मलेसिया जाने निश्चित

नेपाल सरकारले मे १६ तारिखसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् । काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल भिसा प्राप्त भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो । वैदेशिक श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति लिएपछि मात्रै मलेसिया जान पाउने व्यवस्था छ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले कामदार माथिको आर्थिक भार नहटाएसम्म नेपालीलाई मलेसिया नपठाउने निर्णय गरेपछि भिसा पाइसकेका कामदारले समेत श्रम स्वीकृति पाएका थिएनन् । मे १६ अघि नै दूतावासबाट ४ सय ५३ र मे १६ पछि झन्डै २५ सय कामदारको भिसा स्ट्यापीङ भएको थियो । उनीहरुलाई अन्तिम श्रम स्वीकृति दिन पेश गरिएको फाइल वैदेशिक रोजगार कार्यालयमा रोकिएको थियो । वैदेशिक रोजगार बिभागले मलेसियन कम्पनीको मागपत्रलाई पुर्व श्रमस्वीकृति दिएपछि मात्रै कामदार लैजानको लागि अन्तर्वार्ता गर्नको लागि बाटो खुल्छ । पुर्व श्रमस्वीकृति विना कामदारको अन्तर्वार्ता गर्ने कार्य गैरकानुनी हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...