नेपाल भ्रमणमा विश्वकफ ट्रफी
इङ्ल्याण्ड र वेल्सले सन् २०१९ मा संयुक्त रुपमा आयोजना गर्ने आइसिसि विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अक्टोबर २६ का दिन नेपाल आइपुग्यो । ट्रफीलाई त्यही दिन स्वयम्भुमा प्रदर्शन समेत गरियो । ट्रफीलाई युएईबाट उक्त दिन दिउँसो काठमाडौं ल्याइ पुर्याइएको थियो ।
नेपालमा क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक ल्याइएको हो । विश्वका केहि राष्ट्रमा ट्रफी प्रदर्शन गर्ने आइसिसिको कार्यतालिका बमोजिम ट्रफी नेपालमा ल्याइएको आइसिसिकी नेपाल प्रतिनिधि भावना घिमिरेले बताइन् । अक्टोबर २६ मा काठमाडौं आइपुगेको ट्रफीलाई चार दिनसम्म नेपालमा राखिएको हो । ट्रफीलाई अक्टोबर २७ का दिन पोखरा लगियो । पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) सञ्चालन भइरहेको र सम्पूर्ण क्रिकेट खेलाडी तथा पदाधिकारीहरु समेत पोखरामै रहेका कारण ट्रफी पोखरा लागिएको र पोखरा रंगशालामा प्रदर्शन गरिएको बताइन्छ ।
ट्रफिलाई अक्टोबर २७ कै दिन पोखराबाट काठमाडौं ल्याइएको थियो । लगत्तै काठमाडौंको चन्द्रागिरी तथा वसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनका लागि राखिएको थियो । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । विश्वकप क्रिकेट प्रतियोगिता आगामि वर्ष ३० मे देखि १४ जुलाई सम्म आयोजना हुँदैछ । विश्वकपमा कुल १० राष्ट्रको सहभागिता रहने छ ।
पोखरामा भव्य स्वागत
नेपाल टुरमा रहेको विश्वकपको ट्रफी अक्टोबर १७ का दिन पोखरामा सार्वजनिक गरियो । माछापुच्छ्रेको काखमा चलिरहेको पोखरा प्रिमियर लिगमा विश्वकपको ट्रफी सार्वजनिक गरिएको हो । नेपाली क्रिकेट राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले ट्रफी सार्वजनिक गरेका हुन् । पोखरा ल्याइएको ट्रफी पोखरा रंगशाला क्रिकेट मैदानमा ल्याइएको हो । पोखरा प्रिमियर लिगकै समयमा सार्वजनिक गरेपछि ट्रफीलाई फेवातालको किनारमा समेत सार्वजनिक गरियो । ट्रफी सार्वजनिक गरिरहँदा पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेल बुटवल ब्लाष्टर्स र चितवन राईनोजबीच खेल चलिरहेको थियो । ट्रफी सार्वजनिक गर्न प्रिमियर लिगमा सुरक्षाकर्मी र स्वयंसेवकले सुरक्षा प्रदान गरेका थिए ।
चन्द्रागिरीमा ट्रफी
नेपाल टुरमा रहेको विश्वकपको ट्रफी अक्टोबर २८ का दिन काठमाडौंस्थित चन्द्रागिरीमा सार्वजनिक गरियो । चन्द्रागिरीमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् ।
राष्ट्रपतिको हातमा ट्रफी
विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन् । अक्टोबर २८ का दिन शीतल निवास पुर्याइएको उक्त ट्रफीलाई राष्ट्रपति भण्डारीले नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् ।
उक्त ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुादै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
काठमाडौं- संघीय संसदको प्रतिनिधि सभामा हात हालाहालको स्थिति सिर्जना भएपछि बिहीबार साँझ...
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ...
Enjoy the many benefits of starting up tonight hook up tonight for tonight...
Le bref variante: utiliser bons soins de vous fréquemment...
काठमाडौं- सरकारले महत्वाकांक्षी घोषणासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति...