एनआरएनएमा छिटो मनसुनको संकेत

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : सोमवार, पुस ११, २०७३

कृषिप्रधान देश नेपालमा मनसुन निकै प्रिय शब्द हो जहाँ मनसुनकै आधारमा वर्षा हुने गर्दछ र वर्षाको भरमा खेतिपाति गरिने हुनाले सहि समयमा मनसुन आएमा खेतिपाति राम्रो हुने र किसानहरु लाभान्वित हुने गर्दछन् ।  तर कहिलेकाहिँ त्यो मनसुन अल्ली चाँडो आउँथ्यो र नचाहिने बेलामा धेरै वर्षा हुन्थ्यो अनि वास्तविक खेति गर्ने बेला १५ असारतिर खडेरी पर्दथ्यो जसले गर्दा सर्बसाधारण किसानहरु मारमा पर्दथे ।  त्यस्तै गरि अहिले एनआरएनएमा पनि चाहिने भन्दा अलि छिटो चुनावी मनसुन आएको हो कि भन्ने आभास पाउन थालेका छन् सर्बसाधारणले । सम्भावित नेताहरुको देश दौडाहा नजानिँदो ढंगले सुरु हुन थालेको छ भने सामाजिक संजाल र संचार माध्यमहरु पनि सलबलाएको देखिन्छ । एनआरएनए अष्ट्रेलियाको बर्तमान कार्यसमितिको अवधि अझै ६ महिना जति छ र आइसीसीको १० महिना बाँकी  हुदै गर्दा दुवै तहका सम्भावित पदहरुका लागि यो दौडाहा अलि बेमौसमी जस्तै देखिन्छ । आइसीसी अभियान हालकोलागि र हाम्रोलागि अलि परको बषय होला  तर हाल सामाजिक संजालमा तात्दै गरेको एनआरएनए एनसीसी अष्ट्रेलियाको आउँदो २०१७ – १९ को कार्यकालका लागि सामाजिक संजालमार्फत सुरु हुन थालेको बहसले  एनआरएनए अष्ट्रेलिया  संग आबद्ध  र सम्बद्ध  मानिसहरुलार्ई तरंगित र उत्साहित भने पक्कै बनाएको छ । यस्तो समय अगावै आउन थालेको चुनावी लहरले एकातिर  एनआरएनए अष्ट्रेलियाले आगामी दिनहरुमा प्राथमिकताका साथ गर्नुपर्ने कामहरुमा पर्न सक्ने सम्भावित नकारात्मक असरका बारेमा होसियार हुनु पर्ने देखिन्छ  भने अर्कोतिर पदिय होडवाजीको घनचक्करमा आफ्नो समूह र समुदायमा पर्न सक्ने सम्बन्धको सम्भावित दरारप्रति पनि बिशेष चनाखो र जिम्मेवार हुनु पर्ने देखिन्छ ।

एनआरएनए अष्ट्रेलियाको बर्तमान कार्यसमितिको अवधि अझै ६ महिना जति छ र आइसीसीको १० महिना बाँकी  हुदै गर्दा दुवै तहका सम्भावित पदहरुका लागि यो दौडाहा अलि बेमौसमी जस्तै देखिन्छ ।

गैह्र आवासीय नेपाली अभियानलाई सबैको साझा अभियानको रुपमा बिस्तार गर्न यसको सदस्यता बिस्तारमा  वर्तमान कार्यसमितिले ध्यान पुर्याउनुपर्ने अर्को महत्वपूर्ण कार्य हो । हाल अष्ट्रेलियामा  करिब ७० हजार भन्दा धेरै नेपाली रहेको अनुमान गर्दै गर्दा  करिब ६ हजार जति मात्र एनआरएनएमा पञ्जीकृत सदस्यहरु छन् ।  त्यस मध्येपनि एनआरएनए अभियानमा वास्तविक सहभागी हुने उद्देश्यले स्वतःस्फूर्त रुपमा सदस्यता लिनेहरुको  संख्या निक्कै कम छ । यो तीतो सत्य हो, अधिकांश सदस्यहरु  चुनाबी प्रयोजनकालागि प्रायोजित सदस्यहरु छन् जसको चुनाव सकिए पछि एनआरएनएमा खासै कुनै चासो र योगदान देखिदैन । यो तीतो यथार्थता यहि हो यसलार्ई हामी सबै मिलेर निरुत्साहित गर्नुपर्छ र स्वतःस्फूर्त सदस्यतालाई बिस्तार गर्दै आउँदो अधिवेसन अगाडि हालको संख्यालाई  कम्तिमा पनि दोब्बर  बनाउने अभियाननै चलाउनु आबस्यक छ । तसर्थ  मापदण्ड पुगेका सबैलाई प्रायोजित होइन स्वतःस्फूर्त रुपमा  एनआरएनए अष्ट्रेलियाको सदस्यता लिन  प्रेरित गर्नुपर्ने देखिन्छ ।

यसैगरि एनआरएनएलाई डाएस्पोरामा एउटा सबै नेपालीहरुको साझा संस्था र साझा अभियानको रुपमा स्थापित गराउनु अपरिहार्य छ, आउँदा दिनहरुमा । यो एकदुई जनाको मात्र  चाहना होइन, नेपाल र  विदेशमा बस्ने तमाम नेपालीहरुको हितमा पनि छ । डाएस्पोरामा नेपालीहरुको एकताको बहुआयामिक महत्व छ र यो अभियान एनआरएनएले मात्रै सफल पर्न  सक्छ भन्ने कुरामा दुई मत नहोला । यसकालागि  नेतृत्वमा जाने व्यक्तिहरुले क्षणिक पदीय प्रलोभनभन्दा माथि उठेर समुदायमा पारस्परिक सम्मान, सद्भाबको बाताबरण बनाउदै गैर आवासीय नेपाली संजालप्रति सबैको अपनत्व महसुस गर्ने वाताबरण प्रदान गर्नको लागि अनवरत काम गर्नु पर्ने देखिन्छ ।

हाल अष्ट्रेलियामा  करिब ७० हजार भन्दा धेरै नेपाली रहेको अनुमान गर्दै गर्दा  करिब ६ हजार जति मात्र एनआरएनएमा पञ्जीकृत सदस्यहरु छन् ।  त्यस मध्येपनि एनआरएनए अभियानमा वास्तविक सहभागी हुने उद्देश्यले स्वतःस्फूर्त रुपमा सदस्यता लिनेहरुको  संख्या निक्कै कम छ ।

करिब १२ बसन्त पार गर्दै गर्दा एनआरएनए अष्ट्रेलियाले एनआरएन विश्व संजालमा आफ्नो छुट्टै पहिचान मात्रै होइन निरन्तर आफ्नो बर्चस्व राख्न सफल भएको छ । भौगोलिक रूपले हेर्दा विश्वमानचित्रमा एउटा दुर दराजमा पर्ने मूलुक हो अष्ट्रेलिया ।  त्यति हुँदाहुँदै पनि अष्ट्रेलियाले सुरु देखिनै एनआरएनए विश्व अभियानमा एउटा महत्वपूर्ण सहयात्रीको भूमिका निभाएको छ । त्यति मात्र होइन छोटो समयमै  निरन्तर दुई पटकसम्म संघको अध्यक्ष पद पनि अष्ट्रेलियालेनै पाएको र अन्य पदाधिकारी तहसम्म पनि अष्ट्रेलियाले महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरिसकेकोले  पनि एनआरएन विश्व संजाल तथा नेपाल सरकारले एनआरएनए अष्ट्रेलियालार्ई हेर्ने दृष्टिकोण बिशेष र बिशिष्ट प्रकारको छ । यस्तो खालको गैर नाफामूलक सामाजिक अभियानको रुपमा एनआरएनएले  प्राप्त गरेको आजसम्मको उपलब्धिमा हामीले गौरव महसुश गर्दै  आउँदा दिनहरुमा थप जिम्मेवार हुनु पर्ने देखिन्छ ।  सन् २००५ देखि हालसम्म आर्जेको बर्चस्व र साखलाई बचाई समग्र अष्ट्रेलियामा रहेका नेपालीहरुलाई गोलबन्द  गर्दै “हाम्रो एन आर एन” को भावना जगाउन आउँदा दिनहरुमा सबैले मिलेर यो संजाललाई अरु मजबुत र बिस्तृत गर्दै लैजानु पर्ने देखिन्छ ।  यसकालागि एनआरएनए  अभियानमा लागेका कार्यसमिति र आजसम्मका सबै  अभियन्ताहरु र समुदायका सबै जिम्मेवार सदस्यहरु मिलेरै काम गर्नु पर्ने देखिन्छ । एउटा बृहत्तर उद्देश्य प्राप्तिको लागि हामी  साना तिना र अल्पकालिन मदभेद र असहमति भन्दा माथि उठ्नै  पर्छ । किनकि एनआरएनए हामी विदेशमा बस्ने नेपालीहरुको एउटा साझा घर हो, साझा अभियान हो  र बिशेष गरि बहुसांस्कृतिक अष्ट्रेलियामा हाम्रो एउटा साझा पहिचान पनि हो ।

