यूएईमा नेपालीको हत्या
संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँमा एउटी नेपाली युवतीले आफ्नै सहकर्मी नेपाली युवतीको हत्या गरेकी छिन् । सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी हुन् । त्यसक्रममा एक जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य घाइते भएका छन् । आबुधावीस्थित नेपाली दूतावासका अनुसार गत अक्टोबर २५ को राति कम्पनीको क्याम्पभित्र मदिरा सेवनको क्रममा आपसी विवाद हुँदा चक्कु प्रहार भएको थियो । उनीहरु एउटा क्लिनिङ सर्भिसेसका सफाई मजदुर थिए । ‘बिदाको नाममा मदिरा सेवन गरेर सविता तामाङ एक्लैले तीन जना साथीलाई चक्कु प्रहार गरेको कम्पनीले जानकारी दिएको छ,’ युएईका लागि कार्यबाहक राजदूत सागर फुयालका अनुसार उनलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । गम्भीर घाइते भएकी ममता चौधरीको आइसियुमा उपचार भइरहेको छ भने सामान्य घाइते भएका आशा दर्जी र सलिना मगर क्याम्पमा फर्केका छन् । घटनालगत्तै चार जनालाई नै अल क्यासिमी अस्पतालमा लगिएको थियो । बरालको उपचारको क्रममा अक्टोबर २७ का दिन मृत्यु भएको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...