रजनीलाई यूके डान्स अफ

बेलायतमा आयोजित नृत्य प्रतियोगिता ‘युके डान्स अफ–२०१८’ को उपाधि रजनी गुरुङले जितेकी छिन् । अल्डरसटस्थित प्रिन्सेस हलमा हालै सम्पन्न तेस्रो संस्करणको प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई उछिनेर रजनीले उपाधि जितेकी हुन् । पब्लिक भोट पनि उनकै पक्षमा रह्यो । विजेता गुरुङलाई एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ र कमल गुरुङ, एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, प्रतियोगिताका आयोजक सपनकुमार राई एवं मञ्जु गुरुङले १२ सय पाउन्ड नगद, प्रमाणपत्र र मेडल प्रदान गरे । प्रतियोगितामा बेनुका लिम्बूले दोस्रो तथा सिर्जना रायमाझीले तेस्रो स्थान हासिल गरे । प्रतियोगीले ‘स्वदेशको झल्को’ अन्तर्गत पहिलो चरणमा नेपाली गीतमा मात्र नृत्य गरे भने दोस्रो चरणमा ‘क्याच द रिदम’ मा आफ्नो रोजाइको गीतमा नृत्य गरेका थिए । प्रतियोगितामा नायिका मिरुना मगर, युके डान्स अफकी पूर्व विजेता जेनी सुनुवार र पर्चा प्रोडक्सनका समिर गुरुङ निर्णायक थिए भने पहिलो नेपाल आइडल बुद्ध लामा अतिथि निर्णायक थिए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...