एनआरएनए अष्ट्रेलियाको  प्रस्तावित बिधान संसोधनमा छलफल गर्नुपर्ने छ, त्यसपछि मात्र सदस्यताका लागि आबेदन खुला गर्ने, कार्यसमितिको पूर्ण बैठक बसी आगामी अधिवेसन तथा निर्वाचनको  मिति तय गर्नु पर्ने,  सम्बन्धित नीतिनियम, आचार संहितामा छलफल हुनुपर्ने, लागु गर्नुपर्ने जस्ता थुप्रै कामहरु बाँकी नै छन् । 

छोटो अबधिमै  एनआरएनए अभियानले  नेपाल र नेपालीको लागि थुप्रै राम्रा कामहरु गरिसकेको छ । यसले भबिष्यको लागि  एउटा बलियो पूर्वाधार खडा गरिसकेको छ । त्यो मात्र होइन यसले एकातिर प्रवासमा नेपाली समुदायको प्रतिनिधिमूलक संस्थाको रुपमा नेपाली र गैर नेपाली धेरैको बिश्वास पनि जितिसकेको छ भने अर्काेतिर नेपालमा जब विपद पर्छ तब एनआरएनहरुसंग मानिसहरुको ठूलो अपेक्षा हुने गरेको देखिन्छ । सन् २०१५ अप्रिलमा जब नेपाल महाभूकम्पको चपेटामा पर्यो तब ग्राउण्ड जिरोमा पुगि  उद्दार, राहत तथा पुननिर्माणकार्यका लागि सयौं  एनआरएनहरु ज्यानको बाजी राखेर अग्रपंक्तिमा खटेका थिए भने प्रवासमा लाखाैं एनआरएनहरु सम्बंधित देशमा सहयोग संकलनको लागि खटेका थिए । त्यसै अनुरुप अष्ट्रेलियामा स्वतस्फूर्त रुपमा थुप्रै सहयोग दाताहरुले एनआरएनए मार्फतनै भूकम्प पिडितलाई सहयोग स्वरूप हजारौं डलर जम्मा गरिदिनुले एनआरएनए प्रति समाजको विश्वास प्रष्ट हुन्छ । त्यस विपदको घडीमा  एनआरएनए पदाधिकारीहरु भूकम्प पिडितहरुको सहयोगको लागि दाताहरुबाट सहयोग बुझ्न मात्र व्यस्त हुनु पर्ने अवस्था थियो ।  स्मरणीय रहोस करिब ११ लाख अष्ट्रेलियन  डलर स्वतः स्फूर्त रुपमा दाताहरुले एनआरएनए अष्ट्रेलिया मार्फत सहयोग गरेका थिए ।  संक्षेपमा भन्नुपर्दा  एनआरएनएले आफ्नो संजाल संसारमा फैलाएको मात्र होइन स्थानीय तहमा विश्वास पनि आर्जन गरेको छ ।

एनआरएनएलाई राम्ररी बुझेको, समाजसेवामा निस्वार्थ  खट्न सक्ने उत्कट चाहाना बोकेको, श्रोत र साधन सम्पन्न, नेपाली समुदायमै पनि विविधतामा एकता बुझेको, सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वदायी क्षमतामा खारिएको व्यक्तित्वको चयन गर्ने एउटा उत्तम माध्यमको  रुपमा लिनु पर्ने देखिन्छ ।

हो, पद र जिम्मेवारिको लागि आफ्नो चाहना ब्यक्त गर्दै गर्नु नराम्रो होइन तर जिम्मेवार मानिसहरुले जिम्मेवार ढंगबाटै काम सुरु गर्नु राम्रो हुन्छ । अझै पनि एनआरए अष्ट्रेलिया वर्तमान कार्य समितिको एक चौथाई कार्यकाल बाँकीनै छ । हुन त कतिपयले नेपाल फेस्टिवल सकिए पछि कार्यकाल सकिएको टिप्पणी गर्छन् तर त्यो जिम्मेवार धारणा होइन । संघले आफ्नो कार्यकालको  अन्तिम दिनसम्म पनि  बिश्राम लिने र संस्थाको गतिबिधिमा भ्याकुम बाताबरण राख्ने काम गर्नु हुदैन ।  गत निर्वाचनताका बाचा गरिएका तर सम्पन्न हुन बाँकी कार्यहरु थुप्रै छन् । त्यसलाई सम्पन्न गर्न बर्तमान कार्यसमितिका जिम्मेवार सदस्यहरुले अनवरत काम गर्नु पर्ने देखिन्छ ।  एनआरएनए अष्ट्रेलियाको  प्रस्तावित बिधान संसोधनमा छलफल गर्नुपर्ने छ, त्यसपछि मात्र सदस्यताका लागि आबेदन खुला गर्ने, कार्यसमितिको पूर्ण बैठक बसी आगामी अधिवेसन तथा निर्वाचनको  मिति तय गर्नु पर्ने,  सम्बन्धित नीतिनियम, आचार संहितामा छलफल हुनुपर्ने, लागु गर्नुपर्ने जस्ता थुप्रै कामहरु बाँकी नै छन् ।  बिधान बमोजिम कार्य समितिले पञ्जीकृत सदस्यता खुला गर्ने र निश्चित समयमा यसलार्ई बन्द गर्दै चुनावी प्रक्रियामा जाने बारेमा पनि निर्णय लिन बाँकी नै  छ । त्यसै गरि  निर्वाचन प्रयोजनका लागि जब सदस्यहरुको टुंगो लाग्छ तब निर्वाचन आयोगले आबश्यक निमावाली तयार पारि रिक्त  पदहरुको लागि दरखास्त आवाहन गर्ने छ । त्यति बेलापनि अहिलेका संचार माध्यम र सामाजिक संजाल रहने नै छन् । र प्रचार प्रसार गर्न पाइने नै छ । तसर्थ सामाजिक संजालमा अहिले नै उम्मेदवारीको अस्वथ्य र असामयिक  होड एनआरएन अभियानमा प्रत्युत्पादक हुन सक्छ । चाहे उम्मेवार हुन् वा मिडिया कसैबाट पनि गर्ने  बेमौसमी  घोडा दौड  वा यस्ता कार्यको प्रचार प्रसार र प्रबर्धनले  एनआरएनमा गर्नु पर्ने थुप्रै कार्यहरु ओझेलमा पर्न सक्छन् त्यसमा सम्बन्धित सबै  जिम्मेवार पक्षहरु  होशियार हुनु पर्ने देखिन्छ ।

एनआरएनए एउटा “नेपालीका लागि नेपाली” सामुहिक अभियान हो । यो आम नेपालीको  बिश्वास हो , भरोशा हो,   बिरासत हो, अवसर र चुनौती दुवै हो । तसर्थ डायस्पोरामा रहेका समग्र नेपालीहरुको बिगत, बर्तमान र भबिष्यसंग सरोकार राख्ने एउटा अन्त्यहिन अभियान, एनआरएनएको आगामी निर्वाचन र यसले प्रदान गर्ने नेतृत्वलाई केवल एउटा पद पूर्तिको रुपमा मात्र हेरिनु हुँदैन । नेतृत्व हस्तान्तरण सरकारी काममा खरिदारबाट सुब्बा भएजस्तो प्रक्रिया पनि होइन ।  यसलार्ई एउटा समुन्द्र मंथन गरेर अमृत निकाले जस्तै  एनआरएनएलाई राम्ररी बुझेको, समाजसेवामा निस्वार्थ  खट्न सक्ने उत्कट चाहाना बोकेको, श्रोत र साधन सम्पन्न, नेपाली समुदायमै पनि विविधतामा एकता बुझेको, सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वदायी क्षमतामा खारिएको व्यक्तित्वको चयन गर्ने एउटा उत्तम माध्यमको  रुपमा लिनु पर्ने देखिन्छ ।