यूएईमा नेपालीको हत्या
संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँमा एउटी नेपाली युवतीले आफ्नै सहकर्मी नेपाली युवतीको हत्या गरेकी छिन् । सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी हुन् । त्यसक्रममा एक जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य घाइते भएका छन् । आबुधावीस्थित नेपाली दूतावासका अनुसार गत अक्टोबर २५ को राति कम्पनीको क्याम्पभित्र मदिरा सेवनको क्रममा आपसी विवाद हुँदा चक्कु प्रहार भएको थियो । उनीहरु एउटा क्लिनिङ सर्भिसेसका सफाई मजदुर थिए । ‘बिदाको नाममा मदिरा सेवन गरेर सविता तामाङ एक्लैले तीन जना साथीलाई चक्कु प्रहार गरेको कम्पनीले जानकारी दिएको छ,’ युएईका लागि कार्यबाहक राजदूत सागर फुयालका अनुसार उनलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । गम्भीर घाइते भएकी ममता चौधरीको आइसियुमा उपचार भइरहेको छ भने सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर क्याम्पमा फर्केका छन् । घटनालगत्तै चार जनालाई नै अल क्यासिमी अस्पतालमा लगिएको थियो । बरालको उपचारको क्रममा अक्टोबर २७ का दिन मृत्यु भएको हो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...