एनआएनएको यस्तो आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनले वैदेशिक रोजगारीमा जाने कामदारको शून्यलागतलाई कार्यान्वयन गर्नका लागि गन्तब्य देशसँग श्रम सम्झौता गर्न सरकारलाई आग्रह गरेको छ । संघको दुबईमा अगष्ट २४ मा सम्पन्न तीन दिने छैठौं मध्यपूर्व क्षेत्रिय सम्मेलनले शून्यलागतलाई प्रभावकारी बनाउन श्रम सम्झौतामा जोड दिएको हो । सरकारले तीनवर्ष अघि शून्य लागतको नीति लागु गरे पनि यसको कार्यान्वयन नहुँदा कामदार झन् पीडित बनेका छन् । कामदारले एक लाख रुपैंयाँ बुझाउँदा पनि म्यानपावर कम्पनीले १० हजार रुपैयाँसेवा शुल्कको रसिद दिँदै आएको छ । सम्मेलनले १६ बुँदे दुबई घोषणापत्र समेत जारी गरेको छ । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीबाट जोगाउन नेपाली दूतावासबाटै मागपत्र प्रमाणीकरण गर्ने सरकारको कदमलाई स्वागत गरेको छ । ‘यसलाई प्रभावकारी र छिटो कार्यसम्पादन गर्न आधुनिक प्रविधि प्रयोग गरी कागजातविहिन प्रणालीद्वारा कार्यन्वयन गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ । सम्मेलनले नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनस्श्रम स्वीकृति दिने ब्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याउन पराराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरेको छ । ‘विदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारलाई विशेष गरी महिला कामदार सोही रोजगारदाताकोमा काम गर्न चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन सरकारलाई आग्रह गरेको छ,’ घोषणापत्रमा भनिएको छ । विदामा आउनेलाई श्रम स्वीकृति नदिँदा खाडी क्षेत्रमा कार्यरत घरेलु कामदार घर फर्किन पाएका छैनन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...