लण्डनमा नेपाली मेला
बेलायतको राजधानी लण्डनस्थित केम्पटन पार्क रेसकोर्समा अगष्ट २६ का दिन नेपाली मेला आयोजना गरिएको छ । नेपालमै दुर्लभ लाग्ने सँंस्कृतिक झाँकी, नृत्य र भेषभुषाले मेलाको वातावरण ‘मिनी नेपाल’ झैं देखिएको थियो । मेलामा दुई दर्जन नेपाली संघ–संस्थाले झाँकी र करिब डेढ दर्जनले नृत्यमा प्रतिष्पर्धा गरेर नेपाली मौलिक कला सँस्कृतिलाई प्रस्तुत गरे । मेलामा सोरठी, घाटु, बालन, लाखे, कृष्ण चरित्र नाच, धान नाच, चुडका, कौडा, रत्यौलीदेखि तीज र टहोंटे पर्व झल्काउने मौलिक प्रस्तुति आकर्षणको केन्द्र बन्यो । झाँकीमा ढिकी जाँतो, डोको नाम्लो, हलो जुवा, कुटो कोदालो, स्याखु, चर्खा, राडी, गुन्द्री, चर्खा, ठेकी, मदानी जस्ता झण्डै तीन दर्जन सामाग्री प्रदर्शन गरेर लमजुङ समाज यूकेले एम्बासडर कप नै जित्यो । यो मेला सन् २००९ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । मेलामा सहभागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली मेला बेलायतको नेपाली समाजमा एउटा इतिहास, पर्व र अभिन्न अंग भइसकेको धारणा व्यक्त गरे । मेला सफल बनाउन ६५ सदस्यीय तयारी समितिले तीन महिनादेखि गृहकार्य गरेको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...