अष्ट्रेलिया र इंग्ल्यान्ड फाइनलमा
महिला टि–ट्वान्टी क्रिकेट विश्वकप

सिड्नी–अष्टेलिया र इंग्ल्याण्ड टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेका छन् । सेमीफाइनलमा अष्टेलियाले वेष्ट इण्डिज र इंग्ल्याण्डले भारतलाई पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् । शुक्रबार इंग्ल्यान्डले भारतलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गदै अष्ट्रेलियासँग उपाधी भिडन्त पक्का गरेको हो । यसअघि बिहिबार वेष्ट इण्डिज माथि अष्ट्रेलियाले ७१ रनको जित निकालेको थियो ।
भारतले दिएको ११३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १७.१ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । इंग्ल्यान्डको जितमा एमी जोनेस र नटलीई स्किभरले उत्कृष्ट प्रदर्शन गरे । दुबै खेलाडीले अविजित रहदै अर्धशतकीय पारी खेलेपछि भारतमाथि शानदार जित हात पारेको हो । जोनेस ५३ र स्किभर ५२ रनमा अविजित रहे । यी दुई खेलाडीले ९२ रनको साझेदारी गरेका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेटको क्षतिमा ११२ रन बनाएको थियो । भारतका लागि स्मृति मान्धनाले ३४ रन बनाएका थिए । इंग्ल्यान्डका लागि हेयथर काइन्टले तीन विकेट लिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...