उत्साहजनक २०१७

प्रत्येक पुराना कुराले केही सुखद र दु:खद अनुभव दिएर जान्छ । सन् २०१७ ले पनि नेपालीहरूलाई धेरै राम्रा सुखद खबरहरू दिएर गयो भने केही दु:खद खबरहरू समेत हामीसामु छोडेर गयो । ५ वर्षपछि भएको जनगणनामा नेपालीहरू ५५ हजार रहेको तथ्य यहाँको सरकारले सार्वजनिक गऱ्यो भने यसैवर्ष बिभिन्न घटनाहरूमा केही नेपालीहरूले ज्यान समेत गुमाउन पुगे ।
नयाँ राजदूत र द्धिदेशीय सम्झौता
राजदुत रुद्रकुमार नेपाल आफ्नो कार्यकाल सकेर नेपाल फर्किएपछि लक्की शेर्पा पहिलो महिला राजदूतका रुपमा यहाँ आइपुगिन् । नेपालमा भएको लामो राजनैतिक खिचातानीपछि राजदूत बनेर आएकी उनले यहाँका नेपालीहरूबाट राम्रो स्वागत मात्र पाईनन् कि अहिलेसम्म देखिएका कमजोरीहरूलाई कम गर्ने र नेपालीहरूबाट देखिएको गुनासोलाई सम्बोधन गर्ने दाबी समेत गरिन् । आउने बित्तिकै वेबसाईटलाई केही परिमार्जन गरिन् भने फोन नउठ्ने समस्यालाई सम्बोधन गर्न प्रयास गरिन् ।
यसवर्ष भएको अर्काे उल्लेखनीय कार्य भनेको अष्ट्रेलिया र नेपाल सरकारका परराष्ट्र सचिवस्तरीय संयन्त्र निर्माण हो । प्रत्येक दुई वर्षमा बैठक गर्ने र दुई देशबीचको आर्थिक, राजनीतिक, कुटनैतिक लगायतका सम्बन्धलाई अर्काे चरणमा लैजाने उद्देश्यका साथ संयन्त्र निर्माण गरिएको बताइएको छ । जुन कार्यलाई मुर्तरुप दिन परराष्ट्र सचिव शंकर बैरागी नै यहाँ आएका थिए । यो संयन्त्र निर्माण भइसकेपछि अष्ट्रेलिया र नेपालबीचमा भएको ब्यापार घाटा कम हुने आशा राखिएको भएपनि अहिलेसम्म त्यसबारेमा कुनैपनि उल्लेख्य उपलब्द्धि सार्वजनिक भइसकेको छैन् ।
एनआरएनमा नयाँ नेतृत्व
प्रत्येक दुई वर्षमा चुनिने एनआरएनको नेतृत्व यसैवर्ष चुनियो । अनेकन सहमतिका प्रयास, असहमतिका प्रयास र यस्तै बिभिन्न चर्चा परिचर्चासँगै एनआरएनले मेलबर्नका टोनु घोतानेको नेतृत्व पायो । यसवर्ष न्यु साउथ वेल्सबाट नेतृत्व लिन नपाउने भएकाले समेत मुख्य नेतृत्व मेलबर्न र ब्रिसबेनले पायो । ब्रिसबेनका नारायण कोइराला महासचिवमा चयन भए भने अन्य नेतृत्वमा सिड्नीकै संख्या बढी थियो ।
निर्वाचनबाटै अष्ट्रेलियाका बिभिन्न राज्यहरूमा पनि नयाँ कार्यसमिति चयन गरिएको थियो । वर्षको अन्त्यतिर एनआरएनले मनोनयन गरेको सदस्यहरूका बारेमा समेत विवाद भएको सार्वजनिक भयो । असन्तुष्ट पक्ष र अध्यक्ष र महासचिवका बीचमा बिज्ञप्ति र प्रष्टीकरणको लहर नै चल्यो ।
यसैवर्ष नेपालमा भएको एनआरएन केन्द्रीय कमिटीको महाधिवेशनले पनि भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिती चयन गऱ्यो । महाधिवेशनको मुख्य चर्चा भने मेलबर्नकी धनाढ्य नेपालीमूलकी ब्यवसायी जमुना घले गुरुङ को नै भयो । निर्वाचनको केही दिनअघि मात्र औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेकी उनले पराजय बेहोरिन् । अर्काे रोचक पक्ष भनेको एनआरएनको केन्द्रीय कमिटीमा अष्ट्रेलियाबाट जस जसले उम्मेदवारी घोषणा गरेका थिए ती सबैले हार बेहोर्नुपरयो ।
