अष्ट्रेलिया र इंग्ल्यान्ड फाइनलमा
महिला टि–ट्वान्टी क्रिकेट विश्वकप

सिड्नी–अष्टेलिया र इंग्ल्याण्ड टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेका छन् । सेमीफाइनलमा अष्टेलियाले वेष्ट इण्डिज र इंग्ल्याण्डले भारतलाई पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् । शुक्रबार इंग्ल्यान्डले भारतलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गदै अष्ट्रेलियासँग उपाधी भिडन्त पक्का गरेको हो । यसअघि बिहिबार वेष्ट इण्डिज माथि अष्ट्रेलियाले ७१ रनको जित निकालेको थियो ।
भारतले दिएको ११३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १७.१ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । इंग्ल्यान्डको जितमा एमी जोनेस र नटलीई स्किभरले उत्कृष्ट प्रदर्शन गरे । दुबै खेलाडीले अविजित रहदै अर्धशतकीय पारी खेलेपछि भारतमाथि शानदार जित हात पारेको हो । जोनेस ५३ र स्किभर ५२ रनमा अविजित रहे । यी दुई खेलाडीले ९२ रनको साझेदारी गरेका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेटको क्षतिमा ११२ रन बनाएको थियो । भारतका लागि स्मृति मान्धनाले ३४ रन बनाएका थिए । इंग्ल्यान्डका लागि हेयथर काइन्टले तीन विकेट लिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...