कोरियामा नेपाल डे

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जुलाई २२ का दिन दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो । कार्यक्रममा सयौं नेपाली जम्मा भएर नेपाली कला र संस्कृति प्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न जात जातिको मौलिक भेषभुषामा सजिएर, मादल, सारंगी, झाम्टा र डम्फूजस्ता सांस्कृतिक बाजा बजाउँदै र्याली निकाले । ३७ डिग्री तापक्रमको बाबजुद पनि नेपालीहरु करिब १ किलोमिटर पैदल हि“डेका थिए । सगरमाथा, लुम्बिनी, भक्तपुर र पाटन दरबारजस्ता पर्यटकीय स्थलहरुको पोस्टरहरु प्रदर्शन गर्दै नेपाली गीत, संगीतको धुनमा र्याली सम्पन्न गरिएको थियो । कार्यक्रममा कौडा, साकेला, सेलोजस्ता विभिन्न सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । स्टलमार्फत नेपाली कला र संस्कृति झल्कने सामग्री र नेपाली खानपिनको प्रदर्शन गरिएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...