यसबाहेक पनि २०१७ मा नेपाली समुदायमा धेरै उल्लेख्य र रोचक कार्यक्रमहरू सम्पन्न भयो । मेलबर्नमा नेपालीहरूले आफ्नै सामुदायिक भवन निर्माणका लागि आयोजना गरेको सप्ताह महापुराणपनि चर्चाको विर्षय बन्यो । जसबाट १ मिलियनभन्दा बढी रकमको प्रतिबद्धता आएपछि उक्त कार्यक्रम सफल भएको दाबी मात्र गरिएन् कि भवन निर्माणका लागि समिती बनाएर कार्य अघि बढाइसकिएको आयोजकले जनायो ।
यसैगरि एकजुट बनेका झापाली संगठनले समेत रुपक चुडालको नेतृत्वमा नयाँ कार्यसमिती चयन गर््यो । अहिलेसम्म करिब ५० लाख रुपैया बराबरको शैक्षिक, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग पुरयाएको दाबी गर्ने झापाली समाजले यसैवर्ष नेपालमा आयोजना भएको महाधिवेशनबाट केन्द्रीय कार्यसमिती समेत चयन गऱ्यो । अष्ट्रेलियाकै दिनेश पोखरेलको अध्यक्षतामा चुनिएको कार्यसमितले अहिलेसम्म २० वटा राज्यहरूमा आफ्नो शाखा स्थापना गरिसकेको जानकारी दिएको छ ।
एनआरएनले प्रत्येक वर्ष आयोजना गर्दै आएको अभिभावकको पिकनिकले समेत चर्चा पायो । एनआरएनले नेपालबाट आएका अभिभावकहरूलाई एकआपसमा परिचय गराउने र उनीहरूलाई यहाँपनि नेपालीपनको आभाष गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो । जसमा अभिभावकहरूले रमाईलो त गरे नै एनआरएनले समेत अभिभावकहरूलाई सम्मान गरेको अनुभव सबैलाई दिलायो । यसैगरि एनआरएन लगायतका बिभिन्न करिब एक दर्जन संस्थाले तीजको अवसरमा नेपाली धर्मावलम्बिहरूलाई यातायात सहज बनाउनका लािग नि:शुल्क सवारी सुविधाले समेत राम्रै चर्चा पायो बिशेष गरेर सामाजिक सञ्जालहरूमा ।
यसबाहेक प्राय: हप्तैजसो हुने सांगितिक कार्यक्रमहरूले समेत यहाँका नेपालीहरूलाई राम्रै मनोरञ्जन दिलायो । दर्जनौ नेपाली चलचित्रहरूले अष्ट्रेलियाका हलमा स्थान पाए भने केही कलाकारहरूले चलचित्र प्रदर्शनका लागि अष्ट्रेलिया घुम्ने अवसर समेत पाए । यसवर्ष नेपथ्यदेखि सत्यस्वरुपसम्मले अष्ट्रेलियामा कार्यक्रम गर्न पाए भने अन्य चलेका धेरै कलाकारहरूले समेत अष्ट्रेलियाका नेपालीहरूलाई मनोरञ्जन दिलाउने अवसर पाए ।
नेपालीहरूले यहाँको केन्द्रीय राजनीतिमा समेत महत्वपूर्ण स्थान बनाएको समाचारहरू सार्वजनिक भएभने केही नेपालीहरूले उम्मेदवार बनेर निर्वाचनमा सहभागिता जनाउन समेत पाए । यसबाहेक पनि धेरै सामाजिक, व्यवसायिक, व्यक्तिगत कार्यक्रमहरू आयोजना गरिए । सबै कार्यक्रमहरूलाई समेट्न नसकिएपनि यसवर्ष यहाँका नेपालीहरूका लागि २०१७ सहज र राम्रो रह्यो ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...