आफूलाई चाहिने सूचना खोज्छौं । वास्तवमा विकिपीडियामा हुने सबै जानकारीलाई पूर्णरुपमा भने विश्वास गर्न सकिंदैन किन भने विकिपीडिया पेजलाई जसले पनि सम्पादन गरेर जनकारी राखिदिन सक्छ । यदि तपाई कुनै महत्वपूर्ण कामको लागि जनकारी खोजिरहनु भएको छ भने विकिपीडियामा निर्भर पर्नु गलत हुनसक्छ तर सबै विषयमा भने यस्तो भन्न पनि सकिंदैन । विकिपीडिया पेजमा हिरियो रंङमा क्रस देखिन्छ भने त्यो पेजमा भएको जानकारीलाई बढी विश्वास गर्न सकिन्छ । विश्वसनीय ठाउँबाट लिएर राखिएको जानकारीको पेजमा यस्तो क्रस राख्ने गरिन्छ । विकिपीडियाको स्टार संकेत रहेको पेज पनि छ । त्यसलाई विकिपीडियाको सबैभन्दा विश्वसनीय पेज मानिन्छ । यसको सम्पादन गर्न निकै समय लाग्छ । आम पेज र यो पेज पढ्दा आफै फरक पाउन सकिन्छ । विकिपीडियामा संसारभरीका २ सय ९३ भाषामा जानकारीको लागि इनसाइक्लोपीडिया तयार पारिएको छ । यो संसारको सबैभन्दा ठूलो इनसाक्लोपीडिया हो । अहिले नेपाली भाषाबाट पनि विकिपीडियामा खोज्न सकिने व्यवस्था मिलाइएको छ ।