नेपाललाई पहिलो एक दिवसीय श्रृंखला
पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृंखला २–१ ले आफ्नो पक्षमा पारेर ईतिहास रच्न सफल भएको छ ।
अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृंखला आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यस पछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो ।
अन्तिम तथा निर्णायक खेलको नेपालको जितमा पारस नायक रहे । पारसले तेस्रो तथा अन्तिम खेलमा सर्वाधिक १ सय १५ रन बनाए । उनले १ सय ९ बलको सामना गर्दै १५ चौका १ छक्काको मद्दतमा १ सय १५ रन जोडेका हुन् । पारस खड्का एकदिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन् । उनले नेदरल्याण्ड्स विरुद्धको खेलमा ५१ रन बनाएका थिए । त्यस्तै उनी एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन् । यसअघि सन् २०१८ मा युएईसंगै भएको डिभिजन–२ को फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए । उनले उक्त खेलमा ११२ रन बनाएका थिए ।
पारस खड्का कदिर अहमदको बलमा एलबिडब्लु आउट भए । ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि उनले नेपालको पारी सम्हालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ तथा सोमपाल कामिले अविजित २६ रन बनाउँदा यसअघिको खेलमा अर्धशतक प्रहार गरेका रोहित पौडेलले १६ रन बनाए । युएईका इमरान हैदर र अस्फाक अहमदले समान २–२ विकेट लिए ।
यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको थियो ।
खराव सुरुवात गरेको युएईका मध्यक्रमका व्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्दा युएई सम्मानजनक योगफल तर्फ उन्मुख भएको थियो । ओपनिङ व्याट्सम्यान अस्फाक अहमद र चिराग सुरीलाई शुन्य रनमा गुमाएको युएईले पाँचौ विकेटका लागि सिपी रिजवान र सैमान अनवरबीच एक सय रनको पार्टनरसिप भएपछि सम्मानजनक योगफल तयार पारेको थियो । युएईका अनवरले सर्वाधिक ८७ रन बनाए । त्यस्तै रिजवानले ४५ रन बनाउँदा मोहम्मद बुटा ५९ रनमा अविजित रहे । नेपालका पारस खड्का र करण केसीले समान २–२ विकेट लिए । नेपालले एकदिवसीय मान्यता पाएपछि यसअघि नेदरल्याण्ड्ससँग खेलेको पहिलो सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
नेपाल पहिलो पटक बरियतामा
पहिलो एक दिवसिय श्रृंखला जिते लगत्तै नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा प्रवेश गरेको छ । नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जिते लगत्तै आइसीसीले वरियतामा समावेश गरेको हो । पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय सिरिज जितेको नेपाल आइसीसीको वरियतामा १५ औं स्थानमा छ । वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक पाएको छ । आइसीसीले गत मार्चमा विश्वकप छनोटमा खेलेका ४, नेदरल्याण्ड्सविरुद्धको १, एसिया कप छनोटमा युएईसंग खेलेको १ खेललाई पनि समावेश गर्दै वरियतामा नेपाललाई राखेको हो ।
नेपालले नेदरल्याण्ड्सविरुद्धको २ खेलको सिरिजसंगै एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । उक्त सिरिज एक–एकको बराबरीमा सकिएको थियो । नेपालले गत मार्चमा भएको विश्वकप छनोटबाट ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको हो ।
वरियताको पहिलोदेखि १० औं स्थानमा क्रमशः इङ्ल्याण्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान रहेका छन् । त्यस्तै जिम्बावे ११, आयरल्याण्ड १२, स्कटल्याण्ड १३ र युएई १४ औं स्थानमा रहेका छन् ।
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...
Meet the absolute most eligible single black men Single black guys will always...