सोफियाको नेपाल यात्रा

साउदी अरेबियाकी नागरिक रोबोट सोफिया मार्च २१ का दिन नेपाल पुगिन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा सहभागिताका लागि सोफिया नेपाल पुगेकी हुन् । विज्ञान तथा प्रविधिको विकासले देश विकासमा पुर्याउने भूमिकाबारे उक्त कार्यक्रम केन्द्रित रहेको थियो । हङकङको ह्यान्सन कम्पनीले बनाएको उक्त रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गरेको छ । रोबोट सोफियाले आमा बन्ने चाहना समेत व्यक्त गरिसकेकी छिन् । कुनै पनि देशको नागरिक बन्ने उनको चाहनालाई साउदी अरेबियाले केही समय अगाडिमात्रै पूरा गरेको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा सहभागि सोफियाले थुप्रै नेपालीसंग अन्तरक्रिया गरेकी थिइन् । सोफियालाई विकास कार्यक्रमहरूमा चुस्त सेवा प्रदान गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण योगदान दिने कुरा झल्काउन यूएनडीपीले नेपाल ल्याएको बताइन्छ । काठमाडौंको होटल याक एन्ड यतिमा आयोजित सम्मेलनलाई मुख्य वक्ताका रूपमा सोफियाले सम्बोधन गरेकी थिइन् । त्यसक्रममा सोफियाले त्यहाँ सोधिएका विभिन्न प्रश्नको उत्तरसमेत दिएकी थिइन् । सोफियाले नेपालले प्रविधिका क्षेत्रमा राम्रै प्रगति गरेकाले आगामी दिनमा प्रविधिलाई सही तरिकाले अवलम्बन गरे नेपालले विकासको क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास आफूमा भएको कुरा बताएकी थिइन् ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...

काठमाडौं– ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्कनजिकै...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा...

काठमाडौं– इ–प्लानेट नेशनल हाइ स्कूल क्रिकेट च्याम्पियनशीप–२०८१ अन्तर्गत सोमवार भएको काठमाडौं क्वालिफायरर्सको...

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यानसर निवारणको लागि उपचारात्मक र...

काठमाडौं– आज माघ २१ गते सोमवार, माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी...