बेलायतको अन्तक्रियामा हमाल

अभिनेता राजेश हमाल हालै बेलायतमा आयोजित ‘म अनि मेरो मातृभूमि’ विषयक अन्तक्र्रिया कार्यक्रमको प्रमुख आकर्षक बने । ‘कलाकारको नाताले बेलायतका नेपालीसंग आत्मीयता साट्न पाउँदा खुशी लागेको छ, अन्तक्र्रियामा सहभागिता जनाउँदै हमालले भने–‘मातृभूमिप्रति यहाँहरुको साथ र सहयोग प्रशंसनीय छ । नेपालीको प्रगति सुनेर झन् गर्व लाग्छ ।’ अभिनेता हमाल बेलायतको यस्तो ठाउँमा थिए, जसलाई नेपाली आएर बसोवास गरेको पहिलो शहर मानिन्छ । गोर्खाहरुको विशेष सम्वन्ध रहेको शहर पनि मानिन्छ टिडवर्थ । ‘नेपाली डायस्पोरा विश्वभर छरिएर बस्न थालेको भर्खर भर्खर हो’, हमालले भने– ‘विदेशमा जहाँ बसेपनि मनोविज्ञान र भावना आफ्नै राष्ट्र र समाजसंग गाँसिएको हुन्छ ।’ समारोहमा अभिनेता हमालले टेलिभिजन सेलिब्रेटी दिलभुषण पाठक तथा अन्य सहभागीका असंख्य प्रश्नको सामना गरेका थिए । समारोहमा प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समुदायले नेपाल र नेपालीको पहिचान, आर्थिक समृद्धि, विकास, स्थायित्व र स्वाभिमानका लागि सधैं चिन्तन, चिन्ता र चासो लिइरहेकामा हर्ष एवं गौरव महशुस भएको उल्लेख गरे । एनआरएनए यूके युवा विभागले आयोजना गरेको उक्त कार्यक्रममा ‘प्यानलिष्ट’ का रुपमा रहेका एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले बेलायतका नेपालीको पृष्ठभूमिबारे जानकारी दिंदै हरेक पेशा र व्यवसायमा नेपाली स्थापित हुंदै गएका बताए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...