लण्डनमा नेपाली मेला
बेलायतको राजधानी लण्डनस्थित केम्पटन पार्क रेसकोर्समा अगष्ट २६ का दिन नेपाली मेला आयोजना गरिएको छ । नेपालमै दुर्लभ लाग्ने सँंस्कृतिक झाँकी, नृत्य र भेषभुषाले मेलाको वातावरण ‘मिनी नेपाल’ झैं देखिएको थियो । मेलामा दुई दर्जन नेपाली संघ–संस्थाले झाँकी र करिब डेढ दर्जनले नृत्यमा प्रतिष्पर्धा गरेर नेपाली मौलिक कला सँस्कृतिलाई प्रस्तुत गरे । मेलामा सोरठी, घाटु, बालन, लाखे, कृष्ण चरित्र नाच, धान नाच, चुडका, कौडा, रत्यौलीदेखि तीज र टहोंटे पर्व झल्काउने मौलिक प्रस्तुति आकर्षणको केन्द्र बन्यो । झाँकीमा ढिकी जाँतो, डोको नाम्लो, हलो जुवा, कुटो कोदालो, स्याखु, चर्खा, राडी, गुन्द्री, चर्खा, ठेकी, मदानी जस्ता झण्डै तीन दर्जन सामाग्री प्रदर्शन गरेर लमजुङ समाज यूकेले एम्बासडर कप नै जित्यो । यो मेला सन् २००९ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । मेलामा सहभागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली मेला बेलायतको नेपाली समाजमा एउटा इतिहास, पर्व र अभिन्न अंग भइसकेको धारणा व्यक्त गरे । मेला सफल बनाउन ६५ सदस्यीय तयारी समितिले तीन महिनादेखि गृहकार्य गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...